सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नीति तथा कार्यक्रमका लागि भरतपुर महानगरले माग्यो सुझाव, यी माध्यमबाट दिन सकिन्छ सहजै सुझाव


  •    न्युजभित्तो/६ असार २०७९, सोमबार १२:५४ 
  • चितवन, असार ६– भरतपुर महानगरपालिकाले नीति तथा कार्यक्रमका लागि सुझाव माग गरेको छ । प्रमुख प्रशासकीय अधिकृत रामबन्धु सुवेदीले आइतबार एक सूचना जारी गर्दै महानगरको आगामि नीति तथा कार्यक्रमको सुझाव माग गरेका हुन् ।

    चितवनका सरोकारवालाहरुबाट राय सुझाव संकलन गरि आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रमहरु तय गरिरहेको भन्दै भरतपुरको समग्र विकास र समृद्धिका लागि हरेक क्षेत्रमा तय गरिनुपर्ने नीति तथा कार्यक्रमहरुका सम्बन्धमा रचनात्मक, व्यवहारिक, नवप्रर्वतनकारी र रुपान्तरणकारी सुझावहरु दिन आग्रह गरेको हो । प्रमुख प्रशासकीय अधिकृत सुवेदीले यही असार ९ गतेभित्र महानगरको आधिकारिक इमेल, फेसबुक मेसेन्जर तथा लिखित रुपमा सुझाव दिन सकिने जानकारी दिए । सुझावका लागि इमेल ठेगाना bmc@ntc.net  र info@bharatpurmun.gov.np हरुमा सुझाव दिन सकिने सुवेदीले बताए ।

    भरतपुर महानगरपालिकाले यही असार १० गते नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गर्दैछ । त्यसका लागि सुझावहरु संकलन गर्न महानगरले केहीदिन अघि पूर्वप्रधानमन्त्री, चितवन क्षेत्र नं.३ का सांसद समेत रहेका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रमुख आतिथ्यतामा भव्य आगामि कार्यदिशा सम्बन्धि अन्तरक्रिया कार्यक्रम गरेको थिया ।

    महानगर प्रमुख रेनु दाहालले जनताको पक्षमा रहेर यसपटक नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरिने बताइन् । उनले नीति तथा कार्यक्रम निर्माणका लागि महानगर सक्रिय रुपमा लागि परेको बताइन् । उनले संघ र प्रदेशले उपलब्ध गराएको अनुदानसहित महानगरको आफ्नै आन्तरिक आयलाई सही सदुपयोग गर्ने गरि कार्यक्रमहरु तय गर्न लागिएको जानकारी दिइन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    विनयी त्रिवेणीका जनप्रतिनिधि, कर्मचारीबाट ३२ लाख ३० हजार सहयोग
    बाढी-पहिरो प्रभावितका लागि ब्रान्डेड अटोमोबाइल्सको एक लाख एक हजार एक सय रुपैयाँ सहयोग
    भोटेकोशी बाढीः सुरुङ इलाकामा खोज, उद्धार तीव्र
    • भोटेकोशी बाढीलाई राष्ट्रिय शोक र पीडाका रूपमा लिनुपर्छः अध्यक्ष ओली
    • दाउन्ने एग्रो फार्म लिमिटेडले बेच्यो नौ करोड २४ लाख वटा अण्डा
    • नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    • घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.