सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भरतपुरको सप्तगण्डकीका प्राध्यापक उपाध्यायमाथि भएको आक्रमणको संघसंस्थाद्वारा विरोध


  •    न्युजभित्तो/१९ असार २०७९, आईतवार १६:२७ 
  • चितवन, असार १९- भरतपुरको सप्तगण्डकी बहुमुखी क्याम्पसका प्राध्यापक गिरीराज उपाध्यायमाथि भएको आक्रमणको विभिन्न संघसंस्थाले विरोध गरेका छन् ।
    प्राध्यापक उपाध्यायलाई विज्ञान संकायको बीएस्सी वातावरण विज्ञान पहिलो वर्षमा कक्षा लिइरहेको अवस्थामा शुक्रबार कक्षा कोठाबाहिर निकाली आक्रमण भएको हो । आक्रमणको विरोधमा आज सप्तगण्डकी बहुमुखी क्याम्पसका विद्यार्थीहरुले विरोध प्रदर्शन गर्नुका साथै विभिन्न प्राध्यापक र विद्यार्थी आवद्ध संघसंगठनले विज्ञप्तिमार्फत् विरोध गरेका छन् ।

    पब्लिक क्याम्पस प्राध्यापक संघ सप्तगण्डकी क्याम्पस एकाइका अध्यक्ष नारायणप्रसाद रेग्मीले आज एक विज्ञप्ति जारी गर्दै कक्षा कोठामा पढाइरहेको अवस्थामा भएको हातपात एवम् दुव्र्यवहारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । विज्ञप्तिमा आफ्नो जिम्मेवारी बहन गरिरहेको एक कर्तव्यनिष्ठ प्राध्यापकहरुप्रति गरिने यस प्रकारको व्यवहार निन्दनीय र भत्सर्नायोग्य रहेको जनाइएको छ । घटनाको छानबिन गरेर दोषी उपर कडा कारबाही गर्न संघले पनि माग गरेको विज्ञप्तिमा जनाइएको छ ।

    त्यसैगरी सप्तगण्डकी बहुमुखी क्याम्पस विज्ञान संकायका सम्पूर्ण प्राध्यापकहरुले घटनाको विरोध गर्दै दोषी उपर कडा कारबाही गर्न क्याम्पस प्रशासनसँग माग गरेको छ । विज्ञप्तिमा विभागको गम्भीर ध्यानाकर्षण भएको भन्दै तत्काल बीएस्सीका सम्पूर्ण कक्षाहरु सञ्चालन गर्न नसक्ने जनाएको छ ।

    त्यसैगरी सप्तगण्डकी बहुमुखी क्याम्पसमा रहेका विभिन्न राजनीतिक दलहरु निकट प्राध्यापकहरुको संघसंगठनहरुले पनि संयुक्तरुपमा विरोध गरेका छन् । जसका केदारनाथ बराल अध्यक्ष रहेको नेपाल राष्ट्रिय प्राध्यापक संगठन, सागर अधिकारी केन्द्रीय सदस्य रहेको नेपाल राष्ट्रिय प्राध्यापक संगठन, रामकृष्ण खनाल अध्यक्ष रहेको नेपाल राष्ट्रिय प्राध्यापक संगठन र ओम प्रकाश पोखरेल अध्यक्ष रहेको प्रजातन्त्रवादी प्राध्यापक संगठन रहेका छन् । संयुक्त विज्ञप्तिमा कर्तव्यनिष्ठ प्राध्यापकप्रति गरिने यस प्रकारको गैह् जिम्मेवारीपूर्ण व्यवहार र हर्कतले जोसुकै स्वाभिमानी एवम् कर्तव्यनिष्ठ पेसाकर्मीको मनोबलमा नकारात्मक असर परेको उल्लेख गरिएको छ । संयुक्त विज्ञप्तिमा यस्ता घटनाको छानबिन गरी दोषी उपर कडा कारबाही गर्न क्याम्पस प्रशासनसमक्ष माग गरिएको छ । विज्ञप्तिमा भनिएको छ, ‘यस्तो प्रकारको गतिविधि जो कसैबाट भएको भए पनि अत्यन्तै निन्दनीय छ । यस्तो घटनाप्रति हामी घोर भत्सर्ना गर्दछौं । क्याम्पस प्रशासनसमक्ष आफ्नो कार्यस्थलमा सुरक्षित अनुभूति गरी निर्बाधरुपमा काम गर्ने वातावरण सिर्जना गर्न क्याम्पस प्रशासनसमक्ष जोडदार माग गर्दछौं । ’

    यस्तै क्याम्पसका रहेका विभिन्न विद्यार्थी संगठनहरुले घटनाको विरोध गर्दै क्याम्पस प्रमुख मणिराज महतो समक्ष ज्ञापनपत्र बुझाएका छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भोटेकोशी बाढीलाई राष्ट्रिय शोक र पीडाका रूपमा लिनुपर्छः अध्यक्ष ओली
    दाउन्ने एग्रो फार्म लिमिटेडले बेच्यो नौ करोड २४ लाख वटा अण्डा
    नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    • घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    • विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    • सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.