सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भरतपुरमा बिद्युत् अवरुद्ध समस्या हट्न अझै एक हप्ता लाग्ने


  •    न्युजभित्तो/५ असार २०७९, आईतवार १६:४९ 
  • चितवन, असार ५ भरतपुरमा छिनछिनमै विद्युत् अवरुद्ध हुदा नागरिकले सास्ती पाएका छन् ।

    विद्युत्को अवरोधले घरको भान्सादेखि कार्यालयका सबै काम प्रभावित हुन थालेपछि नागरिक आजित भएका हुन् । नागरिकले सामाजिक सञ्जालमा नै बिजुलीको समस्याले दिएको सास्तीबारे उल्लेख गरेका छन् ।

    बोस्टन इन्तरनेशनल कलेजका प्रवबध निर्देशक राजु लामाले सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै भरतपुरमा लोडसेडिङको झल्को हुन थालेको बताएका छन् । उनले भनेका छन्, ‘ लाइन काटेर हैरान भइएको छ । दिनमा न्यूनतम २० देखि ३० पटक काटिन्छ होला ।’ उनले लेखेका छन्, ‘ सरकार खोकेको खोक्यै छ । बिजुलीबाट दालभात पकाउ, गाडी चलाऊ, किसानी गर, उद्योग गर, तर रैतीहरु तीन वाटको बल्ब बाल्न र मोबाइल चार्ज गर्न पाउँदा नि मख्ख पर्ने दिन आइसक्यो । बरु लोडसेडिङको रुटिन निकाले हुन्थ्यो ।’ उनले प्राधिकरणले मनलाग्दी गरेको भन्दै विरोध गरेका छन् । यो समस्या लामाको मात्र नभै सबै भरतपुर बासीले निरन्तर भोग्दै आएको समस्या हो ।

    विद्युत् प्राधिकरण भरतपुरका प्रमुख राजिबकुमार सिंहले एक हप्तापछि यो समस्या हल हुने दाबी गरे । उनले भने, ‘ भोजार्डमा नयाँ ब्रेकर राखेपछि यो समस्या समाधान हुन्छ ।’
    बिजुलीको लाइन छिनछिनमा काटिँदा एकातिर विद्युतीय उपकरणहरु बिग्रने खतरा छ भने अर्काेतिर कार्यालयमा काम गर्दा निकै असजिलो हुने गरेको छ । गर्मीको समयमा त झनै नागरिकले सास्ती पाउने गरेका छन् । गर्मीले घरभित्र बस्न नै गाहे हुन थालेको छ ।

    विद्युत्को यो समस्या धेरै अगाडिदेखि नागरिकले भोग्दै आए पनि प्राधिकरणले खासै चासो दिन सकेको छैन । विद्युत् खपतमा काठमाडौँ उपत्यकापछि धेरै खपत हुने जिल्लामा चितवन पर्ने गरेको छ तर नागरिकले लाइन छिन छिनमा काटिने समस्या भने भोगिरहेका छन् । विद्युत् प्राधिकरणको आधुनिकीकरणको विषय भाषणमा मात्र सिमित हुँदा नागरिकले सास्ती भोग्न बाध्य भएको प्राधिकरणका प्राविधिकहरु बताउँछन् ।

    विद्युत् प्राधिकरण भरतपुरका इञ्जिनियर राजेन्द्र पौडेलले प्राधिकरणको प्रविधि विगत तीन दशकदेखि ठोकठाक गरेर काम चलाउ मात्र हुने गरेको बताए । उनले भने, ‘ अहिलेसम्म पुरानै शैलीमा चलिरहेको छ । अब भने केही नयाँ काम हुने तयारीमा छ ।’ उनले भने, ‘कतै सडक निर्माण, कतै पोलमा चराले गुड लाउने, कतै रुख ढल्ने र कतै दैवी बिपत्तीका कारणले भरतपुरमा समस्या आएको छ । कतै ट्रान्सफर्मर जल्ने गरेको छ । ’ उनले विदेशमा जस्तो बिजुली तारलाई पूर्णतया भूमिगत नगरेसम्म यो समस्या रहिरहने बताए । उनले भोजार्डमा अर्काे हप्ता राखिने नयाँ कन्ट्रोल प्यानलले ३० प्रतिशत समस्याको भने हल गर्ने दाबी गरे ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    विनयी त्रिवेणीका जनप्रतिनिधि, कर्मचारीबाट ३२ लाख ३० हजार सहयोग
    बाढी-पहिरो प्रभावितका लागि ब्रान्डेड अटोमोबाइल्सको एक लाख एक हजार एक सय रुपैयाँ सहयोग
    भोटेकोशी बाढीः सुरुङ इलाकामा खोज, उद्धार तीव्र
    • भोटेकोशी बाढीलाई राष्ट्रिय शोक र पीडाका रूपमा लिनुपर्छः अध्यक्ष ओली
    • दाउन्ने एग्रो फार्म लिमिटेडले बेच्यो नौ करोड २४ लाख वटा अण्डा
    • नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    • घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.