सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनमा सवारी साधनमा लेखिएका सायरी हटाउदै ट्राफिक प्रहरी


  •    न्युजभित्तो/२३ असार २०७९, बिहीबार १३:३२ 
  • चितवन,२३ असार।  चितवनमा ट्राफिक प्रहरीले सवारी साधनमा लेखिएको सायरी र गजल हटाउने अभियान सुरु गरेको छ ।

    केही दिनदेखि सवारी साधनमा लेखिएको सायरी, गजल, कविता तथा भनाइहरु हटाउन थालिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । यस्तै सवारी साधनमा झुण्डाईएका झल्लरहरु पनि हटाउन थालिएको ट्राफिक कार्यालयले जनाएको छ ।

    दुर्घटना न्युनिकरण अभियान अन्तर्गत नै त्यस्ता सायरी, गजल, कविता तथा झल्लरहरु हटाउन थालिएको चितवनका ट्राफिक प्रमुख, प्रहरी निरीक्षक धर्मबहादुर थापाले जानकारी दिए । सवारी साधनमा लेखिएका सायरी, गजल, कविताले दुर्घटनाको जोखिम बढ्ने भएकोले हटाउन थालिएको उनको भनाइ छ ।

    ‘दुर्घटना न्युनिकरण अभियान अन्तर्गत नै हामीले सवारी साधनमा लेखिएका सायरी, गजल, कविताहरु हटाउन थालेका छौं, ‘यसले दुर्घटनाको जोखिम बढ्छ । अर्को सवारी चालकले तथा पैदल यात्रुले ति लेखेका चिजहरु पढ्न खोज्छन् । जसले ध्यान त्यता जान्छ र दुर्घटना हुन सक्छ ।’ कतिपय त्यस्ता लेखहरु अपाच्य तथा तथा सामाजमा विकृत्ति ल्याउने किसिमका हुने उनको भनाइ छ ।

    यस्तै सवारी साधनको क्याबिन सजाउन राखिने झल्लरका कारण पनि दुर्घटना बढ्ने उनले बताए । बजार तथा राजमार्गसँगै जिल्लाका सबै क्षेत्रमा त्यस्ता सायरी,  कविता तथा झल्लर हटाउने काम भइरहेको उनले बताए । आगामी दिनमा यसलाई थप कडाईका साथ अघि बढाउने उनले बताए । उनले सवारी साधनमा सायरी, गजल, कविता नलेख्न तथा झल्लर नझुण्डाउन आग्रह पनि गरे ।

     

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनमा तीन महिनादेखि सवारी चालक अनुमतिपत्रको ट्रायल सेवा बन्द, सेवाग्राही मर्कामा
    दसैँमा चितवन राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटक २० हजार बढी
    चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह
    • दसौँ राष्ट्रिय खेलकुदमा वाग्मती प्रदेशले उत्कृष्ट नतिजा ल्याउनेमा आशावादी छौँः मन्त्री तामाङ
    • भरतपुरको पौवामा कात्तिक १४ गते ‘कमेडी उत्सव’, चर्चित हास्य कलाकारको प्रस्तुति
    • चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो
    • विजयादशमीका समयमा बागमती प्रदेशमा दुर्घटना घट्यो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.