सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

लायन्स क्लब अफ चितवन राईजको अध्यक्षमा प्रकाश ज्ञवाली


  •    न्युजभित्तो/२५ असार २०७९, शनिबार १७:०५ 
  • चितवन, २५ असार । लायन्स क्लब अफ चितवन राईजको अध्यक्षमा प्रकाश ज्ञवाली चयन हुनु भएको छ । क्लबको हालै सम्पन्न अधिवेशनले ज्ञवालीको नेतृत्वमा नयाँ समिति चयन गरेको हो ।

    समितिको प्रथम उपाध्यक्षमा सूर्यमान श्रेष्ठ, द्वितीय उपाध्यक्षमा भरतप्रसाद अधिकारी, तृतीय उपाध्यक्षमा सुदिप भट्ट, सचिवमा यमबहादुर गुरुङ र कोषाध्यक्षमा कमल घिमिरे चयन हुनु भएको छ ।

    यसैगरी क्लब मेम्बरसिप चेयरपर्सनमा बाबुराम ढकाल, क्लब एलसिआईएफ कोअर्डिनेटरमा शिरिष पन्त, क्लब सर्भिस चेयर पर्सनमा बिष्णु अधिकारी, क्लब मार्केटिङ कम्युनिकेशन चेयरपर्सनमा होमनाथ न्यौपाने रहनु भएको छ । क्लब डाईरेक्टरहरुमा जेतेन्द्र खड्का, राधेश्याम खतिवडा, सुशील घिमिरे र सदस्यमा ऋषिराम न्यौपाने, डा.रमेश घिमिरे, नुरदेवप्रसाद कँडेल रहनु भएको छ ।

    क्लबको एक समारोहबीच हिजो शुक्रबार पदहस्तान्तरण सम्पन्न भएको छ । वर्ष २०२१/०२२ का अध्यक्ष तिलकराम रिमालले वर्ष २०२२/०२३ का अध्यक्ष ज्ञवालीलाई पद हस्तान्तरण गर्नुभएको हो ।

    सो समारोहमा क्लबका संस्थापक अध्यक्ष (चार्टर प्रेसिडेन्ट) नारायण अधिकारीले क्लबलाई सामाजिक सेवामा थप क्रियाशील बनाउँदै लैजानुपर्नेमा जोड दिनुभयो । पूर्व अध्यक्ष अर्जुन अर्यालले क्लब मार्फत् सामाजिक क्षेत्रमा क्रियाशील रहँदा खुशी लागेको बताउँदै लायन्स सदस्यहरुको संख्या बढाउँदै जानुपर्ने बताउनुभयो ।

    नवनिर्वाचित अध्यक्ष ज्ञवालीले यस वर्ष कारागारका कैदीबन्दीको निःशुल्क स्वास्थ्य परीक्षण, आँखा दानसम्बन्धी जनचेतनामूलक कार्यक्रम लगायतका सामाजिक तथा मानवीय कार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । क्लबमा पत्रकार, चिकित्सक, बैंकर, शिक्षक–प्राध्यापक, राजनीतिज्ञ, अडिर्टर, ईञ्जिनियर लगायतका पेशामा आवद्धहरु हुनुहुन्छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनमा तीन महिनादेखि सवारी चालक अनुमतिपत्रको ट्रायल सेवा बन्द, सेवाग्राही मर्कामा
    दसैँमा चितवन राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटक २० हजार बढी
    चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह
    • दसौँ राष्ट्रिय खेलकुदमा वाग्मती प्रदेशले उत्कृष्ट नतिजा ल्याउनेमा आशावादी छौँः मन्त्री तामाङ
    • भरतपुरको पौवामा कात्तिक १४ गते ‘कमेडी उत्सव’, चर्चित हास्य कलाकारको प्रस्तुति
    • चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो
    • विजयादशमीका समयमा बागमती प्रदेशमा दुर्घटना घट्यो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.