नारायणीमा नुहाउन जाँदा बेपत्ता भएका घिमिरेको शब फेला
न्युजभित्तो/१२ असार २०७९, आईतवार १०:३९
चितवन,१२ असार– नारायणी नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका एक युवकको शब फेला परेको छ । बिहीबार देखि बेपत्ता भएका भरतपुर महानगरपालिका वडा नम्बर ९ मिलनचोकका २४ बर्षीय बिनित घिमिरेको शब फेला परेको हो ।
उनको शब नवलपुर विनयी त्रिवेणी गाउंँपालिका वडा नम्बर ७ स्थित त्रिवेणी धाममा फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । यही असार ९ गते घिमिरे पौडी खेल्ने क्रममा भरतपुर महानगरपालिका वडा नम्बर ४ शिबघाट स्थित नारायणी नदीमा बेपत्ता भएका थिए । खोजतलासको क्रममा शनिबार सांँझ उनको शब फेला परेको हो । उनको शब परीक्षणको अस्पताल लगिएको प्रहरीले जनाएको छ ।