सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

छोरीको बलात्कार मुद्दामा बयान फेर्ने आमालाई कैद सजाय


  •    न्युजभित्तो/१७ असार २०७९, शुक्रबार १८:४२ 
  • चितवन, १७ असार । बालिका बलात्कारको एक मुद्दामा संरक्षकले बयान फेरेपछि जिल्ला अदालत चितवनले झुटा विवरण लेखाएको भनी पीडितकी आमालाई कैद सजायको फैसला गरेको छ। तनहुँको देवघाट ३ की ७ वर्षीया बालिकालाई ५८ वर्षका पुरुषले बलात्कार गरेको भनी उनकी आमा शान्ति तामाङले जिल्ला प्रहरी कार्यालय चितवनमा उजुरी दर्ता गराएकी थिइन्। सोही अनुसार अनुसन्धान गरि जिल्ला सरकारी वकिलको कार्यालयले जिल्ला अदालत चितवनमा बालिका बलात्कारको मुद्दा चलायो।

    २०७८ चैत ४ गतेको घटना भनेर चैतको ६ गते बालिकाकी आमाले प्रहरीमा उजुरी गरेकी हुन्। उजुरीकै दिन गरिएको बालिकाको स्वास्थ्य परीक्षणले पनि उनीमाथि बलात्कार भएको प्रमाणित गरेको प्रहरीले पेश गरेको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ।

    भरतपुर १ मा पर्ने नारायणी नदीमा नुहाउन गएको बेला आफूलाई बोलाएर एकान्तमा लगी बलात्कार गरेको बालिकाले उल्लेख गरेकी थिइन्। सोही अनुसारको विवरण दिई बालिकाकी आमाले प्रहरीको संरक्षक पत्रमा हस्ताक्षर गरेकी थिइन्।

    तर, मिसिल अदालत पेश गरेपछिको बकपत्रमा भने उनले प्रहरीमा आफूले झुटो विवरण टिपाएको बनी बयान फेरेकी थिइन्। बालिका बलात्कार जस्तो अति संवेदनशिल मुद्दामा पनि पीडितले झुटो विवरण टिपाएर अदालत, प्रहरी अनि सरकारी वकिललाई उपयोग गर्न खोजेको भनी संरक्षकलाई नै कैद सजायको फैसला गरिएको जिल्ला अदालत चितवनका स्रेस्तेदार ईश्वर आचार्यले जानकारी दिए।

    मुलुकी फौजदारी संहिता कार्यविधि २०७४ को दफा ४४ को उपदफा २ ९क० ले झुटा कुरा लेखिदिने वा बनावटी व्यहोराको बकपत्र गर्ने साक्षीलाई तीन महिनासम्म कैद वा पाँच हजार रुपैयाँसम्म जरिवाना वा दुबै सजाय हुनसक्ने व्यवस्था गरिएको छ।

    सोही व्यवस्था अनुसार ७ वर्षीया छोरीको बलात्कार जस्तो मुद्दामा बयान फेर्ने आमालाई १५ दिनको कैद सजाय फैसला भएको स्रेस्तेदार आचार्यले जानकारी दिनुभयो। अदालतको फैसलासँगै बलात्कार अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका भरतपुर ४ का ५८ वर्षीय नारायण खनालले सफाइ पाएका छन्।

    श्रोतः आइएनएसस्वतन्त्र समाचार

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भोटेकोशी बाढीलाई राष्ट्रिय शोक र पीडाका रूपमा लिनुपर्छः अध्यक्ष ओली
    दाउन्ने एग्रो फार्म लिमिटेडले बेच्यो नौ करोड २४ लाख वटा अण्डा
    नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    • घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    • विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    • सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.