सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भरतपुरको सप्तगण्डकीका प्राध्यापक उपाध्यायमाथि भएको आक्रमणको संघसंस्थाद्वारा विरोध


  •    न्युजभित्तो/१९ असार २०७९, आईतवार १६:२७ 
  • चितवन, असार १९- भरतपुरको सप्तगण्डकी बहुमुखी क्याम्पसका प्राध्यापक गिरीराज उपाध्यायमाथि भएको आक्रमणको विभिन्न संघसंस्थाले विरोध गरेका छन् ।
    प्राध्यापक उपाध्यायलाई विज्ञान संकायको बीएस्सी वातावरण विज्ञान पहिलो वर्षमा कक्षा लिइरहेको अवस्थामा शुक्रबार कक्षा कोठाबाहिर निकाली आक्रमण भएको हो । आक्रमणको विरोधमा आज सप्तगण्डकी बहुमुखी क्याम्पसका विद्यार्थीहरुले विरोध प्रदर्शन गर्नुका साथै विभिन्न प्राध्यापक र विद्यार्थी आवद्ध संघसंगठनले विज्ञप्तिमार्फत् विरोध गरेका छन् ।

    पब्लिक क्याम्पस प्राध्यापक संघ सप्तगण्डकी क्याम्पस एकाइका अध्यक्ष नारायणप्रसाद रेग्मीले आज एक विज्ञप्ति जारी गर्दै कक्षा कोठामा पढाइरहेको अवस्थामा भएको हातपात एवम् दुव्र्यवहारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । विज्ञप्तिमा आफ्नो जिम्मेवारी बहन गरिरहेको एक कर्तव्यनिष्ठ प्राध्यापकहरुप्रति गरिने यस प्रकारको व्यवहार निन्दनीय र भत्सर्नायोग्य रहेको जनाइएको छ । घटनाको छानबिन गरेर दोषी उपर कडा कारबाही गर्न संघले पनि माग गरेको विज्ञप्तिमा जनाइएको छ ।

    त्यसैगरी सप्तगण्डकी बहुमुखी क्याम्पस विज्ञान संकायका सम्पूर्ण प्राध्यापकहरुले घटनाको विरोध गर्दै दोषी उपर कडा कारबाही गर्न क्याम्पस प्रशासनसँग माग गरेको छ । विज्ञप्तिमा विभागको गम्भीर ध्यानाकर्षण भएको भन्दै तत्काल बीएस्सीका सम्पूर्ण कक्षाहरु सञ्चालन गर्न नसक्ने जनाएको छ ।

    त्यसैगरी सप्तगण्डकी बहुमुखी क्याम्पसमा रहेका विभिन्न राजनीतिक दलहरु निकट प्राध्यापकहरुको संघसंगठनहरुले पनि संयुक्तरुपमा विरोध गरेका छन् । जसका केदारनाथ बराल अध्यक्ष रहेको नेपाल राष्ट्रिय प्राध्यापक संगठन, सागर अधिकारी केन्द्रीय सदस्य रहेको नेपाल राष्ट्रिय प्राध्यापक संगठन, रामकृष्ण खनाल अध्यक्ष रहेको नेपाल राष्ट्रिय प्राध्यापक संगठन र ओम प्रकाश पोखरेल अध्यक्ष रहेको प्रजातन्त्रवादी प्राध्यापक संगठन रहेका छन् । संयुक्त विज्ञप्तिमा कर्तव्यनिष्ठ प्राध्यापकप्रति गरिने यस प्रकारको गैह् जिम्मेवारीपूर्ण व्यवहार र हर्कतले जोसुकै स्वाभिमानी एवम् कर्तव्यनिष्ठ पेसाकर्मीको मनोबलमा नकारात्मक असर परेको उल्लेख गरिएको छ । संयुक्त विज्ञप्तिमा यस्ता घटनाको छानबिन गरी दोषी उपर कडा कारबाही गर्न क्याम्पस प्रशासनसमक्ष माग गरिएको छ । विज्ञप्तिमा भनिएको छ, ‘यस्तो प्रकारको गतिविधि जो कसैबाट भएको भए पनि अत्यन्तै निन्दनीय छ । यस्तो घटनाप्रति हामी घोर भत्सर्ना गर्दछौं । क्याम्पस प्रशासनसमक्ष आफ्नो कार्यस्थलमा सुरक्षित अनुभूति गरी निर्बाधरुपमा काम गर्ने वातावरण सिर्जना गर्न क्याम्पस प्रशासनसमक्ष जोडदार माग गर्दछौं । ’

    यस्तै क्याम्पसका रहेका विभिन्न विद्यार्थी संगठनहरुले घटनाको विरोध गर्दै क्याम्पस प्रमुख मणिराज महतो समक्ष ज्ञापनपत्र बुझाएका छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनमा तीन महिनादेखि सवारी चालक अनुमतिपत्रको ट्रायल सेवा बन्द, सेवाग्राही मर्कामा
    दसैँमा चितवन राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटक २० हजार बढी
    चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह
    • दसौँ राष्ट्रिय खेलकुदमा वाग्मती प्रदेशले उत्कृष्ट नतिजा ल्याउनेमा आशावादी छौँः मन्त्री तामाङ
    • भरतपुरको पौवामा कात्तिक १४ गते ‘कमेडी उत्सव’, चर्चित हास्य कलाकारको प्रस्तुति
    • चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो
    • विजयादशमीका समयमा बागमती प्रदेशमा दुर्घटना घट्यो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.