चितवन,२३ असार। चितवनमा यस वर्ष चैते धानको उत्पादन बढेको छ । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना चितवनका अनुसार गत बर्षहरुको तुलनामा चितवनमा यस वर्ष चैते धानको उत्पादन बढेको हो।
परियोजनाका अनुसार जिल्लाभर यस वर्ष ७ हजार ४७० हेक्टर क्षेत्रफलमा ३९ हजार ३२० मेट्रिकटन धान उत्पादन भएको छ। गत आर्थिक वर्ष २०७७–७८ मा ७ हजार ५०० क्षेत्रफलमा ३८ हजार २५० मेट्रिकटन धान उत्पादन भएको थियो ।
गत वर्षको तुलनामा यस बर्ष १ हजार ७० मेट्रिकटन धान बढी उत्पादन भएको परियोजना चितवनका वरिष्ठ कृषि अधिकृत धन बहादुर थापाले बताए ।
उनका अनुसार गत आवमा प्रति हेक्टर ५ दशमलव १ मेट्रिक टन धान उत्पादन भएको थियो भने यस वर्ष ५ दशमलव २ पुगेको हो ।
आव २०७६-७७ मा ७ हजार ५२७ हेक्टर क्षेत्रफलमा ३१ हजार ८३९ मेट्रिकटन धान उत्पादन भएको थियो । उक्त वर्ष प्रति हेक्टर ४ दशमलव २३ मेट्रिक टन धान उत्पादन भएको थियो । पछिल्लो तीन वर्षको तथ्याङ्ग हेर्दा चितवनमा चैते धानको उत्पादन बढदै गएको छ ।
कृषि ज्ञान केन्द्र चितवनका प्रमुख युवराज पाण्डेले धानबालीमा लाग्ने रोग अहिले घट्दै गएकोले उत्पादन बढेको बताए । रोगहरुको प्रकोपमा कमी, कृषकहरुमा व्यवस्थापन, सचेतना वृद्धि हुँदा उत्पादन बढेको उनले बताए ।
नयाँ जातका धानको बीउ प्रयोग, कृषि मेसिनहरुको प्रयोगले पनि उत्पादन वृद्धिमा सहयोग पुगेको उनको भनाई छ । पछिल्लो समय कृषि आधुनिकरणसहित किसानहरुले मेसिनहरुको प्रयोगमा जोड दिएका छन् ।
चितवनमा सबै स्थानमा धान खेती हुने भए पनि पुर्वी चितवन, पश्चिम चितवन र माडीलाई पकेट एरियाको रुपमा लिईने गरिन्छ । सिँचाईको राम्रो सुविधा भएका कारण चितवनको रत्ननगर, खैरहनी, राप्ती, कालिका, पश्चिम चितवनको माडी र भरतपुरको पश्चिम क्षेत्रमा चैते धान लगाउने गरिन्छ ।
सिँचाईको राम्रो सुविधा र धान ब्लक कार्यक्रम जस्ता सचेतनाका कारण माडीमा चैते धानको उत्पादन बढेको प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना चितवनका सुचना अधिकारी माधव पौडेलले बताए । रासायनिक मलको अभावमा पनि कृषकहरु अनेकौँ तरिकाले खाद्यतत्व व्यवस्थापन गरी उत्पादन बढाउने कार्यमा लागेको उनले बताए ।
चितवनको कुल क्षेत्रफल दुई लाख २१ हजार ८०० रहेको छ । जसमा ३३ हजार ८३६ हेक्टर कुल खेती योग्य जमिन छ । चितवनमा सावित्री, सावा मंसुली, सब १ स्वर्ण, सव १, रामधान, हर्दिनाथ १, हर्दिनाथ- ३, चैते ५, बहुगुणी १, बहुगुणी २, शुखाधान-३ लगायतका आदि जातहरुका धान मुख्य रुपमा लगाउने गरिन्छ ।
वर्षे धानमा साबित्रीले चितवनको सबैभन्दा बढी क्षेत्रफल ओगट्दछ । चैते धानमा मसिनो जातको चैते ५ मा आकर्षण बढेको छ ।