सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनमा उद्धार गरिएका बाघ देवनगरमा राख्ने तयारी


  •    न्युजभित्तो/१४ असार २०७९, मंगलवार १३:२४ 
  • चितवन,१४ असार – उद्धार गरिएका बाघलाई देवनगर बरण्डाभार वन क्षेत्रमा राख्ने गरी तयारी अघि बढाइएको छ । चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा बाघको गतिविधि बढेसँगै त्यहाँ उद्धार गर्नु परेका बाघलाई देवनगरमा निर्माणाधीन उद्धार केन्द्र व्यवस्थित गरेर राख्न लागिएको हो ।

    समस्यामा परेका बाघको सङ्ख्या बढेपछि विकल्पको खोजी थालिएको हो । हाल निकुञ्जमा तीन वटा बाघ खोरमा रहेका छन् । सङ्ख्या थपिँदै जाँदा हुर्किएका बच्चाले ठाउँ पाउँन नसक्दा बस्ती पस्ने, बुढो भएर आहाराको खोजीमा बाहिर निस्कने र मानिसलाई आक्रमण गर्ने बाघ नियन्त्रणमा लिनुपर्ने हुन्छ । ती बाघ राख्न व्यवस्थित ठाउँ आवश्यक पर्दछ ।

    बाघको बच्चा दुई वर्ष ६ महिना कटेपछि माउ छाडेर नयाँ ठाउँको खोजीमा हुन्छ । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले देवनगरको बरण्डाभार वन क्षेत्रमा निर्माणाधीन उद्धार केन्द्रमा बाघ राख्ने गरी काम अघि बढाइएको बताए । समस्यामा परेका बाघलाई देशभित्र र बाहिर रहेका चिडियाखाना वा खोरमा राख्नुको विकल्प छैन । सो वन क्षेत्रमा पक्की पर्खाल लगाइसकिएको छ । हाल त्यहाँ चिकित्सकसहित बस्नका लागि घर र पोष्ट निर्माणाधीन रहेको छ ।

    बाघ, गैँडा, चितुवा जस्ता जनावर राख्न पर्खाल लगाइएको वन क्षेत्रमा ठूला खोर बनाउने तयारी गरिएको हो । सो क्षेत्रमा दश वटासम्म बाघ राख्न सकिने उहाँ बताउनुहुन्छ । दीर्घकालीन समाधान हुने गरी काम अघि बढाउन लागिएको हो । समस्यामा परेका वन्यजन्तु राख्न यस अघिनै सो ठाउँमा काम भइरहेको छ ।

    उनले भने, “व्यवस्थित गर्दै जाँदा दस्तुर लिएर सर्वसाधारणलाई प्रवेश दिन सकिन्छ ।” जसको आम्दानीले केन्द्र सञ्चालन गर्न सकिने उहाँको तर्क छ । हाल कसरामा दुईवटा र सौराहामा एउटा खोरमा बाघ रहेका छन् ।

    निकुञ्जको मुख्य कार्यालय कसरामा दुईवटा खोरमा बाघ छन् । तीमध्ये एउटा बाँकेबाट ल्याइएको झण्डै आठ वर्षको भाले बाघ हो । दोस्रो निकुञ्जकै देवनगर बेलसहर सामुदायिक वनमा दुई वर्षअघि नियन्त्रणमा लिइएको अन्दाजी १० वर्षको भाले बाघ हो । निकुञ्जको वन्यजन्तु अस्पताल सौराहामा यही वैशाख २७ गते राप्तीबाट नियन्त्रणमा लिइएको अन्दाजी १० वर्षको भाले बाघ रहेकोमा त्यसलाई केही दिन अघि निकुञ्जको भित्री भागमा लगेर छाडिएको छ ।

    भरतपुरको राधाकृष्ण सामुदायिक वनमा नियन्त्रणमा लिइएको अन्दाजी ७ वर्षको भाले बाघ वन्यजन्तु अस्पतालको खोरमा राखिएको छ । यो बाघले १० दिनमा दुई जना मानिसलाई आक्रमण गरेको थियो । चालु आर्थिक वर्षमा हालसम्म बाघको आक्रमणबाट १६ जनाको मृत्यु भएको छ । जसमध्ये एक जना कर्मचारीको निकुञ्जभित्र मृत्यु भएको हो ।

    दुई जनाको दाउन्नेको जङ्गलमा र १३ जनाको मध्यवर्ती वन क्षेत्रमा बाघले खाएर मृत्यु भएको हो । साउनयता चार बाघ नियन्त्रणमा लिइएर खोरमा राखिएको थियो । तीमध्ये एउटा छोडेपछि मरेको छ भने अर्को एउटा छोडेर अनुगमन गरिँदै आएको छ ।

    बाघको आक्रमणबाट धेरै मानिसको मृत्यु भएको यो हाल सम्मको उच्च दर हो । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार अघिल्लो आर्थिक वर्षमा बाघको आक्रमणबाट पाँच जनाको मृत्यु भएको थियो । बाघको सङ्ख्या बढेका कारण बाघ धेरै देखिएको र घटना भएको अनुमान गरिएको छ । सन् २०१८ मा गरिएको गणना अनुसार चितवन राष्ट्रिय निकुञ्जमा ९३ वटा बाघ रहेका थिए । त्यतिबेला देशभरको सङ्ख्या २३५ थियो । यसवर्ष बाघ गणना भइसकेको छ । विश्व बाघ दिवसको अवसरमा तथ्याङ्क सार्वजनिक गरिँदै छ ।

    बाघको सङ्ख्या बढेको अनुमानसँगै निकुञ्जभित्र नमूना घाँसे मैदान बनाउन प्रस्ताव गरिएको छ । बाघ र तीनका आहारा प्रजातिलाई बासस्थानको व्यवस्था गर्न निकुञ्ज जुटेको छ । ठाउँ विस्तार गर्न नसकिने भएकाले भएको क्षेत्र व्यवस्थित गर्न आवश्यक रहेको तिवारी बताउँछन् । -रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    विनयी त्रिवेणीका जनप्रतिनिधि, कर्मचारीबाट ३२ लाख ३० हजार सहयोग
    बाढी-पहिरो प्रभावितका लागि ब्रान्डेड अटोमोबाइल्सको एक लाख एक हजार एक सय रुपैयाँ सहयोग
    भोटेकोशी बाढीः सुरुङ इलाकामा खोज, उद्धार तीव्र
    • भोटेकोशी बाढीलाई राष्ट्रिय शोक र पीडाका रूपमा लिनुपर्छः अध्यक्ष ओली
    • दाउन्ने एग्रो फार्म लिमिटेडले बेच्यो नौ करोड २४ लाख वटा अण्डा
    • नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    • घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.