सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

बन्द हुने अवस्थामा पुग्दै कंक्रिट मिक्सर मेसिन उद्योगहरु


  •    न्युजभित्तो/६ असार २०७९, सोमबार १३:४३ 
  • चितवन, असार ६– एक समय नेपालमा नाम चलेका ठूला उद्योगहरु अहिले बन्द छन् । भएका राम्रा उद्योगहरु बन्द भएपछि अहिले थप त्यस्ता खालका उद्योगहरु स्थापना हुन सकेका छैनन् । अहिले संचालनमा रहेका कतिपय उद्योगहरु फेरि बन्द हुने अवस्थामा पुगेका छन् ।

    चितवनको भरतपुर महानगरपालिका वडा नं.१६ मा रहेको गौरव नेपाल इन्जिनियरिङ प्रा.लि.ले वि.सं.२०५४ सालदेखि कंक्रिट मिक्सर मेसिन उत्पादन गर्दै आइरहेको छ । घर ढलानदेखि पुल, ढल लगायत विकास निर्माणका लागि चाहिने कंक्रिट मिक्सर मेसिन यही उद्योगले व्यवसायिक उत्पादन गर्दै आइरहेको छ । एक समय वार्षिक एक हजारको हाराहारीमा उक्त मेसिन उत्पादन गर्दै आइरहेको यस उद्योगले अहिले मुश्किलले एक सय वटा मेसिन निर्माण गरेर विक्री गर्छ ।

    गुणस्तरीय मेसिन उत्पादन गरेपनि विदेशबाट आयात हुने सस्तो मेसिन र सरकारले तयारी सामान भन्दा कच्चा पदार्थमै बढी भन्सार दर लगाएपछि त्यसको मारमा परेको उद्योगीहरु बताउँछन् । ‘सरकारले हामीलाई सहज वातावरण बनाई दिए यस्ता उद्योगहरु अझै खुल्थे, अब त हामी नै बन्द गर्नुपर्ने अवस्थामा आइपुगेका छौं’गौरव नेपाल इन्जिनियरिङ भरतपुरका संचालक ताराप्रसाद पौडेलले भन्नुभयो ।

    चितवन, रुपन्देहीलगायतका जिल्लामा १३ वटा यस्ता उद्योगहरु संचालनमा थिए । अहिले घटेर ३ वटा उद्योगमा खुम्चिएको छ । चितवनमा २ र रुपन्देहीमा एउटा उद्योग संचालनमा छन् । रुपन्देहीमा रहेको नेशनल इन्जिनियरिङ मेटल प्रा.लि.एक समय सर्वाधिक वार्षिक १५ सयसम्म मेसिन उत्पादन गर्दथ्यो । अहिले घटेर एक सय वटा मात्रै मेसिन उत्पादन गर्ने गरेको छ । सरकारले यस उद्योग संचालनका लागि चाहिने कच्चा पदार्थ आयातमा १५ प्रतिशतसम्म भन्सार दर कायम गरेको छ भने १३ प्रतिशत भ्याट र प्रतिकेजी ५ रुपैयाँको दरले अन्त शुल्क समेत थप गरेको छ । तर यही सिंगो तयारी मेसिन आयात गर्दा भन्सार महसुल मात्र ४ प्रतिशत र भ्याट नलाग्ने व्यस्था छ ।

    यस नीतिलाई सच्याउन उद्योगीहरुले सरकारसंग पटक–पटक माग गरिरहेका छन् । तर माग सुनुवाई नहुँदा छिट्टै उद्योगहरु बन्द हुने अवस्थामा पुगेको उद्योगीको भनाई छ । नेशनल इन्जिनियरिङ मेटलका संचालक रामप्रसाद खनालले सरकारले उद्योगीहरुको संरक्षण गर्नुको साटो विस्थापित गर्ने अभियानमा लागेको बताउनुभयो । ‘हामीले अहिले मात्र होइन पटक–पटक कच्चा पदार्थको भन्सार दर बारे माग राखेको थियौं, तर अहिले सम्म सम्बोधन नहुँदा हामी पलायन हुने अवस्थामा पुगेका छौं’–खनालले भन्नुभयो ।

    उद्योगीहरुका साझा संस्था नेपाल उद्योग परिसंघ, चितवन उद्योग संघलगायतका संघसंस्थाहरुले कच्चा पदार्थ आयातको भन्सार दर घटाउन माग गर्दै आइरहेका छन् । तर ती कुराको सुनुवाई नहुँदा झन समस्या बल्झिन थालेको चितवन उद्योग संघका अध्यक्ष त्रिलोचन कँडेलले बताउँनुहुन्छ । ‘सरकार उद्योग व्यवसाय फस्टाउनमा जोड दिनुपर्ने हो तर विडम्बना उल्टै उद्योगधन्दा मास्ने खालका नीति निर्माण गर्दा समस्या देखिन थालेका छन्’–कँडेलले भन्नुभयो ।

    पछिल्ला समय अन्य उद्योगधन्दाहरु पनि खुल्ने क्रम जारी छ । तर सबैको डर कतै पछि बन्द गर्नुपर्ने अवस्था त आउने होइन भन्नेमा देखिन्छ । चितवन उद्योग संघका उपाध्यक्ष युगराज वस्तीले युवा उद्यमी व्यवसायीहरुलाई सरकारले प्रवद्र्धन गर्नुको साटो उल्टै पलायन हुने बाटो देखाउन थालेको आरोप लगाए । उनले कंक्रिट मिक्सर मेसिन निर्माण गर्ने उद्योगहरु बन्द हुँदै गर्दा युवाहरु रोजगारीको खोजीमा विदेश पलायन हुने अवस्था सिर्जना हुने बताउनुभयो । उहाँले यसतर्फ सरकारको ध्यान केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो ।

    नेपालका कंक्रिट मिक्सर मेसिन उद्योगहरुमा सुरुवाती समयमा ४५० भन्दा बढीले रोजगारी पाएका थिए । उद्योगहरु बन्द हुँदै जाँदा अहिले घटेर १४५ मा झरेको छ । नेपालमा उद्योगहरु बन्द हुँदै जाँदा वर्षेनी ११ हजार ४०० भन्दा बढी कंक्रिट मिक्सर मेसिनहरु विदेशबाट आयात हुँदै आइरहेको छ । यसबाट ७६ करोड भन्दा बढी रकम विदेशीने गरेको छ । यस्तो स्वदेशी उद्योगहरुलाई संरक्षण गर्ने खालका नीति निर्माण गर्न सकिए करोडौं रकम बाहिर जानबाट रोकिन्थ्यो भने सयौंले स्वदेशमै रोजगारी पाउने वातावरण बन्न सक्छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनमा तीन महिनादेखि सवारी चालक अनुमतिपत्रको ट्रायल सेवा बन्द, सेवाग्राही मर्कामा
    दसैँमा चितवन राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटक २० हजार बढी
    चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह
    • दसौँ राष्ट्रिय खेलकुदमा वाग्मती प्रदेशले उत्कृष्ट नतिजा ल्याउनेमा आशावादी छौँः मन्त्री तामाङ
    • भरतपुरको पौवामा कात्तिक १४ गते ‘कमेडी उत्सव’, चर्चित हास्य कलाकारको प्रस्तुति
    • चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो
    • विजयादशमीका समयमा बागमती प्रदेशमा दुर्घटना घट्यो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.