सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनमा सवारी साधनमा लेखिएका सायरी हटाउदै ट्राफिक प्रहरी


  •    न्युजभित्तो/२३ असार २०७९, बिहीबार १३:३२ 
  • चितवन,२३ असार।  चितवनमा ट्राफिक प्रहरीले सवारी साधनमा लेखिएको सायरी र गजल हटाउने अभियान सुरु गरेको छ ।

    केही दिनदेखि सवारी साधनमा लेखिएको सायरी, गजल, कविता तथा भनाइहरु हटाउन थालिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । यस्तै सवारी साधनमा झुण्डाईएका झल्लरहरु पनि हटाउन थालिएको ट्राफिक कार्यालयले जनाएको छ ।

    दुर्घटना न्युनिकरण अभियान अन्तर्गत नै त्यस्ता सायरी, गजल, कविता तथा झल्लरहरु हटाउन थालिएको चितवनका ट्राफिक प्रमुख, प्रहरी निरीक्षक धर्मबहादुर थापाले जानकारी दिए । सवारी साधनमा लेखिएका सायरी, गजल, कविताले दुर्घटनाको जोखिम बढ्ने भएकोले हटाउन थालिएको उनको भनाइ छ ।

    ‘दुर्घटना न्युनिकरण अभियान अन्तर्गत नै हामीले सवारी साधनमा लेखिएका सायरी, गजल, कविताहरु हटाउन थालेका छौं, ‘यसले दुर्घटनाको जोखिम बढ्छ । अर्को सवारी चालकले तथा पैदल यात्रुले ति लेखेका चिजहरु पढ्न खोज्छन् । जसले ध्यान त्यता जान्छ र दुर्घटना हुन सक्छ ।’ कतिपय त्यस्ता लेखहरु अपाच्य तथा तथा सामाजमा विकृत्ति ल्याउने किसिमका हुने उनको भनाइ छ ।

    यस्तै सवारी साधनको क्याबिन सजाउन राखिने झल्लरका कारण पनि दुर्घटना बढ्ने उनले बताए । बजार तथा राजमार्गसँगै जिल्लाका सबै क्षेत्रमा त्यस्ता सायरी,  कविता तथा झल्लर हटाउने काम भइरहेको उनले बताए । आगामी दिनमा यसलाई थप कडाईका साथ अघि बढाउने उनले बताए । उनले सवारी साधनमा सायरी, गजल, कविता नलेख्न तथा झल्लर नझुण्डाउन आग्रह पनि गरे ।

     

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भोटेकोशी बाढीलाई राष्ट्रिय शोक र पीडाका रूपमा लिनुपर्छः अध्यक्ष ओली
    दाउन्ने एग्रो फार्म लिमिटेडले बेच्यो नौ करोड २४ लाख वटा अण्डा
    नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    • घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    • विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    • सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.