सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

बोक्सी आरोपमा महिलामाथि कुटपिट


  •    न्युजभित्तो/१४ असार २०७९, मंगलवार ११:२९ 
  • बारा, असार १४ – बाराको पचरौता नगरपालिका–५ बेल्दारीमा मुस्लिम समुदायकी एक महिलालाई बोक्सी आरोपमा कुटपिट गरिएको छ ।ओसी अख्तर अन्सारीकी श्रीमती जयदा खातुनमाथि दुव्र्यवहार तथा कुटपिट गरिएको पीडित पक्षले आरोप लगाएको छ । अन्सारीको खेतबाट माटो निकालेर लैजाने प्रयास गरेको र रोक्न खोज्दा उल्टै बोक्सी भनेर स्थानीय नसुर्दिन मिया अन्सारी, फुलमहमद अन्सारी, तबरेज अन्सारीसहितको समूहले आफूमाथि कुटपिट गरेको उनले बताइन् ।

    उनीहरुले खातुनलाई कपाल मुन्डन गर्न लगाएर कुटपिट गरी गम्भीर घाइते बनाएका छन । खातुनलाई जोगाउन गएकी उनकी भाउजू सकिना खातुनसमेतलाई कुटपिट गरी घाइते बनाइएको छ । घाइते दुवैजनाको प्रादेशिक अस्पताल कलैयामा उपचार भइरहेको छ । जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता राजेश थापाले बोक्सी आरोपमा कुटपिटगर्नेलाई नियन्त्रणमा लिएर कारबाही गरिने बताए ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनमा तीन महिनादेखि सवारी चालक अनुमतिपत्रको ट्रायल सेवा बन्द, सेवाग्राही मर्कामा
    दसैँमा चितवन राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटक २० हजार बढी
    चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह
    • दसौँ राष्ट्रिय खेलकुदमा वाग्मती प्रदेशले उत्कृष्ट नतिजा ल्याउनेमा आशावादी छौँः मन्त्री तामाङ
    • भरतपुरको पौवामा कात्तिक १४ गते ‘कमेडी उत्सव’, चर्चित हास्य कलाकारको प्रस्तुति
    • चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो
    • विजयादशमीका समयमा बागमती प्रदेशमा दुर्घटना घट्यो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.