सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भरतपुरमा आजदेखि वृत्ति मार्गनिर्देसन तथा रोजगार मेला सुरु


  •    न्युजभित्तो/२२ असार २०७९, बुधबार १६:१७ 
  • भरतपुर,२२ असार– चितवनको भरतपुरमा वृत्ति मार्गनर्दिेशन तथा रोजगार मेला सुरु भएको छ । चितवन उद्योग संघको परिसरमा रहेको प्रर्दशनी केन्द्रमा सुरु भएको मेलाको बुधबार एक कार्यक्रमका बीच भरतपुर महानगरपालिका उपप्रमुख चित्रसेन अधिकारीले गर्नुभयो ।

    मेलाको उद्घाटन सत्र कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रमुख अधिकारीले भरतपुर महागनरपालिकाकले नीति तथा कार्यक्रममा उत्पादनलाई जोड दिए अनुरुप रोजगारी सिर्जना गर्न यो मेला लगाइएको बताउनुभयो । उपप्रमुख अधिकारीले महानगरमा उत्पादन वृद्धि गर्न दक्ष जनशक्तिकाको आवश्यकता पर्ने भएकाले यसको परीपूर्ती गर्नतर्फ स्थानीय सरकारहरु अगाडि बढेको उल्लेख गर्नुयभयो ।

    अधिकारीले अहिले भरतपुर महानगरपालिका र रत्ननगर नगरपालिकाबीच रोजगारी सिर्जना गर्ने बारे सहकार्य गरे जस्तै अन्य कार्यहरुमा पनि सहकार्य गरेर समग्र चितवनको विकासमा जुट्ने विचार व्यक्त गर्नुभयो । सोही कार्यक्रममा बोल्दै प्रमुख प्रसाशकीय अधिकृत रामबन्धु सुवेदीले महानगरले मेला लिइएको तथ्याडकलाई अनलाईनमार्फत एप्समा राखिने र रोजगार गर्न चाहाने र दिन चाहानेलाई सहजीकरण गरिने बताउनुभयो । उहाँले सीप अनुसारको रोजगारी दिदाँ कार्य सम्पादन र कामको नतिजा निकाल्ने सकिने भएकाले क्षेत्रगत हिसाबमा तथ्याडक संकलनको कार्य प्रभावकारी रहने बताउनुभयो । बुधबारदेखि सुरु भएको मेला भोलि बिहीबारसम्म चल्नेछ ।

    मेलामा ५० वटा स्टलहरु रहेका छन् । मेला अवधिभर करिब २०० जनालाई रोजगारी दिने लक्ष्य राखिएको छ । भरतपुर महानगरपालिका र रत्ननगर नगरपालिकाको संयुक्त आयोजना भएको मेलामा जिल्लाका निजी क्षेत्रको स्टलहरु रहेका छन् । मेला्को मूख्य उद्देश्य रोजगारी दिने र लिन चाहानेलाई एउटै ठाँउमा भेट गराउनु हो ।

    स्थानीय सरकारको आयोजना पहिलो पटक गरिएको रोजगार मेलामा बेरोजगारहरुको उल्लेख्य सहभागिता पाइएको छ । विषेश गरेर मेलामा न्युन र मध्यम रोजगारको लागि परामर्श एवम् सहजिकरण गर्ने गरिएको छ । मेलामा सहभागिहरुलाई सीप सिक्दा उपयुक्त विषय छनोटबारे विज्ञहरुबाट परामर्श दिएको महानगर शैक्षिक महाशाखा प्रमुख महेन्द्र प्रसाद पौडेलले जानकारी दिनुभयो । मेलामा तालीमबारे परामर्श दिन १ दर्जन संघसंस्थाले सहजीकरण गरेकाक छन् ।

    युवाहरुमा देखिएको बेरोजगारीको समस्यामा यसले अर्थपूर्ण भूमिका खेल्ने र आवश्यक कामदार सहजरुपमा उपलब्ध गराउने गरी तथ्याडक संकलन गरिएको पौडेलले जानकारी दिनुभयो । व्यवसायिक प्रतिष्ठानले पनि यही मेलाबाट आफुलाई आवश्यक पर्ने कामदार सहजरुपमा छनोट गर्न सक्ने व्यवस्था मिलाइएको छ । भरतपुर महानगरले आगामी नीति तथा कार्यक्रममा मेलामा उपलब्ध हुने तथ्याडकका आधारमा विभिन्न कार्यक्रमहरु समावेश गर्ने लक्ष्य पनि लिएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भोटेकोशी बाढीलाई राष्ट्रिय शोक र पीडाका रूपमा लिनुपर्छः अध्यक्ष ओली
    दाउन्ने एग्रो फार्म लिमिटेडले बेच्यो नौ करोड २४ लाख वटा अण्डा
    नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    • घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    • विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    • सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.