सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो जिल्ला भेला चितवनमा हुने


  •    न्युजभित्तो/२२ असार २०७९, बुधबार १४:३६ 
  • चितवन,असार २२-

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वप) ले शनिवार चितवन जिल्ला भेला गर्दैछ । असार ७ गते रास्वपा घोषणा गरेका रवि लामिछानेले चितवनलाई आधार क्षेत्र बनाएर पहिलो जिल्ला भेला गर्न लागेको देखिन्छ । भरतपुरको हाकिम चोकस्थित मिड टाउन रिसोर्टमा रास्वपाले जिल्ला भेला गर्न लागेको हो ।

    भेलाअघि भिडियो सन्देश जारी गर्दै सभापति लामिछानेले भने, ‘कठोर समयमा चितवन मलाई तकर्मका लागि बाटो देखायो । फलामे जन्जिर चिरेर बाहिरको संसारमा पखेटा फिँजाउन चितवनले सिकायो ।’ इमानको जग बलियो हुँदा जस्तोसुकै जंघार तर्न सकिन्छ भनि आत्मबोध पनि चितवनले गराएको उनको भनाइ छ । उनले भने, ‘त्यही चितवन हो मैले आफू हुनुको अर्थ थाहा पाएँ । जहाँ मैले आफूभित्रको संसार पनि थाहा पाएँ । म सम्झन्छु देशैभरिबाट चितवन आएको त्यो मानव सागर । आशा र भरोसाका एक–एक थोपा मिसिएर बनेको त्यो एक मानव सागर नै त थियो ।’

    फेरि मानव सागरमा तैरिन चितवन आउन लागेको लामिछानेले बताए । ‘ जसले मलाई मान्छेबाट असफल मान्छेको बाटोमा डोर्याएको थियो । त्यही मानव सागरमा तैरिन म फेरि चितवन आउँदैछु हामी बनेर ।’ चितवनले आफूहरुलाई उड्न पखेटा दिने लामिछानेले विश्वास व्यक्त गरे । ‘रिक्ता र सुक्खा आँखामा मुल भर्ने हाम्रो यो महाअभियान चितवन कोशेढुंगा हुनेछ,’ उनी भन्छन्, ‘हामीसँग जोडिएर पार्टीको विभिन्न जिम्मेवारीमा रहेर काम गर्न चाहने धेरै हुनुहुन्छ । धेरैले पार्टी सदस्यता पनि लिसक्नुभएको छ ।’

    चितवनको सिसा कम्पलेक्स, सहिद चोक, धौलागिरी फेन्सी स्टोर टाडी चोक, कँडेल चिया पसल देवघाट, पुरानो राजेश होटेल हाकिम चोकमा रास्वपाको पार्टी सदस्यता लिन सकिने लामिछाने बताए । उनले भने, ‘सदस्यता लिएर हाम्रो राष्ट्र निर्माणको अभियानमा जोडिएर सँगै हिड्न तयार रहन चितवनका सम्पूर्ण दाजुभाइ दिदीबहिनीलाई आग्रह गर्न चाहन्छु । अब हाम्रो भेट चितवनमा’

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनमा तीन महिनादेखि सवारी चालक अनुमतिपत्रको ट्रायल सेवा बन्द, सेवाग्राही मर्कामा
    दसैँमा चितवन राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटक २० हजार बढी
    चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह
    • दसौँ राष्ट्रिय खेलकुदमा वाग्मती प्रदेशले उत्कृष्ट नतिजा ल्याउनेमा आशावादी छौँः मन्त्री तामाङ
    • भरतपुरको पौवामा कात्तिक १४ गते ‘कमेडी उत्सव’, चर्चित हास्य कलाकारको प्रस्तुति
    • चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो
    • विजयादशमीका समयमा बागमती प्रदेशमा दुर्घटना घट्यो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.