सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भरतपुरमा आजदेखि वृत्ति मार्गनिर्देसन तथा रोजगार मेला सुरु


  •    न्युजभित्तो/२२ असार २०७९, बुधबार १६:१७ 
  • भरतपुर,२२ असार– चितवनको भरतपुरमा वृत्ति मार्गनर्दिेशन तथा रोजगार मेला सुरु भएको छ । चितवन उद्योग संघको परिसरमा रहेको प्रर्दशनी केन्द्रमा सुरु भएको मेलाको बुधबार एक कार्यक्रमका बीच भरतपुर महानगरपालिका उपप्रमुख चित्रसेन अधिकारीले गर्नुभयो ।

    मेलाको उद्घाटन सत्र कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रमुख अधिकारीले भरतपुर महागनरपालिकाकले नीति तथा कार्यक्रममा उत्पादनलाई जोड दिए अनुरुप रोजगारी सिर्जना गर्न यो मेला लगाइएको बताउनुभयो । उपप्रमुख अधिकारीले महानगरमा उत्पादन वृद्धि गर्न दक्ष जनशक्तिकाको आवश्यकता पर्ने भएकाले यसको परीपूर्ती गर्नतर्फ स्थानीय सरकारहरु अगाडि बढेको उल्लेख गर्नुयभयो ।

    अधिकारीले अहिले भरतपुर महानगरपालिका र रत्ननगर नगरपालिकाबीच रोजगारी सिर्जना गर्ने बारे सहकार्य गरे जस्तै अन्य कार्यहरुमा पनि सहकार्य गरेर समग्र चितवनको विकासमा जुट्ने विचार व्यक्त गर्नुभयो । सोही कार्यक्रममा बोल्दै प्रमुख प्रसाशकीय अधिकृत रामबन्धु सुवेदीले महानगरले मेला लिइएको तथ्याडकलाई अनलाईनमार्फत एप्समा राखिने र रोजगार गर्न चाहाने र दिन चाहानेलाई सहजीकरण गरिने बताउनुभयो । उहाँले सीप अनुसारको रोजगारी दिदाँ कार्य सम्पादन र कामको नतिजा निकाल्ने सकिने भएकाले क्षेत्रगत हिसाबमा तथ्याडक संकलनको कार्य प्रभावकारी रहने बताउनुभयो । बुधबारदेखि सुरु भएको मेला भोलि बिहीबारसम्म चल्नेछ ।

    मेलामा ५० वटा स्टलहरु रहेका छन् । मेला अवधिभर करिब २०० जनालाई रोजगारी दिने लक्ष्य राखिएको छ । भरतपुर महानगरपालिका र रत्ननगर नगरपालिकाको संयुक्त आयोजना भएको मेलामा जिल्लाका निजी क्षेत्रको स्टलहरु रहेका छन् । मेला्को मूख्य उद्देश्य रोजगारी दिने र लिन चाहानेलाई एउटै ठाँउमा भेट गराउनु हो ।

    स्थानीय सरकारको आयोजना पहिलो पटक गरिएको रोजगार मेलामा बेरोजगारहरुको उल्लेख्य सहभागिता पाइएको छ । विषेश गरेर मेलामा न्युन र मध्यम रोजगारको लागि परामर्श एवम् सहजिकरण गर्ने गरिएको छ । मेलामा सहभागिहरुलाई सीप सिक्दा उपयुक्त विषय छनोटबारे विज्ञहरुबाट परामर्श दिएको महानगर शैक्षिक महाशाखा प्रमुख महेन्द्र प्रसाद पौडेलले जानकारी दिनुभयो । मेलामा तालीमबारे परामर्श दिन १ दर्जन संघसंस्थाले सहजीकरण गरेकाक छन् ।

    युवाहरुमा देखिएको बेरोजगारीको समस्यामा यसले अर्थपूर्ण भूमिका खेल्ने र आवश्यक कामदार सहजरुपमा उपलब्ध गराउने गरी तथ्याडक संकलन गरिएको पौडेलले जानकारी दिनुभयो । व्यवसायिक प्रतिष्ठानले पनि यही मेलाबाट आफुलाई आवश्यक पर्ने कामदार सहजरुपमा छनोट गर्न सक्ने व्यवस्था मिलाइएको छ । भरतपुर महानगरले आगामी नीति तथा कार्यक्रममा मेलामा उपलब्ध हुने तथ्याडकका आधारमा विभिन्न कार्यक्रमहरु समावेश गर्ने लक्ष्य पनि लिएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनमा तीन महिनादेखि सवारी चालक अनुमतिपत्रको ट्रायल सेवा बन्द, सेवाग्राही मर्कामा
    दसैँमा चितवन राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटक २० हजार बढी
    चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह
    • दसौँ राष्ट्रिय खेलकुदमा वाग्मती प्रदेशले उत्कृष्ट नतिजा ल्याउनेमा आशावादी छौँः मन्त्री तामाङ
    • भरतपुरको पौवामा कात्तिक १४ गते ‘कमेडी उत्सव’, चर्चित हास्य कलाकारको प्रस्तुति
    • चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो
    • विजयादशमीका समयमा बागमती प्रदेशमा दुर्घटना घट्यो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.