सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो जिल्ला भेला चितवनमा हुने


  •    न्युजभित्तो/२२ असार २०७९, बुधबार १४:३६ 
  • चितवन,असार २२-

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वप) ले शनिवार चितवन जिल्ला भेला गर्दैछ । असार ७ गते रास्वपा घोषणा गरेका रवि लामिछानेले चितवनलाई आधार क्षेत्र बनाएर पहिलो जिल्ला भेला गर्न लागेको देखिन्छ । भरतपुरको हाकिम चोकस्थित मिड टाउन रिसोर्टमा रास्वपाले जिल्ला भेला गर्न लागेको हो ।

    भेलाअघि भिडियो सन्देश जारी गर्दै सभापति लामिछानेले भने, ‘कठोर समयमा चितवन मलाई तकर्मका लागि बाटो देखायो । फलामे जन्जिर चिरेर बाहिरको संसारमा पखेटा फिँजाउन चितवनले सिकायो ।’ इमानको जग बलियो हुँदा जस्तोसुकै जंघार तर्न सकिन्छ भनि आत्मबोध पनि चितवनले गराएको उनको भनाइ छ । उनले भने, ‘त्यही चितवन हो मैले आफू हुनुको अर्थ थाहा पाएँ । जहाँ मैले आफूभित्रको संसार पनि थाहा पाएँ । म सम्झन्छु देशैभरिबाट चितवन आएको त्यो मानव सागर । आशा र भरोसाका एक–एक थोपा मिसिएर बनेको त्यो एक मानव सागर नै त थियो ।’

    फेरि मानव सागरमा तैरिन चितवन आउन लागेको लामिछानेले बताए । ‘ जसले मलाई मान्छेबाट असफल मान्छेको बाटोमा डोर्याएको थियो । त्यही मानव सागरमा तैरिन म फेरि चितवन आउँदैछु हामी बनेर ।’ चितवनले आफूहरुलाई उड्न पखेटा दिने लामिछानेले विश्वास व्यक्त गरे । ‘रिक्ता र सुक्खा आँखामा मुल भर्ने हाम्रो यो महाअभियान चितवन कोशेढुंगा हुनेछ,’ उनी भन्छन्, ‘हामीसँग जोडिएर पार्टीको विभिन्न जिम्मेवारीमा रहेर काम गर्न चाहने धेरै हुनुहुन्छ । धेरैले पार्टी सदस्यता पनि लिसक्नुभएको छ ।’

    चितवनको सिसा कम्पलेक्स, सहिद चोक, धौलागिरी फेन्सी स्टोर टाडी चोक, कँडेल चिया पसल देवघाट, पुरानो राजेश होटेल हाकिम चोकमा रास्वपाको पार्टी सदस्यता लिन सकिने लामिछाने बताए । उनले भने, ‘सदस्यता लिएर हाम्रो राष्ट्र निर्माणको अभियानमा जोडिएर सँगै हिड्न तयार रहन चितवनका सम्पूर्ण दाजुभाइ दिदीबहिनीलाई आग्रह गर्न चाहन्छु । अब हाम्रो भेट चितवनमा’

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भोटेकोशी बाढीलाई राष्ट्रिय शोक र पीडाका रूपमा लिनुपर्छः अध्यक्ष ओली
    दाउन्ने एग्रो फार्म लिमिटेडले बेच्यो नौ करोड २४ लाख वटा अण्डा
    नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    • घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    • विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    • सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.