सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवन मानव बेचबिखनको ट्रान्जिट पोइन्ट बनेको भन्दै चिन्ता व्यक्त


  •    न्युजभित्तो/१६ असार २०७९, बिहीबार १४:१७ 
  • चितवन,१६ असार – चितवन मानव बेचबिखन तथा ओसारपसारको मुख्य केन्द्र (ट्रान्जिट पोइन्ट) बन्दै गएको भन्दै चिन्ता व्यक्त गरिएको छ । आज (बिहीबार) भरतपुरमा शक्ति समूहले आयोजना गरेको बाल संरक्षण तथा मानव बेचबिखनविरुद्धको सवालमा स्थानीय सरकारको भुमिका विषयक कार्यशाला गोष्ठीमा प्रस्तुत गरिएको कार्यपत्रले चितवनमा मानव बेचबिखन तथा ओसारपसारको मुख्य केन्द्रको रुपमा रहेको देखाएको छ ।

    विविध प्रलोभनमा पारी वैदेशिक रोजगारी र अध्ययनको शिलशिलामा विदेशमा लगेर मानव बेचिने क्रम डरलाग्दो अवस्थामा रहेको शक्ति समूह व्यवस्थापन समितिका सदस्य तथा अधिवक्ता दिलिप कोइरालाले बताए । अधिवक्ता कोइरालाका अनुसार चितवन लगायत नेपालमा मानव बेचबिखन तथा बाल संरक्षणको अवस्था निकै दयनीय र भयावह रहेको छ ।

    नेपालमा रहेका चार सय ५० बालगृहमा १२ हजार बालबालिकाहरुले आश्रय लिइरहेका छन । जस मध्ये ८० प्रतिशत भन्दा बढी बालबालिकाहरु अभिभावक सहितका देखिन्छन् । विभिन्न प्रलोभनमा वैदेशिक रोजगारीमा जाने मध्ये पुरुषहरु बढी मात्रमा बेचिने गरेका छन तर उनिहरु खुलेर आउन नचाहेको उनले बताए ।

    विदेश जानेहरु मध्ये पुरुषहरु पनि यौन शोषणमा पर्ने गरेको पनि तथ्यांक रहेको उनले बताए । उनका अनुसार प्रति एक सयमा एक जना पुरुषको मात्रै उद्वार हुने गरेको छ । सरकारले पछिल्लो समय अबैध रुपमा सन्चालनमा आएका बालगृहहरुलाइ बन्द गर्ने तयारी पनि गरिरहेको छ ।

    भरतपुर महानगरका उप-प्रमुख चित्रसेन अधिकारले मानव-मानवलाई दु:ख दिने कार्य पछिल्लो समयमा भयावह बन्दै गएको प्रति दुख व्यक्त गरे । उप-प्रमुख अधिकारीले मानव बेचबिखन तथा ओसारपसार जस्तो जघन्य अपराधलाई समयमै न्यूनीकरण गर्न नसके यसले बिकराल रुप लिने भन्दै सहयोग गर्न सबैमा आग्रह गरे ।

    कार्यक्रममा बोल्दै भरतपुर महानगर स्वास्थ तथा सामाजिक बिकास महाशाखाका प्रमुख शान्ता कुमारी पौडेलले बिभिन्न बाहनामा मानव बेचबिखन हुने गरेको बताईन् । भरतपुर महानगरले बिगतका बर्ष देखि नै चितवन बाहिरका बालबालिकाहरुको हकमा सम्बन्धित पालिकाहरुमै पुनर्स्थापना गर्दै आइरहेको छ ।

    नेपालमा काठमाडौ, पोखरा र चितवनमा सबै भन्दा बढी बालगृहहरु सन्चालनमा रहेका छन् । ति मध्य चितवनमा मात्रै ७४ प्रतिशत बालगृहहरु सन्चालनमा रहेका छन् । विदेशी पर्यटकको बाहुल्यता बढी रहेको क्षेत्रमा यस्ता खालका बालगृहहरु सन्चालनमा रहेको शक्ति नेपालले जनाएको छ ।

    भरतपुर १० का अध्यक्ष परमेश्वर खनालले अबैध रुपमा खोलिएका बालगृहहरुमा तत्काल अनुगमन गर्नुपर्नेमा जोड दिए । उनले मानव बेचबिखन तथा ओसारपसारको ट्रान्जिट पोइन्ट चितवन बन्दै गएको कुरा सुन्दा निकै दु:ख लागेको बताउदै यसलाई तत्काल रोक्न सबै लाग्नुको विकल्प नभएको बताए ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनमा तीन महिनादेखि सवारी चालक अनुमतिपत्रको ट्रायल सेवा बन्द, सेवाग्राही मर्कामा
    दसैँमा चितवन राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटक २० हजार बढी
    चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह
    • दसौँ राष्ट्रिय खेलकुदमा वाग्मती प्रदेशले उत्कृष्ट नतिजा ल्याउनेमा आशावादी छौँः मन्त्री तामाङ
    • भरतपुरको पौवामा कात्तिक १४ गते ‘कमेडी उत्सव’, चर्चित हास्य कलाकारको प्रस्तुति
    • चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो
    • विजयादशमीका समयमा बागमती प्रदेशमा दुर्घटना घट्यो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.