सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनमा उद्धार गरिएका बाघ देवनगरमा राख्ने तयारी


  •    न्युजभित्तो/१४ असार २०७९, मंगलवार १३:२४ 
  • चितवन,१४ असार – उद्धार गरिएका बाघलाई देवनगर बरण्डाभार वन क्षेत्रमा राख्ने गरी तयारी अघि बढाइएको छ । चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा बाघको गतिविधि बढेसँगै त्यहाँ उद्धार गर्नु परेका बाघलाई देवनगरमा निर्माणाधीन उद्धार केन्द्र व्यवस्थित गरेर राख्न लागिएको हो ।

    समस्यामा परेका बाघको सङ्ख्या बढेपछि विकल्पको खोजी थालिएको हो । हाल निकुञ्जमा तीन वटा बाघ खोरमा रहेका छन् । सङ्ख्या थपिँदै जाँदा हुर्किएका बच्चाले ठाउँ पाउँन नसक्दा बस्ती पस्ने, बुढो भएर आहाराको खोजीमा बाहिर निस्कने र मानिसलाई आक्रमण गर्ने बाघ नियन्त्रणमा लिनुपर्ने हुन्छ । ती बाघ राख्न व्यवस्थित ठाउँ आवश्यक पर्दछ ।

    बाघको बच्चा दुई वर्ष ६ महिना कटेपछि माउ छाडेर नयाँ ठाउँको खोजीमा हुन्छ । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले देवनगरको बरण्डाभार वन क्षेत्रमा निर्माणाधीन उद्धार केन्द्रमा बाघ राख्ने गरी काम अघि बढाइएको बताए । समस्यामा परेका बाघलाई देशभित्र र बाहिर रहेका चिडियाखाना वा खोरमा राख्नुको विकल्प छैन । सो वन क्षेत्रमा पक्की पर्खाल लगाइसकिएको छ । हाल त्यहाँ चिकित्सकसहित बस्नका लागि घर र पोष्ट निर्माणाधीन रहेको छ ।

    बाघ, गैँडा, चितुवा जस्ता जनावर राख्न पर्खाल लगाइएको वन क्षेत्रमा ठूला खोर बनाउने तयारी गरिएको हो । सो क्षेत्रमा दश वटासम्म बाघ राख्न सकिने उहाँ बताउनुहुन्छ । दीर्घकालीन समाधान हुने गरी काम अघि बढाउन लागिएको हो । समस्यामा परेका वन्यजन्तु राख्न यस अघिनै सो ठाउँमा काम भइरहेको छ ।

    उनले भने, “व्यवस्थित गर्दै जाँदा दस्तुर लिएर सर्वसाधारणलाई प्रवेश दिन सकिन्छ ।” जसको आम्दानीले केन्द्र सञ्चालन गर्न सकिने उहाँको तर्क छ । हाल कसरामा दुईवटा र सौराहामा एउटा खोरमा बाघ रहेका छन् ।

    निकुञ्जको मुख्य कार्यालय कसरामा दुईवटा खोरमा बाघ छन् । तीमध्ये एउटा बाँकेबाट ल्याइएको झण्डै आठ वर्षको भाले बाघ हो । दोस्रो निकुञ्जकै देवनगर बेलसहर सामुदायिक वनमा दुई वर्षअघि नियन्त्रणमा लिइएको अन्दाजी १० वर्षको भाले बाघ हो । निकुञ्जको वन्यजन्तु अस्पताल सौराहामा यही वैशाख २७ गते राप्तीबाट नियन्त्रणमा लिइएको अन्दाजी १० वर्षको भाले बाघ रहेकोमा त्यसलाई केही दिन अघि निकुञ्जको भित्री भागमा लगेर छाडिएको छ ।

    भरतपुरको राधाकृष्ण सामुदायिक वनमा नियन्त्रणमा लिइएको अन्दाजी ७ वर्षको भाले बाघ वन्यजन्तु अस्पतालको खोरमा राखिएको छ । यो बाघले १० दिनमा दुई जना मानिसलाई आक्रमण गरेको थियो । चालु आर्थिक वर्षमा हालसम्म बाघको आक्रमणबाट १६ जनाको मृत्यु भएको छ । जसमध्ये एक जना कर्मचारीको निकुञ्जभित्र मृत्यु भएको हो ।

    दुई जनाको दाउन्नेको जङ्गलमा र १३ जनाको मध्यवर्ती वन क्षेत्रमा बाघले खाएर मृत्यु भएको हो । साउनयता चार बाघ नियन्त्रणमा लिइएर खोरमा राखिएको थियो । तीमध्ये एउटा छोडेपछि मरेको छ भने अर्को एउटा छोडेर अनुगमन गरिँदै आएको छ ।

    बाघको आक्रमणबाट धेरै मानिसको मृत्यु भएको यो हाल सम्मको उच्च दर हो । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार अघिल्लो आर्थिक वर्षमा बाघको आक्रमणबाट पाँच जनाको मृत्यु भएको थियो । बाघको सङ्ख्या बढेका कारण बाघ धेरै देखिएको र घटना भएको अनुमान गरिएको छ । सन् २०१८ मा गरिएको गणना अनुसार चितवन राष्ट्रिय निकुञ्जमा ९३ वटा बाघ रहेका थिए । त्यतिबेला देशभरको सङ्ख्या २३५ थियो । यसवर्ष बाघ गणना भइसकेको छ । विश्व बाघ दिवसको अवसरमा तथ्याङ्क सार्वजनिक गरिँदै छ ।

    बाघको सङ्ख्या बढेको अनुमानसँगै निकुञ्जभित्र नमूना घाँसे मैदान बनाउन प्रस्ताव गरिएको छ । बाघ र तीनका आहारा प्रजातिलाई बासस्थानको व्यवस्था गर्न निकुञ्ज जुटेको छ । ठाउँ विस्तार गर्न नसकिने भएकाले भएको क्षेत्र व्यवस्थित गर्न आवश्यक रहेको तिवारी बताउँछन् । -रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनमा तीन महिनादेखि सवारी चालक अनुमतिपत्रको ट्रायल सेवा बन्द, सेवाग्राही मर्कामा
    दसैँमा चितवन राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटक २० हजार बढी
    चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह
    • दसौँ राष्ट्रिय खेलकुदमा वाग्मती प्रदेशले उत्कृष्ट नतिजा ल्याउनेमा आशावादी छौँः मन्त्री तामाङ
    • भरतपुरको पौवामा कात्तिक १४ गते ‘कमेडी उत्सव’, चर्चित हास्य कलाकारको प्रस्तुति
    • चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो
    • विजयादशमीका समयमा बागमती प्रदेशमा दुर्घटना घट्यो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.