सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नारायणी नदीमा पानीको बहाव बढ्ने पूर्वानुमान, सर्तकता अपनाउन आग्रह


  •    न्युजभित्तो/५ असार २०७९, आईतवार १५:४४ 
  • चितवन, असार ५- नारायणी नदीमा पानीको बहाव बढ्ने सम्भावना देखिएको छ ।

    यसको सहायक नदी मस्र्याङ्दीमा आज पानीको बहाव उल्लेख्य बढ्ने पूर्वानुमानसँगै नारायणीमा पनि पानीको बहाव बढ्ने सम्भावना देखिएको हो ।

    आज बिहानको मापनानुसार मस्याङ्दीमा बहाव उल्लेख्य बढी सतर्कता तह आसपास पुगेको छ । नारायणीका सहायक नदीहरुमा बहाव बढेसँगै नारायणी नदीमा स्वत बहाब बढ्न जान्छ । पर्सी मंगलबार नारायणीका सबै सहायक नदीमा बहाब सामान्य बढ्ने बाढी पूर्वानुमान बुलेटिनमा जनाइएको छ ।

    कन्काई र यसका केही सहायक नदीमा पनि आकस्मिक बहाव भई जलसतह सतर्कता तह आसपास पुग्न सक्ने पूर्वानुमान छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले नदीतटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ ।

    आज ताप्लेजुङ, संखुवासभा, पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, सप्तरी, सिरहा, धनुषा, सिन्धुली, गोरखा, लमजुङ, कास्की र आसपास भई बहने केही स–साना नदीहरूमा बहाव बढ्नेछ । केहीमा आकस्मिक बहाव समेत हुन सक्ने पूर्वानुमान विभागले गरेको छ ।

     

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनमा तीन महिनादेखि सवारी चालक अनुमतिपत्रको ट्रायल सेवा बन्द, सेवाग्राही मर्कामा
    दसैँमा चितवन राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटक २० हजार बढी
    चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह
    • दसौँ राष्ट्रिय खेलकुदमा वाग्मती प्रदेशले उत्कृष्ट नतिजा ल्याउनेमा आशावादी छौँः मन्त्री तामाङ
    • भरतपुरको पौवामा कात्तिक १४ गते ‘कमेडी उत्सव’, चर्चित हास्य कलाकारको प्रस्तुति
    • चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो
    • विजयादशमीका समयमा बागमती प्रदेशमा दुर्घटना घट्यो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.