सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

अब चितवनबाटै लाइसेन्स, साउन दोस्रो सातादेखि ट्रायल सुरू हुने


  •    न्युजभित्तो/२० असार २०७९, सोमबार ११:४४ 
  • चितवन,२० असार– यातायात व्यवस्था सेवा कार्यालय चितवनले साउन दोस्रो सातादेखि सवारी चालक अनुमति पत्र (लाइसेन्स) को ट्रायल सुरु गर्ने तयारी थालेको छ ।

    कार्यालयले असार अन्तिम सातादेखि नै ट्रायल सुरु गर्ने बताएको थियो । तर ट्रायल सेन्टर छनोटको बिषयमा विवाद उत्पन्न भएपछि बागमती प्रदेशका मुख्यमन्त्रीको कार्यालयको निर्देशनमा प्रक्रिया रोकिएको भएको थियो ।

    छानबिनपछि प्रक्रिया पुनः अघि बढाउनू भन्ने पत्र आएसँगै कार्यालयलाई ट्रायल सुरु गर्ने बाटो खुलेको कार्यालय प्रमुख बिनोद पौडेलले जानकारी दिए । ‘आर्थिक प्रस्तावको सूचना स्थगित भएपछि मुख्यमन्त्रीको कार्यालयले छानबिन ग¥यो, पौडेलले भने, ‘कानुनबमोजिम प्रक्रिया पुनः अघि बढाउनू भन्ने पत्र आएपछि हामीले प्रक्रिया अघि बढाउन लागेका हौं ।’

    चितवनमा ट्रायल सेन्टर उपलब्ध गराउने भनी छवटा ट्रायल सेन्टरले प्राविधिक तथा आर्थिक प्रस्ताव पेश गरेका थिए । प्राविधिक प्रस्तावको मूल्याङ्कनमा महालक्ष्मी ट्रायल सेन्टर र सदगुरू ड्राइभिङ छनोटमा परेका छन् । यातायात व्यवस्था सेवा कार्यालयले अब असार २३ गते आर्थिक प्रस्ताव खोल्ने र मूल्याङ्कन गरिने जनाएको छ । थोरै शुल्क लिएर ट्रायल सेन्टर उपलब्ध गराउने प्रस्ताव पेश गर्ने एउटा ट्रायल सेन्टर आर्थिक मूल्याङ्कनमा छनोटमा पर्ने प्रमुख पौडेलले बताए ।

    छनोटमा परेको ट्रायल सेन्टरलाई सम्झौता गर्न आउने भनी १५ दिनको सूचना निकालिने छ । त्यसपछि कर्मचारीको व्यवस्थापन गरि काम सुरु गरिने यातायात व्यवस्था सेवा कार्यालय चितवनले जानकारी दिएको छ । चितवनबाट सुरूमा ‘क’, ‘ख’ र ‘ग’ वर्गको सवारीसाधनको ट्रायल लिइने उनले बताए ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भोटेकोशी बाढीलाई राष्ट्रिय शोक र पीडाका रूपमा लिनुपर्छः अध्यक्ष ओली
    दाउन्ने एग्रो फार्म लिमिटेडले बेच्यो नौ करोड २४ लाख वटा अण्डा
    नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    • घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    • विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    • सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.