अवरुद्ध नारायणगढ–बुटवल सडकखण्ड २१ घण्टापछि सञ्चालनमा
न्युजभित्तो/१६ असार २०७९, बिहीबार ०७:३४
कावासोती, १६ असार । बाढीले् डाईभर्सन बगाएपछि अवरुद्ध बनेको नारायणगढ–बुटवल सडक अण्ड सञ्चालनमा आएको छ । आज बिहान ३ बजेबाट सडक सञ्चालनमा आएको हो ।
अरुणखोला–दुम्कीबास खण्डमा डाईभर्सन बगाएपछि बुधबारदेखि सडक अवरुद्ध थियो । मध्यविन्दु नगरपालिका र विनयीत्रिवेणी गाउँपालिका क्षेत्रभित्र पर्ने तीनवटा अस्थायी डाईभर्सन खहरेखोलामा आएको बाढीले बगाएपछि बुधबार बिहान ६ बजेपछि राजमार्ग ठप्प बनेको थियो ।
नेपाल प्रहरी र सडक विभागको समन्वयमा अवरुद्ध सडक आज बिहीबार बिहान ३ बजेदेखि सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । पुनः डाईभर्सन बनाइएपछि रोकिएका सयौं सवारीसाधन गन्तव्यतर्फ लागेका छन् ।