काठमाडौं आउँदै गरेको बस दुर्घटना, मृतकको संख्या ९ पुग्यो
न्युजभित्तो/२१ असार २०७९, मंगलवार १२:३२
काठमाडौं , २१ असार- रामेछापबाट काठमाडौं आउँदै गरेको बस आज बिहान दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ९ पुगेको छ ।२४ जना घाइतेलाई उपचारका लागि अस्पताल पठाइएको छ । रामेछापको हिलेदेवीबाट काठमाडौं आउँदै गरेको बा ३ ख ८३९६ नम्बरको बस आज बिहान लुभुघाट भन्ने स्थानमा दुर्घटना भएको हो ।
दुर्घटनामा ५ पुरुष र ४ महिलाको घटनास्थलमै मृत्यु भएको घटनास्थलमा उद्धार कार्यमा सक्रिय सुनापती गाउँपालिकाकी उपाध्यक्ष गिता विष्ट चौलागाईंले जानकारी दिइन् ।
उनका अनुसार २१ जना घाइतेलाई गाडीमा राखेर काभ्रेको धुलिखेल अस्पतालमा पठाइएको छ । गम्भीर घाइते ३ जनालाई भने हेलिकोप्टरबाट काठमाडौं पठाइएको उनले जानकारी दिइन् ।