सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भरतपुर महानगरपालिका : योजना लिएर गएपछि रित्तो हात फर्किनु पर्दैन


  •    न्युजभित्तो/१५ असार २०७९, बुधबार १०:४८ 
  • चितवन,१५ असार। विकास गतिमा तीव्ररुपमा अघि बढिरहेको भरतपुर महानगरपालिकामा योजना लिएर गएपछि रित्तो हात फर्किनु पर्दैन । महानगरभित्रका वडाध्यक्षहरू योजना लिएर प्रमुखसमक्ष पुगेपछि महानगरको आन्तरिक, प्रदेश वा सङ्घमध्ये जहाँबाट भए पनि स्रोत सुनिश्चित गरेर योजना लिएरमात्रै फर्किन्छन् ।

    गएको पाँच वर्षमा सम्भवतः सङ्घ र प्रदेशबाट सबैभन्दा बढी बजेट भित्र्याउन सफल हुने महानगरपालिकामा भरतपुर पर्दछ । भरतपुर महानगरपालिका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्वाचन क्षेत्र पनि हो । महानगर प्रमुख माओवादीकै केन्द्रीय सदस्य रेनु दाहाल हुनुहुन्छ । निरन्तर विकास निर्माणमा लागिरहने दाहालको प्रयासकै कारण भरतपुरले विकासमा गति लिएको हो ।

    त्यसो त भरतपुर महानगरपालिकाले प्रत्येक वर्ष पूर्वप्रधानमन्त्री, मुख्यमन्त्री, सङ्घ र प्रदेशका मन्त्री, सचिव, महानिर्देशक, राष्ट्रिय योजना आयोगलगायतका विकाससँग सम्बन्धित व्यक्तित्वलाई ल्याएर छलफल गर्ने गरेको छ । छलफलमा विगत वर्षका समीक्षा गर्दै आगामी वर्षका योजना र जनभावनाको समेत कदर हुने गरेको छ । विकास सरोकार राख्ने निकायका जिम्मेवार व्यक्ति बजेट दिन हिच्किचाउँदैनन् ।

    पर्याप्त बजेट ल्याउने र त्यसलाई समुचित बाँडफाँट र सदुपयोग गरेकै कारण प्रत्येक वर्ष भरतपुर आउने बजेट बढ्दै गएको छ । भरतपुर महानगरपालिका–२ का निवर्तमान अध्यक्ष एवं नेकपा (एमाले) जिल्ला कमिटीका सदस्य पूर्णबहादुर श्रेष्ठ आफ्नो कार्यकालभरि महानगरमा लगेका योजना कुनै पनि नफर्किएको बताए । उनले भने, “पाँचवर्षे कार्यकालमा वडामा झण्डै रु ४५ करोडको काम भएको छ ।”

    महानगरले वडाका लागि विनियोजन गरेको वार्षिक रकम रु एक करोड पाँच लाखदेखि सुरु भएर पाँचौँ वर्ष पुग्दै गर्दा रु एक करोड ७० लाखसम्म पुगेको थियो । यद्यपि यसबाहेक उपयुक्त योजना वडाबाट लगेपछि फिर्ता हुन नपरेको श्रेष्ठको भनाइ छ । एमाले निर्वाचन–२ (ख) का सहसंयोजकसमेत रहनुभएका श्रेष्ठले प्रमुख दाहालले कहिल्यै पनि योजना बाँडफाँटमा पूर्वाग्रह नगरेको बताए ।

    भरतपुर महानगरपालिका–८ का निवर्तमान अध्यक्ष एवं जिल्लाका कांग्रेस नेता दामोदर न्यौपानेले वडाबाट निर्णय भएर गएका सबै योजना प्रमुख दाहालले सदर गरेर बजेट निकासा गराएको बताए । उनले भने, “हाम्रो वडामा मात्रै पछिल्लो एक वर्षमा रु २० करोडभन्दा बढीको काम भएको छ ।”

    वडा नं २२ का अध्यक्ष एवं नेकपा (एकीकृत समाजवादी)का महानगर अध्यक्ष विष्णुराज महतो दोस्रोपटक वडाध्यक्षमा निर्वाचित भएका छन् । उनको भनाइमा वडाध्यक्षका धेरै चाहना हुने भए पनि अधिकांशजसो सम्बोधन गर्ने काममा दाहाल सकारात्मक छन् । महानगरको बजेटभन्दा प्रदेश र सङ्घबाट धेरै बजेट ल्याएर वडामा विकासका काम भएको महतोको भनाइ छ । पटिहानी क्षेत्रमा पर्ने उक्त वडामा सडक, खेलकुदसँगै पर्यटन क्षेत्रमा धेरै विकास निर्माण भएका छन् ।

    महानगर प्रमुख दाहाल आफ्नो अघिल्लो कार्यकालमा वडाध्यक्षले ल्याएका कुनै योजना फिर्ता गर्नु नपरेको बताउनुहुन्छ । केही वडाध्यक्षले योजना नल्याएपछि आफैँले फोन गरेर योजना ल्याउन लगाएर काम गरेको उनको भनाइ छ । त्यस्ता एकाध वडाध्यक्षबाहेक अधिकांशले महत्वपूर्ण योजना ल्याएर काम गरेको उहाँ बताए ।

    दाहालले भने, “वडाध्यक्षको मागअनुसार आयोजनाका लागि बजेट उपलब्ध गराउन सकियो ।” आफूले राजनीतिक दलको नेताको हिसाबले नभएर समान दृष्टिकोणबाट न्यायोचित बजेट वितरण गरेको उनको भनाइ छ ।

    महानगरभित्रका सडकसँगै भौतिक पूर्वाधारको अवस्था जो–कोहीले पनि देख्न सक्ने उनले बताए । कोही एक व्यक्तिले महत्वपूर्ण आयोजना लिएर आउँदासमेत आफूले सम्बोधन गर्ने गरेको दाहाल बताए ।

    उनले भने, “मैले व्यक्ति र टोल सुधार समितिसँग पनि आयोजना माग गरेर सम्बोधन गरेकी छु ।” आफ्नो दोस्रो कार्यकालमा सर्वाधिक मतका साथ विजयी हुनुको प्रमुख कारण विकास निर्माण भएको उनको बुझाइ छ । दाहालले आफ्नो पाँच वर्षको अवधिमा महानगरबाट रु २० अर्बभन्दा बढीको काम गर्दैगर्दा प्रदेश र सङ्घबाट रु ४५ अर्बभन्दा बढी बजेट ल्याउन सफल भएको बताए ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भोटेकोशी बाढीलाई राष्ट्रिय शोक र पीडाका रूपमा लिनुपर्छः अध्यक्ष ओली
    दाउन्ने एग्रो फार्म लिमिटेडले बेच्यो नौ करोड २४ लाख वटा अण्डा
    नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    • घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    • विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    • सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.