प्रध्यापकमाथि दुव्यवहारको विरोध गर्दै सप्तगण्डकी क्याम्पस प्रमुखको कुर्सी जलाइयो
न्युजभित्तो/१९ असार २०७९, आईतवार १०:४८
चितवन,असार १९- भरतपुरको सप्तगण्डकी बहुमुखी क्याम्पसका प्राध्यापकमाथि भएको दुव्यवहारको विरोधमा विद्यार्थीले क्याम्पस प्रमुखको कुर्सीमा आगजनी गर्नुका साथै प्रदर्शन गरेका छन् । प्राध्यापकलाई आक्रमण हुँदासमेत क्याम्पस प्रमुख मौन रहेको भन्दै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)का विद्यार्थीले क्याम्पस प्रमुखको कुर्सीमा आगो लगाएका छन् ।
कार्यकक्षबाट बाहिर ल्याई कुर्सीमा आगजनी गर्नुका साथै उनीहरुले क्याम्पस प्रमुख मणिराज महतोको राजीनामा समेत माग गरेका छन् ।अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी (क्रान्तिकारी)का संयोजक प्रकाश देवकोटाले दोषिलाई कडा कारबाहीको माग गरेका छन् । उनिहरुले युवा संघका केन्द्रीय सदस्य अस्मिन घिमिरेले क्याम्पसका प्राध्यापकमाथि हातपात एवं दुव्यवहार गरेको आरोप लगाउँदै आएका छन ।