सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनका अधिकांश स्थानीय तहका उम्मेदवारले डेढ महिनासम्म पनि बुझाएनन् चुनावी खर्च विवरण


  •    न्युजभित्तो/१४ असार २०७९, मंगलवार १६:१२ 
  • चितवन, असार १४- चितवनका स्थानीय तह निर्वाचनमा उम्मेदवार बनेका अधिकांश उम्मेदवारले चुनावी खर्च विवरण बुझाएका छैनन् ।

    चितवनमा रहेका सात स्थानीयतहको विभिन्न पदमा उम्मेदवार बनेका मध्ये जम्मा ३२८ जनाले मात्र चुनावी खर्च विवरण बुझाएको जिल्ला निर्वाचन कार्यालय चितवनका सूचना अधिकारी ओमप्रसाद ओझाले नारायणी अनलाइनलाई बताए ।

    उनले भने, ‘निर्वाचन भएको ३० दिनभित्र सबै उम्मेदवारले चुनावी खर्च विवरण बुझाइसक्नुपर्ने हुन्छ । तर, चितवनमा डेढ महिना बित्दासम्म धेरै कमको मात्र विवरण आएको छ ।’ जिल्ला निर्वाचन कार्यालयले निर्वाचन सकिएको एक महिनाभित्र चुनावी खर्च विवरण बुझाउन सार्वजनिक सूचना जारी गरेको थियो ।

    जिल्लामा विभिन्न सात स्थानीय तहमा झण्डै एक हजार बढी विभिन्न पदमा उम्मेदवार बनेका थिए । हालसम्म स्थानीय तहमा भरतपुर महानगरपालिकाबाट १०८ जनाले, खैरहनी नगरपालिकाबाट तीन जना, रत्ननगर नगरपालिबाट १० जना, कालिका नगरपालिकाबाट ६३ जना, राप्ती नगरपालिबाट १५ जना र इच्छाकामना गाउँपालिकाबाट चार जना र माडी नगरपालिबाट सबैभन्दा धेरै १२५ जना उम्मेदवारले खर्च विवरण बुझाएको निर्वाचन कार्यालयले जनाएको छ ।

    वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा उम्मेदवारले बढीमा साढे सात लाख रुपैयाँसम्म खर्च सीमा निर्धारण गरेको थियो । महानगरका मेयर र उपमेयरले बढीमा सात लाख ५० हजार रुपैयाँसम्म खर्च गर्न पाउने गरी सीमा तोकिएको हो । उपमहानगरका मेयर र उपमेयरले बढीमा पाँच लाख ५० हजार रुपैयाँसम्म मात्रै खर्च गर्न पाउने प्रावधान थियो भने नगरपालिकाका मेयर र उपमेयरले चार लाख ५० हजार र गाउँपालिका अध्यक्ष र उपाध्यक्षले तीन लाख ५० हजार रुपैयाँ निर्वाचन प्रचारप्रसारमा खर्च गर्न पाउने गरी सीमा निर्धारण गरिएको थियो ।

    महानगरका वडाध्यक्ष र सदस्यले तीन लाख ५० हजार रुपैयाँ, उपमहानगरका वडाध्यक्ष र सदस्यले दुई लाख ५० हजार रुपैयाँ मात्रै खर्च गर्न पाउने व्यवस्था गरिएको थियो  । नगरपालिकाका वडाध्यक्ष र सदस्यले दुई लाख र गाउँपालिकाका वडाध्यक्ष र सदस्यले एक लाख ५० हजार खर्च गर्न पाउने गरी आचारसंहिता आयोगले जारी गरेको थियो । निर्वाचनलाई पारदर्शी र मितव्ययी बनाउन यो रकम प्रस्ताव गरिएको भए पनि दलहरुले यो विवरण पेस गर्न भने चितवनमा वास्ता गरेका छैनन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    विनयी त्रिवेणीका जनप्रतिनिधि, कर्मचारीबाट ३२ लाख ३० हजार सहयोग
    बाढी-पहिरो प्रभावितका लागि ब्रान्डेड अटोमोबाइल्सको एक लाख एक हजार एक सय रुपैयाँ सहयोग
    भोटेकोशी बाढीः सुरुङ इलाकामा खोज, उद्धार तीव्र
    • भोटेकोशी बाढीलाई राष्ट्रिय शोक र पीडाका रूपमा लिनुपर्छः अध्यक्ष ओली
    • दाउन्ने एग्रो फार्म लिमिटेडले बेच्यो नौ करोड २४ लाख वटा अण्डा
    • नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    • घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.