सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवन अदालतद्धारा बलात्कारको मुद्दामा बयान फेर्ने महिलालाई कैद सजाय


  •    न्युजभित्तो/१७ असार २०७९, शुक्रबार १२:४९ 
  • चितवन,१७ असार– बलात्कारको मुद्दामा बयान फेर्ने महिलालाई चितवन जिल्ला अदालतले कैद फैसला सुनाएको छ ।

    अदालतले पीडित भनिएकी तनहुँको देवघाट गाउँपालिका ६ कि ७ वर्षीया बालिकाकी आमा शान्ती तामाङलाई कैद फैसला सुनाएको हो । बालिकालाई गत चैत ४ गते नरायणी नदीकिनारमा नुहाउन जाने क्रममा भरतपुर ४ का ५८ वर्षीया नारायण खनालले बलात्कार गरेको भनी आमाले प्रहरीमा निवेदन दिएकी थिईन् ।

    चैत ६ गते जिल्ला प्रहरी कार्यालय चितवनमा बलात्कार भएको भन्दै बयान दिएको तर अदालतमा बकपत्रमा बयान फेरेपछि पीडित भनिएको पक्षलाई १५ दिनको कैद सजाय भएको हो । अदालतका श्रेष्तेदार तथा सूचना अधिकारी ईश्वर आचार्यका अनुसार बलात्कारको मुद्दा बयान फेरेको भन्दै न्यायाधीश केशवप्रसाद अधिकारीको इजलासले बुधवार कैद सजाय फैसला सुनाएको हो

    आरोपित खनालले सफाइ पाएका छन्। मुलुकी फौजदारी कार्यविधि संहिताको दफा ४४ उपदफा २२ को खण्ड ‘क’ अनुसार जाहेरवालालाई १५ दिन कैद हुने श्रेष्तेदार आचार्यले बताए। ७ वर्षीया बालिका बलात्कारमा परेको भनी आमाले प्रहरीमा जाहेरी दिएकी थिइन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भोटेकोशी बाढीलाई राष्ट्रिय शोक र पीडाका रूपमा लिनुपर्छः अध्यक्ष ओली
    दाउन्ने एग्रो फार्म लिमिटेडले बेच्यो नौ करोड २४ लाख वटा अण्डा
    नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    • घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    • विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    • सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.