सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

यस वर्ष देवघाटमा बोलबम मेला लाग्ने,तयारी थालियो


  •    न्युजभित्तो/२१ असार २०७९, मंगलवार १६:४९ 
  • चितवन,असार २१- देवघाटधाममा कोरोनाका कारण दुई बर्ष रोकिएको बोलबम मेला यसबर्ष हुने भएको छ । देवघाट क्षेत्र विकास समितिले तनहुँ, चितवन र नवलपुरको सङ्गमस्थल देवघाटमा यो वर्ष बोलबम मेलाको तयारी सुरु गरेको हो ।देवघाट क्षेत्र विकास समितिका अध्यक्ष बद्री अधिकारीका अनुसार बोलबम मेलाका लागि आवश्यक तयारीका काम सुरु भएका छन् ।

    उहाँले देवघाटमा साउन महिनाभर लाग्ने मेलामा नदीको वेणि संगम, वत्ती, खानेपानी, सुरक्षा लगायतका व्यवस्थापनका काम गरिने बताउनुभयो । ‘दुई बर्षदेखि आउन नपाएका भक्तजनहरु यस बर्ष उल्लेख्य संख्यामा आउनुहुन्छ,उहाँले भन्नुभयो,सोही अनुसार हामीले व्यवस्थापनको काम गर्नेछौं ।’ उहाँले साउन महिनाभर वारी पारी दुवै ठाँउमा क्षेत्र विकास समितिको सचिवालय राखिने जानकारी दिनुभयो ।

    देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक धिरणबाबु घिमिरेले यसबर्ष साउनमा पाँचवटा सोमबार परेकाले पनि धेरै भक्तजन आउने अनुमान गरिएको बताउनुभयो । उहाँले स्नान गर्ने ठाँउमा आवश्यक डुङगा र तालिम प्राप्त सुरक्षाकर्मी तैनाथ अवस्थामा राखिने जानकारी दिनुभयो । देवघाट क्षेत्र विकास समितिले राख्ने सचिवालयबाट निरन्तर जनचेतनामूलक जानकारी प्रवाह भइरहने उहाँले  बताउनुभयो ।

    कोरोनाका कारण दुईबर्ष समितिले नै सूचना जारी गरेर मेला भर्न रोक लगाएको थियो । यधपि आंशिक रुपमा भक्तजनहरु स्नानका लागि आएका थिए । देवघाटमा हरेक वर्ष साउन महिनाको हरेक सोमबार बोलबम मेला लाग्ने गर्छ । मेला भर्न लाखौं भक्तजन देवघाट आउने गर्दछन् । हरेक सोमबार बोलबम मेला लाग्ने भए पनि साउन महिनाभर देवघाट मेलामय हुने गर्छ । हरेक वर्ष साउन महिनामा देवघाटमा श्रावणी बोलबम मेला एउटा विशेष उत्सवको रुपमा मनाउने परम्पराको विकास हुँदै आएको छ ।

    मुक्तिनाथबाट बगेर आएको कालीगण्डकी र गोसाइँकुण्डबाट बगेर आएको त्रिशूलीको सङ्गम बेणीमा बोलबमको अवसरमा स्नान गर्नाले भगवान शिव खुशी हुने र चर्मरोग निको हुने जनविश्वास छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भोटेकोशी बाढीलाई राष्ट्रिय शोक र पीडाका रूपमा लिनुपर्छः अध्यक्ष ओली
    दाउन्ने एग्रो फार्म लिमिटेडले बेच्यो नौ करोड २४ लाख वटा अण्डा
    नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    • घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    • विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    • सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.