सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भरतपुरका बालगृहहरुलाई मापदण्ड पुरा गर्न निर्देशन, नगरे कारबाही हुने


  •    न्युजभित्तो/१९ असार २०७९, आईतवार १४:३८ 
  • चितवन,१९ असार– भरतपुर महानगरपालिकाको क्षेत्राधिकार भित्र रहेका बालगृहहरुको अनुगमन गरिएको छ । आज (आइतबार) महानगर उप-प्रमुख चित्रसेन अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्मा, महानगर तथा वडाका प्रतिनिधिहरुले अनुगमन गरेका हुन् ।

    अनुगमन पश्चात महानगरका उप-प्रमुख अधिकारीले मापदण्ड अनुसार सञ्चालन गर्न निर्देशन दिएका छन् । भरतपुरका विभिन्न वडामा रहेका बालगृहहरुको अनुगमन तथा निरीक्षणका क्रममा मापदण्ड बिपरित सञ्चालनमा आएको पाइएको हो । ‘अनुगमनका क्रममा कुनै कुनै बालगृह मापदण्ड नपुगी सञ्चालनमा आएको पाइएकोले सुधार गर्न भनेका छौं’, उप प्रमुख अधिकारीले भने ।

    भरतपुर २१ मा रहेको एभरेस्ट लर्निङ एकेडमी, २३ स्थित आशा अनाथालय नेपाल र टिनाज मेमोरल गार्डेर्न निको होममा अनुगमन गरिएको थियो । सो क्रममा क्रममा खाना, खाना राख्ने भाडो, ओछ्यान, भौतिक संरचना लगाएतमा सुधार गर्ने निर्देशन दिएको उनले बताए ।

    भरतपुर २१ स्थित एभरेस्ट लर्निङ एकेडमीमा हाल १३ जना बालबालिका छन् । उनीहरु चितवन,तनहुँ, रसुवा, बागलुङ र गोर्खा जिल्ला हुन् । यस्तै भरतपुर २३ को आशा अनाथालय नेपालमा एक सय ४८ जना बालबालिका आस्रित छन् । २०५६ सालमा कोरियन नागरिकको सहयोगमा सो बालगृह सञ्चालनमा आएको हो ।

    ‘अनुगमनका क्रममा आशा अनाथालयमा धेरै कुराको सुधार गर्नु पर्ने देखियो, महानगर उप-सचिव सुकदेब लम्सालले भने, ‘यो एक पटकलाइ सुधार गर्ने मौका दिएका छौं आइन्दा फेरि यस्तो घटना दोहोर्‍याए कारबाही हुन्छ ।’

    सहायक प्रमुख जिल्ला अधिकारी शर्माले मापदण्ड पुरा नगरे प्रशासनले कारबाही गर्ने चेतावनी दिए । ‘भरतपुर २३ मै रहेको टिनाज मेमोरल गार्डेर्न निको होम भने मापदण्ड बिपरित सञ्चालनमा आएको भेटिएको छ । १४ जना बालिका र ६ जना बालक गरि जम्मा २० जना बालबालि रहेको निको बालगृह कानुनी प्रक्रिया पूरा नगरी सञ्चालनमा आएको देखियो । हामीले कानुन सम्मत प्रक्रिया पूरा गरेर आउनुस् भनेका छौं, ‘सहायक प्रजिअ शर्माले भने, ‘भयो अर्को पटक आउदा प्रक्रिया पूरा नगरेको पाइए प्रशासन कानुन अनुसार अगाडि बढ्न बाध्य हुनेछ ।’

    बालगृह सन्चालन गर्न भौतिक सरचना, खानपान, सरसफाइ, खेलमैदान, आयाहरु, समय समयमा स्वास्थ्य परीक्षण लगाएतका मापदण्डहरु पूरा हुनु पर्ने प्रावधान छ । नेपालमा बाल संरक्षणको अवस्था निकै दयनीय र भयावह रहेको शक्ति समूह व्यवस्थापना समितिका सदस्य तथा अधिवक्ता दिलिप कोइरालाको भनाइ छ ।

    शक्ति समूह बाल संरक्षणको क्षेत्रमा काम गर्दै आइरहेको संस्था हो । कोइरालाका अनुसार नेपालमा रहेका चार सय ५० बालगृहमा १२ हजार बालबालिकाले आश्रय लिइरहेका छन् । जस मध्ये ८० प्रतिशत भन्दा बढी बालबालिका अभिभावक सहितका देखिन्छन् ।

    अनुगमनमा भरतपुर १० का वडा अध्यक्ष तथा सामाजिक बिकास समिति संयोजक परमेश्वर खनाल, २३ का अध्यक्ष दिपक दवाडी, महानगर उप सचिव सुकदेब लम्साल, स्वास्थ्य तथा सामाजिक बिकास महाशाखा प्रमुख शान्ताकुमारी पौडेल, प्रहरी नायब निरीक्षक हसिना गिरीलगायत पनि उपस्थित थिए ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भोटेकोशी बाढीलाई राष्ट्रिय शोक र पीडाका रूपमा लिनुपर्छः अध्यक्ष ओली
    दाउन्ने एग्रो फार्म लिमिटेडले बेच्यो नौ करोड २४ लाख वटा अण्डा
    नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    • घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    • विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    • सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.