सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सर्वोच्च अदालतको आदेशपछि रोकियो चितवनमा लाइसेन्स वितरण कार्य


  •    न्युजभित्तो/२३ असार २०७९, बिहीबार १४:२५ 
  • चितवन,असार २३। सर्वेच्च अदालतले चितवनबाटै सवारी चालक अनुमतीपत्र (लाइसेन्स) वितरणका लागि भइरहेको काम रोक्न आदेश जारी गरेको छ । जिल्लामा पहिलो पटक सवारी चालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षा हुने सवारी चालक प्रशिक्षण केन्द्र संचालनको तयारी भइरहेका बेला सर्वेच्चले यस्तो आदेश जारी गरेको हो । लाइसेन्स वितरणका लागि सबै प्रकृया पुरा गरेर आज (बिहिबार) विहान ११ बजे जिल्ला प्रशासन कार्यालयमा आर्थिक प्रस्ताव खोल्ने तयारी गरिएको थियो ।

    तर बिहानै १० बजे सर्वोच्च अदालतबाट सबै काम रोक्नु भनेर आदेश आएको यातायात व्यवस्था सेवा कार्यालय चितवनका प्रमुख विनोद पौडेलले नारायणी अनलाइनलाई जानकारी दिनुभयो । उहाँले भन्नुभयो,‘सर्वेच्चको पत्रमा काम जहाँ पुगेको छ,त्यही रोक्नु भनिएको छ । रिटको अन्तिम किनारा नलागेसम्म काम नर्गन भनिएको छ ।’

    सर्वेच्चको आदेशकै आधारमा सबै काम आजैदेखि रोकिएको पौडेलले बताउनुभयो । टेण्डर प्रकृयामा असन्तुष्ट जनाउँदै चितवन ड्राइभिङ स्कूल प्रा.लि ले सर्वेच्चमा असार १९ गते मुद्धा दर्ता गरेको र २१ गते अदालतले आदेश जारी गरेको उहाँले जानाकारी दिनुभयो । सर्वेच्चले १५ दिनभित्र लिखित जवाफ पेश गर्नसमेत भनेको छ ।लाइसेन्स वितरणका लागि अन्तिम प्रकृया रोकिएपछि चितवनबाटै लाइसेन्स वितरणमा अन्योल सृजना भएको छ । अव अदालतको आदेशपछि मात्रै थप काम सुरु हुने कार्यालयले जनाएको छ । आगामी साउन दोस्रो साताबाट सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को परीक्षा लिने गरी धमाधम तयारी गरिएको थियो ।

    प्रयोगात्मक परीक्षाका लागि निजी क्षेत्रबाट ‘ट्रायल सेन्टर’ लिन लागिएको हो । दुई वटा कम्पनी प्राविधिक छनोटमा परेका थिए । ती कम्पनीको आर्थिक प्रस्ताव आज जिल्ला प्रशासन कार्यालयमा खोल्ने तयारी थियो । आर्थिक प्रस्ताव खोलेपछि सात दिनको आसय र १५ दिनका सम्झौताका लागि सूचना जारी गर्ने तयारी समेत कार्यालयले गरेको थियो । कार्यालय प्रमुख पौडेलले भन्नुभयो, ‘यो प्रक्रिया अघि बढ्दै गर्दा हामी अनलाइनमा फाराम खोल्ने तयारीमा थियौं सबै काम रोकियो ।’

    चितवनमा ट्रायल सेन्टर उपलब्ध गराउने भनी छ वटा सेन्टरले प्राविधिक तथा आर्थिक प्रस्ताव पेश गरेका थिए । प्राविधिक प्रस्तावको मूल्याङ्कनमा महालक्ष्मी ट्रायल सेन्टर र सदगुरू ड्राइभिङ छनोटमा परेका थिए । थोरै शुल्क लिएर ट्रायल सेन्टर उपलब्ध गराउने प्रस्ताव पेश गर्ने एउटा ट्रायल सेन्टर आर्थिक मूल्याङ्कनमा छनोट गर्ने तयारी गरिएको थियो । यसअघि नै खोल्ने भनिएको आर्थिक प्रस्ताब राजनीतिक दाउपेचका कारण आजसम्मलाई सरेको थियो । चितवनमा टेण्डर प्रकृयामा रहेका ट्रायल सेन्टरहरुले ठूलो आर्थिक चलखेल गरेको स्रोतले बताएको छ । राजनीतिक पहुँचका आधारमा दबाब र आर्थिक चलखेलका कारण समयमै काम हुन नसकेको जनगुनासो छ ।

    जिल्लाका बासिन्दा अनुमतिपत्रका लागि हेटौँडा, वीरगंज, कावासोती, काठमाडौं लगायतका ठाउँमा जानु पर्ने बाध्यता रहेको छ । हेटौँडामा जाने ७० प्रतिशत चितवनका हुन् । कावासोतीमा जानेमा आधा यही जिल्लाका छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनमा तीन महिनादेखि सवारी चालक अनुमतिपत्रको ट्रायल सेवा बन्द, सेवाग्राही मर्कामा
    दसैँमा चितवन राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटक २० हजार बढी
    चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह
    • दसौँ राष्ट्रिय खेलकुदमा वाग्मती प्रदेशले उत्कृष्ट नतिजा ल्याउनेमा आशावादी छौँः मन्त्री तामाङ
    • भरतपुरको पौवामा कात्तिक १४ गते ‘कमेडी उत्सव’, चर्चित हास्य कलाकारको प्रस्तुति
    • चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो
    • विजयादशमीका समयमा बागमती प्रदेशमा दुर्घटना घट्यो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.