सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भरतपुरमा बिद्युत् अवरुद्ध समस्या हट्न अझै एक हप्ता लाग्ने


  •    न्युजभित्तो/५ असार २०७९, आईतवार १६:४९ 
  • चितवन, असार ५ भरतपुरमा छिनछिनमै विद्युत् अवरुद्ध हुदा नागरिकले सास्ती पाएका छन् ।

    विद्युत्को अवरोधले घरको भान्सादेखि कार्यालयका सबै काम प्रभावित हुन थालेपछि नागरिक आजित भएका हुन् । नागरिकले सामाजिक सञ्जालमा नै बिजुलीको समस्याले दिएको सास्तीबारे उल्लेख गरेका छन् ।

    बोस्टन इन्तरनेशनल कलेजका प्रवबध निर्देशक राजु लामाले सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै भरतपुरमा लोडसेडिङको झल्को हुन थालेको बताएका छन् । उनले भनेका छन्, ‘ लाइन काटेर हैरान भइएको छ । दिनमा न्यूनतम २० देखि ३० पटक काटिन्छ होला ।’ उनले लेखेका छन्, ‘ सरकार खोकेको खोक्यै छ । बिजुलीबाट दालभात पकाउ, गाडी चलाऊ, किसानी गर, उद्योग गर, तर रैतीहरु तीन वाटको बल्ब बाल्न र मोबाइल चार्ज गर्न पाउँदा नि मख्ख पर्ने दिन आइसक्यो । बरु लोडसेडिङको रुटिन निकाले हुन्थ्यो ।’ उनले प्राधिकरणले मनलाग्दी गरेको भन्दै विरोध गरेका छन् । यो समस्या लामाको मात्र नभै सबै भरतपुर बासीले निरन्तर भोग्दै आएको समस्या हो ।

    विद्युत् प्राधिकरण भरतपुरका प्रमुख राजिबकुमार सिंहले एक हप्तापछि यो समस्या हल हुने दाबी गरे । उनले भने, ‘ भोजार्डमा नयाँ ब्रेकर राखेपछि यो समस्या समाधान हुन्छ ।’
    बिजुलीको लाइन छिनछिनमा काटिँदा एकातिर विद्युतीय उपकरणहरु बिग्रने खतरा छ भने अर्काेतिर कार्यालयमा काम गर्दा निकै असजिलो हुने गरेको छ । गर्मीको समयमा त झनै नागरिकले सास्ती पाउने गरेका छन् । गर्मीले घरभित्र बस्न नै गाहे हुन थालेको छ ।

    विद्युत्को यो समस्या धेरै अगाडिदेखि नागरिकले भोग्दै आए पनि प्राधिकरणले खासै चासो दिन सकेको छैन । विद्युत् खपतमा काठमाडौँ उपत्यकापछि धेरै खपत हुने जिल्लामा चितवन पर्ने गरेको छ तर नागरिकले लाइन छिन छिनमा काटिने समस्या भने भोगिरहेका छन् । विद्युत् प्राधिकरणको आधुनिकीकरणको विषय भाषणमा मात्र सिमित हुँदा नागरिकले सास्ती भोग्न बाध्य भएको प्राधिकरणका प्राविधिकहरु बताउँछन् ।

    विद्युत् प्राधिकरण भरतपुरका इञ्जिनियर राजेन्द्र पौडेलले प्राधिकरणको प्रविधि विगत तीन दशकदेखि ठोकठाक गरेर काम चलाउ मात्र हुने गरेको बताए । उनले भने, ‘ अहिलेसम्म पुरानै शैलीमा चलिरहेको छ । अब भने केही नयाँ काम हुने तयारीमा छ ।’ उनले भने, ‘कतै सडक निर्माण, कतै पोलमा चराले गुड लाउने, कतै रुख ढल्ने र कतै दैवी बिपत्तीका कारणले भरतपुरमा समस्या आएको छ । कतै ट्रान्सफर्मर जल्ने गरेको छ । ’ उनले विदेशमा जस्तो बिजुली तारलाई पूर्णतया भूमिगत नगरेसम्म यो समस्या रहिरहने बताए । उनले भोजार्डमा अर्काे हप्ता राखिने नयाँ कन्ट्रोल प्यानलले ३० प्रतिशत समस्याको भने हल गर्ने दाबी गरे ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनमा तीन महिनादेखि सवारी चालक अनुमतिपत्रको ट्रायल सेवा बन्द, सेवाग्राही मर्कामा
    दसैँमा चितवन राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटक २० हजार बढी
    चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह
    • दसौँ राष्ट्रिय खेलकुदमा वाग्मती प्रदेशले उत्कृष्ट नतिजा ल्याउनेमा आशावादी छौँः मन्त्री तामाङ
    • भरतपुरको पौवामा कात्तिक १४ गते ‘कमेडी उत्सव’, चर्चित हास्य कलाकारको प्रस्तुति
    • चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो
    • विजयादशमीका समयमा बागमती प्रदेशमा दुर्घटना घट्यो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.