सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनमा बलात्कारका तथा बाल यौन दुव्र्यवहारका घटना दोब्बरले वृद्धि, न्यूनीकरणमा चुनौंती


  •    न्युजभित्तो/६ असार २०७९, सोमबार १७:०२ 
  • चितवन, असार ६- चितवनमा बलात्कार तथा बाल यौन दुव्र्यवहारका घटना दोब्बरले वृद्धि भएको छ ।

    बलात्कारका घटना बढेसँगै सरोकारवालाहरुलाई न्यूनीकरण चिन्ताको विषय बनेको हो ।

    अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) चितवनले गरेको अर्धवार्षिक समीक्षा कार्यक्रममा पछिल्लो साढे पाँच महिनामा महिलामाथि चार र बालिकामाथि २५ वटा बलात्कारका घटना दर्ता भएको जानकारी दिइएको छ ।

    पुस २०७७ देखि असार २०७८ सम्मको सात महिनामा महिलामाथि छ र बालिकामाथि १३ बलात्कारका घटना भएको इन्सेकको तथ्यांकमा उल्लेख छ । घटनाको प्रकृति हेर्दा बालिकाहरु घरमा परिवारकै सदस्य र विद्यालयमा शिक्षकहरुबाट यौन हिंसा पर्ने गरेका छन् ।

    पछिल्लो साढे पाँच महिनामा बालिकामाथि १२ यौन दुव्र्यवहारका घटना भएको इन्सेक चितवनका प्रतिनिधि दीपेन्द्र अधिकारीले जानकारी दिए । जसमध्ये पाँच वटा घटनामा शिक्षक नै पिडक छन् । पुस २०७७ देखि असार २०७८ सम्मको अवधिमा बालिकामाथि १० वटा बाल यौन दुव्र्यवहारका घटना भएका थिए ।

    २९ फागुन २०७८ मा माडी नगरपालिका–४ स्थित सोमेश्वर माविमा अध्ययनरत १५ वर्षीय बालिकामाथि शिक्षक ३७ वर्षीय सुरज लामिछानेले यौन दुव्र्यवहार गरे । नाबालिका छोरीलाई यौन दुव्र्यवहार गरेको भन्दै पीडितकी आमाले ७ चैतमा जिल्ला प्रहरी कार्यालय चितवनमा उजुरी दिइन् ।

    पिडितको १५ चैतमा स्वास्थ्य परिक्षण भयो । सोहि दिन प्रहरीले आरोपित शिक्षकलाई पनि पक्राउ ग¥यो । मानव अधिकारका सवालमा काम गर्दै आएको इन्सेकका अनुसार पछिल्लो साढे पाँच महिनामा बलात्कारलगायतका ६६ वटा मानव अधिकार उल्लघंनका घटना भएका छन् ।

    यस अवधिमा तीन महिलाको बलात्कारपछि मृत्यु भएको छ । त्यस्तै, हत्याका दुई, हत्या प्रयास दुई, बलात्कार प्रयास एक, बहुविवाहका ११, आत्महत्या दुरुत्साहनका तीन, हातहतियार सम्बन्धी तीन र जनप्रतिनिधिले दुव्र्यवहार गरेका एक घटना दर्ता भएको प्रहरीले जनाएको छ ।

    महिलामाथि हुने हिंसाका घटनामा राजनितिक दलका नेताको अनावश्यक दबाब र पिडकको संरक्षण हुँदा हिंसाका घटना बढ्दै गएको महिला अधिकारकर्मी मञ्जु खाँडले बताइन् । ‘लामो समयमसम्म पिडितको बकपत्र नै नलिँदा पीडित होस्टाइल भएको उदाहरण छ’, उनी भन्छिन्, ‘हाम्रो अदालतपछि पीडित नाबालिकामैंत्री छैन । बालमैंत्री छैन ।’

    जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एवम् डीएसपी नरहरि अधिकारीले घटनामा दलका नेताबाट दबाब आउने गरेको स्वीकार गर्छन् । तर नेताको दबाबले अनुसन्धान प्रभावित नभएको उनको दाबी छ ।

    ‘यस्तो हुनु नपर्ने, यस्तो त थिएन भन्ने कुरा गरेर दलका नेताबाट सिफारिस त धेरै आउँछ । तर हामी प्रभावित भएका छैनौँ’, उनी भन्छन्, ‘बालिकामाथि हुने हिंसा रोक्न विद्यालय तहमा नै पाठ्पुस्तक बनाएर कार्यान्वयन गर्दै छौँ ।’ विद्यालयमा पढ्ने बालिकाहरुलाई राम्रो छुवाई र गलत छुवाईको विषयमा सचेतना दिनुपर्ने उनी बताउँछन् । त्यसैगरी चितवन प्रहरीको तथ्यांक अनुसमार चितवनमा तीन महिनाको अवधिमा तीन जना महिलाको बलात्कारपछिको उपचारका क्रममा मृत्यु भएको छ । यसरी निरन्तर बलात्कारका घटना बढ्नुले नागरिकले असुरक्षाको महसुस गरिरहेका छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनमा तीन महिनादेखि सवारी चालक अनुमतिपत्रको ट्रायल सेवा बन्द, सेवाग्राही मर्कामा
    दसैँमा चितवन राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटक २० हजार बढी
    चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह
    • दसौँ राष्ट्रिय खेलकुदमा वाग्मती प्रदेशले उत्कृष्ट नतिजा ल्याउनेमा आशावादी छौँः मन्त्री तामाङ
    • भरतपुरको पौवामा कात्तिक १४ गते ‘कमेडी उत्सव’, चर्चित हास्य कलाकारको प्रस्तुति
    • चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो
    • विजयादशमीका समयमा बागमती प्रदेशमा दुर्घटना घट्यो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.