सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भरतपुरमा स्कूल बसले मोटरसाइकललाई ठक्कर दियो,एकको मृत्यु,एक घाइते


  •    न्युजभित्तो/७ असार २०७९, मंगलवार १५:४० 
  • चितवन,असार ७- चितवनमा स्कूल बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । अर्का एक जना घाइते भएका छन् । आज (मंगलबार) विहान १०ः१० बजेको समयमा भरतपुर महानगरपालिका ४ अनुपचोक स्थित भित्रि सडकमा डेरी चोकबाट यज्ञपुरीतर्फ जाँदै गरेको ना १ क ३५९६ नम्बरको होली भिजन पब्लिक स्कूलको बसले आनन्दपुरबाट भरतपुरतर्फ आउँदै गरेको ना ३३ प ३६६६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो ।

    दुर्घटनामा घाइते मोटरसाइकल पछाडि सवार बाग्लुङ हटिया गाँउपालिका बस्ने ३४ बर्षिय विनोद थापाको मृत्यु चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको छ । मोटरसाइकल पछाडि सवार सोही ठाँउका ३४ बर्षिय आयुस बोहोरा घाइते भएका छन् । उनको गम्भिर अवस्थामा चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । ठक्कर दिने बस र बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनमा तीन महिनादेखि सवारी चालक अनुमतिपत्रको ट्रायल सेवा बन्द, सेवाग्राही मर्कामा
    दसैँमा चितवन राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटक २० हजार बढी
    चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह
    • दसौँ राष्ट्रिय खेलकुदमा वाग्मती प्रदेशले उत्कृष्ट नतिजा ल्याउनेमा आशावादी छौँः मन्त्री तामाङ
    • भरतपुरको पौवामा कात्तिक १४ गते ‘कमेडी उत्सव’, चर्चित हास्य कलाकारको प्रस्तुति
    • चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो
    • विजयादशमीका समयमा बागमती प्रदेशमा दुर्घटना घट्यो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.