सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनमा बलात्कारका तथा बाल यौन दुव्र्यवहारका घटना दोब्बरले वृद्धि, न्यूनीकरणमा चुनौंती


  •    न्युजभित्तो/६ असार २०७९, सोमबार १७:०२ 
  • चितवन, असार ६- चितवनमा बलात्कार तथा बाल यौन दुव्र्यवहारका घटना दोब्बरले वृद्धि भएको छ ।

    बलात्कारका घटना बढेसँगै सरोकारवालाहरुलाई न्यूनीकरण चिन्ताको विषय बनेको हो ।

    अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) चितवनले गरेको अर्धवार्षिक समीक्षा कार्यक्रममा पछिल्लो साढे पाँच महिनामा महिलामाथि चार र बालिकामाथि २५ वटा बलात्कारका घटना दर्ता भएको जानकारी दिइएको छ ।

    पुस २०७७ देखि असार २०७८ सम्मको सात महिनामा महिलामाथि छ र बालिकामाथि १३ बलात्कारका घटना भएको इन्सेकको तथ्यांकमा उल्लेख छ । घटनाको प्रकृति हेर्दा बालिकाहरु घरमा परिवारकै सदस्य र विद्यालयमा शिक्षकहरुबाट यौन हिंसा पर्ने गरेका छन् ।

    पछिल्लो साढे पाँच महिनामा बालिकामाथि १२ यौन दुव्र्यवहारका घटना भएको इन्सेक चितवनका प्रतिनिधि दीपेन्द्र अधिकारीले जानकारी दिए । जसमध्ये पाँच वटा घटनामा शिक्षक नै पिडक छन् । पुस २०७७ देखि असार २०७८ सम्मको अवधिमा बालिकामाथि १० वटा बाल यौन दुव्र्यवहारका घटना भएका थिए ।

    २९ फागुन २०७८ मा माडी नगरपालिका–४ स्थित सोमेश्वर माविमा अध्ययनरत १५ वर्षीय बालिकामाथि शिक्षक ३७ वर्षीय सुरज लामिछानेले यौन दुव्र्यवहार गरे । नाबालिका छोरीलाई यौन दुव्र्यवहार गरेको भन्दै पीडितकी आमाले ७ चैतमा जिल्ला प्रहरी कार्यालय चितवनमा उजुरी दिइन् ।

    पिडितको १५ चैतमा स्वास्थ्य परिक्षण भयो । सोहि दिन प्रहरीले आरोपित शिक्षकलाई पनि पक्राउ ग¥यो । मानव अधिकारका सवालमा काम गर्दै आएको इन्सेकका अनुसार पछिल्लो साढे पाँच महिनामा बलात्कारलगायतका ६६ वटा मानव अधिकार उल्लघंनका घटना भएका छन् ।

    यस अवधिमा तीन महिलाको बलात्कारपछि मृत्यु भएको छ । त्यस्तै, हत्याका दुई, हत्या प्रयास दुई, बलात्कार प्रयास एक, बहुविवाहका ११, आत्महत्या दुरुत्साहनका तीन, हातहतियार सम्बन्धी तीन र जनप्रतिनिधिले दुव्र्यवहार गरेका एक घटना दर्ता भएको प्रहरीले जनाएको छ ।

    महिलामाथि हुने हिंसाका घटनामा राजनितिक दलका नेताको अनावश्यक दबाब र पिडकको संरक्षण हुँदा हिंसाका घटना बढ्दै गएको महिला अधिकारकर्मी मञ्जु खाँडले बताइन् । ‘लामो समयमसम्म पिडितको बकपत्र नै नलिँदा पीडित होस्टाइल भएको उदाहरण छ’, उनी भन्छिन्, ‘हाम्रो अदालतपछि पीडित नाबालिकामैंत्री छैन । बालमैंत्री छैन ।’

    जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एवम् डीएसपी नरहरि अधिकारीले घटनामा दलका नेताबाट दबाब आउने गरेको स्वीकार गर्छन् । तर नेताको दबाबले अनुसन्धान प्रभावित नभएको उनको दाबी छ ।

    ‘यस्तो हुनु नपर्ने, यस्तो त थिएन भन्ने कुरा गरेर दलका नेताबाट सिफारिस त धेरै आउँछ । तर हामी प्रभावित भएका छैनौँ’, उनी भन्छन्, ‘बालिकामाथि हुने हिंसा रोक्न विद्यालय तहमा नै पाठ्पुस्तक बनाएर कार्यान्वयन गर्दै छौँ ।’ विद्यालयमा पढ्ने बालिकाहरुलाई राम्रो छुवाई र गलत छुवाईको विषयमा सचेतना दिनुपर्ने उनी बताउँछन् । त्यसैगरी चितवन प्रहरीको तथ्यांक अनुसमार चितवनमा तीन महिनाको अवधिमा तीन जना महिलाको बलात्कारपछिको उपचारका क्रममा मृत्यु भएको छ । यसरी निरन्तर बलात्कारका घटना बढ्नुले नागरिकले असुरक्षाको महसुस गरिरहेका छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    विनयी त्रिवेणीका जनप्रतिनिधि, कर्मचारीबाट ३२ लाख ३० हजार सहयोग
    बाढी-पहिरो प्रभावितका लागि ब्रान्डेड अटोमोबाइल्सको एक लाख एक हजार एक सय रुपैयाँ सहयोग
    भोटेकोशी बाढीः सुरुङ इलाकामा खोज, उद्धार तीव्र
    • भोटेकोशी बाढीलाई राष्ट्रिय शोक र पीडाका रूपमा लिनुपर्छः अध्यक्ष ओली
    • दाउन्ने एग्रो फार्म लिमिटेडले बेच्यो नौ करोड २४ लाख वटा अण्डा
    • नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    • घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.