सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

बुटवल-पाल्पा र बुटवल–नारायणगढ सडक अवरुद्ध


  •    न्युजभित्तो/१४ असार २०७९, मंगलवार १३:५५ 
  • चितवन, असार १४- ठाउँ-ठाउँमा पहिरो खस्दा बुटवल-पाल्पा सडक अवरुद्ध भएको छ। सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडक खण्डको सिद्धबाबा नजिकै पहिरो झरेपछि आज विहानैदेखि सडक अवरुद्ध भएको हो।

    लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका अनुसार मंगलबार बिहानैदेखि पाल्पाको तिनाउ गाउँपालिका ३ स्थित ड्यामसाइड नजिकै सडक माथिबाट ठूला ढुङ्गासहितको पहिरो खसेको छ। प्रहरीले पहिरो पन्छाउने प्रयास गरेपनि ढुङ्गासहितको लेदो खस्न नरोकिएकाले सडक सञ्चालनमा अझै केही समय लाग्ने बताइएको छ।

    सिद्धार्थ राजमार्गको बुटवल–दोभान खण्ड तथा सिद्धबाबा क्षेत्रमा पानी पर्नासाथ ढुङ्गा र लेदोसहितको पहिरो झरेर घण्टौ बाटो अवरुद्ध हुने गर्छ। सिद्धबाबा क्षेत्रमा हिउँदमा समेत धुलो पहिरो खसेर थुप्रैको ज्यान गएको छ। बिहानैदेखि बाटो अवरुद्ध हुँदा पाल्पा, गुल्मी, अर्घाखाँची, बाग्लुङ, स्याङ्गजा, कास्की लगायतका जिल्लाबाट बुटवल र बुटवल हुँदै ती जिल्ला जाने यात्रुहरु बुटवल र पाल्पा तर्फ बाटोमै अलपत्र पर्ने गर्छन्।

    त्यस्तै पूर्वपश्चिम राजमार्गको बुटवल–नारायणघाट सडक खण्ड पनि ठाउँ-ठाउँमा अवरुद्ध भएको छ। नवलपरासीको सुनवलमा निर्माणाधीन सडकको डाइभर्सन बगाउँदा सडक अवरुद्ध भएको छ। पश्चिम नवलपारासीको अरुण खोलामा आएको बाढीले क्षति पुग्दा सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ।

     

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भोटेकोशी बाढीलाई राष्ट्रिय शोक र पीडाका रूपमा लिनुपर्छः अध्यक्ष ओली
    दाउन्ने एग्रो फार्म लिमिटेडले बेच्यो नौ करोड २४ लाख वटा अण्डा
    नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    • घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    • विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    • सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.