भरतपुरका ७० वर्षीय वृद्ध नारायणी नदीमा हामफाले, खोजी गर्दै प्रहरी
न्युजभित्तो/१७ असार २०७९, शुक्रबार १४:१४
चितवन,१७ असार – नारायणीको पुलबाट एक वृद्ध नदीमा हाम फालेका छन् । भरतपुर महानगरपालिका ११ का ७० वर्षीया बिष्णुप्रसाद पोख्रेल पुलबाट नदीमा हामफालेका हुन् ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार पोख्रेल आज (शुक्रबार) बिहान ९:०८ बजे नदीमा हामफालेका हुन् । पुलमा उनले लगाएको कोट र एक जोर चप्पल भेटिएको प्रहरीले जनाएको छ ।
उनको खोजी कार्य भइरहेको र अहिलेसम्म फेला नपरेको प्रहरीले जानकारी दिएको छ ।