सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनमा यस वर्ष चैते धान उत्पादन बढ्यो


  •    न्युजभित्तो/२३ असार २०७९, बिहीबार १६:०५ 
  • चितवन,२३ असार।  चितवनमा यस वर्ष चैते धानको उत्पादन बढेको छ । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना चितवनका अनुसार गत बर्षहरुको तुलनामा चितवनमा यस वर्ष चैते धानको उत्पादन बढेको हो।

    परियोजनाका अनुसार जिल्लाभर यस वर्ष ७ हजार ४७० हेक्टर क्षेत्रफलमा ३९ हजार ३२० मेट्रिकटन धान उत्पादन भएको छ। गत आर्थिक वर्ष २०७७–७८ मा ७ हजार ५०० क्षेत्रफलमा ३८ हजार २५० मेट्रिकटन धान उत्पादन भएको थियो ।

    गत वर्षको तुलनामा यस बर्ष १ हजार ७० मेट्रिकटन धान बढी उत्पादन भएको परियोजना चितवनका वरिष्ठ कृषि अधिकृत धन बहादुर थापाले बताए ।

    उनका अनुसार गत आवमा प्रति हेक्टर ५ दशमलव १ मेट्रिक टन धान उत्पादन भएको थियो भने यस वर्ष ५ दशमलव २ पुगेको हो ।

    आव २०७६-७७ मा ७ हजार ५२७ हेक्टर क्षेत्रफलमा ३१ हजार ८३९ मेट्रिकटन धान उत्पादन भएको थियो । उक्त वर्ष प्रति हेक्टर ४ दशमलव २३ मेट्रिक टन धान उत्पादन भएको थियो । पछिल्लो तीन वर्षको तथ्याङ्ग हेर्दा चितवनमा चैते धानको उत्पादन बढदै गएको छ ।

    कृषि ज्ञान केन्द्र चितवनका प्रमुख युवराज पाण्डेले धानबालीमा लाग्ने रोग अहिले घट्दै गएकोले उत्पादन बढेको बताए । रोगहरुको प्रकोपमा कमी, कृषकहरुमा व्यवस्थापन, सचेतना वृद्धि हुँदा उत्पादन बढेको उनले बताए ।

    नयाँ जातका धानको बीउ प्रयोग, कृषि मेसिनहरुको प्रयोगले पनि उत्पादन वृद्धिमा सहयोग पुगेको उनको भनाई छ । पछिल्लो समय कृषि आधुनिकरणसहित किसानहरुले मेसिनहरुको प्रयोगमा जोड दिएका छन् ।

    चितवनमा सबै स्थानमा धान खेती हुने भए पनि पुर्वी चितवन, पश्चिम चितवन र माडीलाई पकेट एरियाको रुपमा लिईने गरिन्छ । सिँचाईको राम्रो सुविधा भएका कारण चितवनको रत्ननगर, खैरहनी, राप्ती, कालिका, पश्चिम चितवनको माडी र भरतपुरको पश्चिम क्षेत्रमा चैते धान लगाउने गरिन्छ ।

    सिँचाईको राम्रो सुविधा र धान ब्लक कार्यक्रम जस्ता सचेतनाका कारण माडीमा चैते धानको उत्पादन बढेको प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना चितवनका सुचना अधिकारी माधव पौडेलले बताए । रासायनिक मलको अभावमा पनि कृषकहरु अनेकौँ तरिकाले खाद्यतत्व व्यवस्थापन गरी उत्पादन बढाउने कार्यमा लागेको उनले बताए ।

    चितवनको कुल क्षेत्रफल दुई लाख २१ हजार ८०० रहेको छ । जसमा ३३ हजार ८३६ हेक्टर कुल खेती योग्य जमिन छ । चितवनमा सावित्री, सावा मंसुली, सब १ स्वर्ण, सव १, रामधान, हर्दिनाथ १, हर्दिनाथ- ३, चैते ५, बहुगुणी १, बहुगुणी २, शुखाधान-३ लगायतका आदि जातहरुका धान मुख्य रुपमा लगाउने गरिन्छ ।

    वर्षे धानमा साबित्रीले चितवनको सबैभन्दा बढी क्षेत्रफल ओगट्दछ । चैते धानमा मसिनो जातको चैते ५ मा आकर्षण बढेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनमा तीन महिनादेखि सवारी चालक अनुमतिपत्रको ट्रायल सेवा बन्द, सेवाग्राही मर्कामा
    दसैँमा चितवन राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटक २० हजार बढी
    चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह
    • दसौँ राष्ट्रिय खेलकुदमा वाग्मती प्रदेशले उत्कृष्ट नतिजा ल्याउनेमा आशावादी छौँः मन्त्री तामाङ
    • भरतपुरको पौवामा कात्तिक १४ गते ‘कमेडी उत्सव’, चर्चित हास्य कलाकारको प्रस्तुति
    • चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो
    • विजयादशमीका समयमा बागमती प्रदेशमा दुर्घटना घट्यो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.