सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नारायणगढ-मुग्लिन र मुग्लिन-कुरिनटार सडकमा एकतर्फी यातायात सञ्चालन


  •    न्युजभित्तो/१५ असार २०७९, बुधबार १२:०९ 
  • चितवन,असार १५- पहिरोका कारण नारायणगढ-मुग्लिन सडक र पृथ्वीराजमार्गको मुग्लिन-कुरिनटार सडक खण्डमा बुधबार बिहानदेखि एकतर्फी यातायात सञ्चालन भएका छन् । नारायणगढ मुग्लिन सडकको चार किलो र टोपे खोलामा पहिरो गएपछि एकतर्फी रुपमा सवारी सञ्चालन भएका हुन् । त्यस्तै पृथ्वीराजमार्गको मुग्लिन नजिकै नाग्दी खोला र घोप्टेभीरमा पनि पहिरो खसेको चितवन जिल्ला प्रहरी कार्यालयका डीएसपी रविन विष्टले जानकारी दिए । यी ठाउँहरूमा एकतर्फी यातायात चलेको उनले बताए ।

    यी सडक खण्ड राजधानी काठमाडौंलाई देशको पूर्वी र पश्चिम भेगसँग जोड्ने मुख्य सडक हुन् । दिनमै १० हजारभन्दा बढी गाडी यी सडक हुँदै ओहरदोहोर गर्दछन् । वर्षा भइरहँदा सजग भएर यात्रा गर्न र तछाडमछाड नगरी लेनअनुसार गाडी चलाउन प्रहरीले अपिल गरेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनमा तीन महिनादेखि सवारी चालक अनुमतिपत्रको ट्रायल सेवा बन्द, सेवाग्राही मर्कामा
    दसैँमा चितवन राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटक २० हजार बढी
    चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह
    • दसौँ राष्ट्रिय खेलकुदमा वाग्मती प्रदेशले उत्कृष्ट नतिजा ल्याउनेमा आशावादी छौँः मन्त्री तामाङ
    • भरतपुरको पौवामा कात्तिक १४ गते ‘कमेडी उत्सव’, चर्चित हास्य कलाकारको प्रस्तुति
    • चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो
    • विजयादशमीका समयमा बागमती प्रदेशमा दुर्घटना घट्यो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.