सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

लायन्स क्लब अफ चितवन राईजको अध्यक्षमा प्रकाश ज्ञवाली


  •    न्युजभित्तो/२५ असार २०७९, शनिबार १७:०५ 
  • चितवन, २५ असार । लायन्स क्लब अफ चितवन राईजको अध्यक्षमा प्रकाश ज्ञवाली चयन हुनु भएको छ । क्लबको हालै सम्पन्न अधिवेशनले ज्ञवालीको नेतृत्वमा नयाँ समिति चयन गरेको हो ।

    समितिको प्रथम उपाध्यक्षमा सूर्यमान श्रेष्ठ, द्वितीय उपाध्यक्षमा भरतप्रसाद अधिकारी, तृतीय उपाध्यक्षमा सुदिप भट्ट, सचिवमा यमबहादुर गुरुङ र कोषाध्यक्षमा कमल घिमिरे चयन हुनु भएको छ ।

    यसैगरी क्लब मेम्बरसिप चेयरपर्सनमा बाबुराम ढकाल, क्लब एलसिआईएफ कोअर्डिनेटरमा शिरिष पन्त, क्लब सर्भिस चेयर पर्सनमा बिष्णु अधिकारी, क्लब मार्केटिङ कम्युनिकेशन चेयरपर्सनमा होमनाथ न्यौपाने रहनु भएको छ । क्लब डाईरेक्टरहरुमा जेतेन्द्र खड्का, राधेश्याम खतिवडा, सुशील घिमिरे र सदस्यमा ऋषिराम न्यौपाने, डा.रमेश घिमिरे, नुरदेवप्रसाद कँडेल रहनु भएको छ ।

    क्लबको एक समारोहबीच हिजो शुक्रबार पदहस्तान्तरण सम्पन्न भएको छ । वर्ष २०२१/०२२ का अध्यक्ष तिलकराम रिमालले वर्ष २०२२/०२३ का अध्यक्ष ज्ञवालीलाई पद हस्तान्तरण गर्नुभएको हो ।

    सो समारोहमा क्लबका संस्थापक अध्यक्ष (चार्टर प्रेसिडेन्ट) नारायण अधिकारीले क्लबलाई सामाजिक सेवामा थप क्रियाशील बनाउँदै लैजानुपर्नेमा जोड दिनुभयो । पूर्व अध्यक्ष अर्जुन अर्यालले क्लब मार्फत् सामाजिक क्षेत्रमा क्रियाशील रहँदा खुशी लागेको बताउँदै लायन्स सदस्यहरुको संख्या बढाउँदै जानुपर्ने बताउनुभयो ।

    नवनिर्वाचित अध्यक्ष ज्ञवालीले यस वर्ष कारागारका कैदीबन्दीको निःशुल्क स्वास्थ्य परीक्षण, आँखा दानसम्बन्धी जनचेतनामूलक कार्यक्रम लगायतका सामाजिक तथा मानवीय कार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । क्लबमा पत्रकार, चिकित्सक, बैंकर, शिक्षक–प्राध्यापक, राजनीतिज्ञ, अडिर्टर, ईञ्जिनियर लगायतका पेशामा आवद्धहरु हुनुहुन्छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भोटेकोशी बाढीलाई राष्ट्रिय शोक र पीडाका रूपमा लिनुपर्छः अध्यक्ष ओली
    दाउन्ने एग्रो फार्म लिमिटेडले बेच्यो नौ करोड २४ लाख वटा अण्डा
    नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    • घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    • विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    • सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.