सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

माडी जाने भूमिगत विद्युत् लाइनको वैकल्पिक प्रस्ताव तयार


  •    न्युजभित्तो/२० असार २०७९, सोमबार १२:२८ 
  • चितवन,असार २०। चितवन राष्ट्रिय निकुञ्ज हुँदै माडी लैजाने विद्युतको भूमिगत तारमा पटक–पटक समस्या आउँदा माडीवासीले दुःख त पाएका छन् नै मर्मतमा खटिने विद्युत प्राधिकरणका प्राविधिकहरु पनि हैरान छन् ।

    माडी लगिएको विद्युत लाइनको ८ किलोमिटर निकुञ्ज क्षेत्रमा पर्दछ । सोही ठाउँमा पटक–पटक समस्या आउँदा माडीवासीले हैरानी व्यहोर्दै आएका छन् । हालैमात्र भूमिगत तारमा समस्या आउँदा माडीमा चार दिनसम्म विद्युत आपूर्ती बन्द भएको थियो ।

    यस्तो समस्या वर्षमा तीन–चार पटकसम्म आउने गरेको नेपाल विद्युत प्राधिकरण चनौली वितरण केन्द्रका प्रमुख शिशिर लम्साल बताउँछन् । उनका अनुसार ८ किलोमिटर लामो दूरीमा कहाँनेर समस्या छ भनेर पत्ता लगाउन र जंगल भित्र काम गर्न समस्या हुने गरेको छ । ‘पहिलाको भूमिगत लाइन बिछ्याउँदा ४/४ किलोमिटर बाँडेर राखेको भए एउटा सेक्सनमा समस्या भए वा नभएको हेर्न सहज हुन्थ्यो, तर अहिले त्यस्तो छैन, सबै ८ किलोमिटरमा नै हेर्नुपर्ने हुन्छ’ लम्सालले भने, ‘पानी परेको बेलामा यस्तो समस्या आउँदा झनै गाह्रो हुन्छ ।’

    पहिले भूमिगत तारमा भएको गडबडी पत्ता लगाउन भारतबाट मेसिन झिकाउनुपर्थ्यो । अहिले त्यस्तो मेसिन नेपाल विद्युत प्राधिकरणसँग नै छ । तर निकुञ्ज क्षेत्रको जंगलमा काम गर्न जोखिम हुने गरेको लम्साल बताउँछन् । ‘जंगलभित्र काम गर्दा जंगली जनावरको डर पनि उत्तिकै छ । वैकल्पिक लाइन भएको भए यति गाह्रो हुने थिएन, प्राविधिक हिसाबले पनि केही समस्या पक्कै छन्,’ वितरण केन्द्र प्रमुख लम्सालले भने, ‘दिगो समाधानका लागि समानान्तर वैकल्पिक लाइन बनाउनै पर्छ ।’

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भोटेकोशी बाढीलाई राष्ट्रिय शोक र पीडाका रूपमा लिनुपर्छः अध्यक्ष ओली
    दाउन्ने एग्रो फार्म लिमिटेडले बेच्यो नौ करोड २४ लाख वटा अण्डा
    नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    • घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    • विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    • सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.