सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवन मानव बेचबिखनको ट्रान्जिट पोइन्ट बनेको भन्दै चिन्ता व्यक्त


  •    न्युजभित्तो/१६ असार २०७९, बिहीबार १४:१७ 
  • चितवन,१६ असार – चितवन मानव बेचबिखन तथा ओसारपसारको मुख्य केन्द्र (ट्रान्जिट पोइन्ट) बन्दै गएको भन्दै चिन्ता व्यक्त गरिएको छ । आज (बिहीबार) भरतपुरमा शक्ति समूहले आयोजना गरेको बाल संरक्षण तथा मानव बेचबिखनविरुद्धको सवालमा स्थानीय सरकारको भुमिका विषयक कार्यशाला गोष्ठीमा प्रस्तुत गरिएको कार्यपत्रले चितवनमा मानव बेचबिखन तथा ओसारपसारको मुख्य केन्द्रको रुपमा रहेको देखाएको छ ।

    विविध प्रलोभनमा पारी वैदेशिक रोजगारी र अध्ययनको शिलशिलामा विदेशमा लगेर मानव बेचिने क्रम डरलाग्दो अवस्थामा रहेको शक्ति समूह व्यवस्थापन समितिका सदस्य तथा अधिवक्ता दिलिप कोइरालाले बताए । अधिवक्ता कोइरालाका अनुसार चितवन लगायत नेपालमा मानव बेचबिखन तथा बाल संरक्षणको अवस्था निकै दयनीय र भयावह रहेको छ ।

    नेपालमा रहेका चार सय ५० बालगृहमा १२ हजार बालबालिकाहरुले आश्रय लिइरहेका छन । जस मध्ये ८० प्रतिशत भन्दा बढी बालबालिकाहरु अभिभावक सहितका देखिन्छन् । विभिन्न प्रलोभनमा वैदेशिक रोजगारीमा जाने मध्ये पुरुषहरु बढी मात्रमा बेचिने गरेका छन तर उनिहरु खुलेर आउन नचाहेको उनले बताए ।

    विदेश जानेहरु मध्ये पुरुषहरु पनि यौन शोषणमा पर्ने गरेको पनि तथ्यांक रहेको उनले बताए । उनका अनुसार प्रति एक सयमा एक जना पुरुषको मात्रै उद्वार हुने गरेको छ । सरकारले पछिल्लो समय अबैध रुपमा सन्चालनमा आएका बालगृहहरुलाइ बन्द गर्ने तयारी पनि गरिरहेको छ ।

    भरतपुर महानगरका उप-प्रमुख चित्रसेन अधिकारले मानव-मानवलाई दु:ख दिने कार्य पछिल्लो समयमा भयावह बन्दै गएको प्रति दुख व्यक्त गरे । उप-प्रमुख अधिकारीले मानव बेचबिखन तथा ओसारपसार जस्तो जघन्य अपराधलाई समयमै न्यूनीकरण गर्न नसके यसले बिकराल रुप लिने भन्दै सहयोग गर्न सबैमा आग्रह गरे ।

    कार्यक्रममा बोल्दै भरतपुर महानगर स्वास्थ तथा सामाजिक बिकास महाशाखाका प्रमुख शान्ता कुमारी पौडेलले बिभिन्न बाहनामा मानव बेचबिखन हुने गरेको बताईन् । भरतपुर महानगरले बिगतका बर्ष देखि नै चितवन बाहिरका बालबालिकाहरुको हकमा सम्बन्धित पालिकाहरुमै पुनर्स्थापना गर्दै आइरहेको छ ।

    नेपालमा काठमाडौ, पोखरा र चितवनमा सबै भन्दा बढी बालगृहहरु सन्चालनमा रहेका छन् । ति मध्य चितवनमा मात्रै ७४ प्रतिशत बालगृहहरु सन्चालनमा रहेका छन् । विदेशी पर्यटकको बाहुल्यता बढी रहेको क्षेत्रमा यस्ता खालका बालगृहहरु सन्चालनमा रहेको शक्ति नेपालले जनाएको छ ।

    भरतपुर १० का अध्यक्ष परमेश्वर खनालले अबैध रुपमा खोलिएका बालगृहहरुमा तत्काल अनुगमन गर्नुपर्नेमा जोड दिए । उनले मानव बेचबिखन तथा ओसारपसारको ट्रान्जिट पोइन्ट चितवन बन्दै गएको कुरा सुन्दा निकै दु:ख लागेको बताउदै यसलाई तत्काल रोक्न सबै लाग्नुको विकल्प नभएको बताए ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भोटेकोशी बाढीलाई राष्ट्रिय शोक र पीडाका रूपमा लिनुपर्छः अध्यक्ष ओली
    दाउन्ने एग्रो फार्म लिमिटेडले बेच्यो नौ करोड २४ लाख वटा अण्डा
    नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    • घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    • विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    • सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.