सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनमा असार ६ गतेदेखि मल वितरण गरिने


  •    न्युजभित्तो/३ असार २०७९, शुक्रबार १३:३७ 
  • चितवन, असार ३- साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड र कृषि सामग्री वितरण केन्द्र चितवनले यही असार ६ गतेबाट रासायनिक मल वितरण गर्ने भएका छन् । रोपाईँ गर्न सुरु गर्न लागेका किसानलाई यसले केही राहत पुग्ने जनाइएको छ ।

    कर्पोरेशन चितवनका प्रमुख बुद्धिविनोद दाहालले वीरगञ्जस्थित आफ्नो गोदामघरमा मल आइसकेको जानकारी दिँदै छिट्टै वितरण हुने बताउनुभयो ।
    यसैगरी वितरण केन्द्रका प्रमुख राजन बगाले यही असार ६ गतेदेखि डिएपी मल वितरण गरिने जानकारी दिनुभयो । उहाँका अनुसार केन्द्रमा रहेको २९० टन मल बिक्री गरिने छ । उहाँले भन्नुभयो, “युरिया मल आउने वित्तिकै वितरण गर्न सुरु गरिने छ ।” आवश्यकताभन्दा कम मल आउने भएकाले मागअनुसार मल पाउन कठिन हुने उहाँले बताउनुभयो ।

    कृषि ज्ञान केन्द्रका अनुसार जिल्लामा १७ हजार ६८० मेट्रिक टन युरिया, नौ हजार १७९ मेट्रिक टन डिएपी र तीन हजार ८०९ मेट्रिक टन पोटास मलको माग रहेको छ । जिल्लाका सात पालिकाल गत वर्ष गरेको सो माग गरेको कार्यालयले जनाएको छ । यस वर्ष पालिका माग पठाउने क्रम जारी रहेको कार्यालयकी कृषि प्रसार अधिकृत सुरुची त्रिपाठीले जानकारी दिनुभयो । गत वर्ष भरतपुर महानगरपालिकामा पाँच हजार मेट्रिक टन युरिया, दुई हजार मेट्रिक टन डिएपी र ५०० मेट्रिक टन पोटास आवश्यक हुने तथ्याङ्क रहेको थियो ।

    यस्तै रत्ननगर नगरपालिकाले एक हजार ९३२ मेट्रिक टन युरिया, एक हजार २३८ मेट्रिक टन डिएपी र एक हजार ९१ मेट्रिक टन पोटास, राप्ती नगरपालिकाले तीन हजार ५०० मेट्रिक टन युरिया, दुई हजार मेट्रिक टन डिएपी र १७६ मेट्रिक टन पोटास मल माग गरेका थिए । कालिका नगरपालिकाले एक हजार ५१५ मेट्रिक टन युरिया, ७७२ मेट्रिक टन डिएपी र एक हजार ६० मेट्रिक टन पोटास, माडी नगरपालिकाले दुई हजार ८७० मेट्रिक टन युरिया, एक हजार ६२५ मेट्रिक टन डिएपी र १५० पोटास मल माग गरेको त्रिपाठीले जानकारी दिनुभयो । उहाँका अनुसार खैरहनी नगरपालिकाले दुई हजार ७८३ मेट्रिक टन युरिया, एक हजार ४९८ मेट्रिक टन डिएपी, र ८०६ मेट्रिक टन पोटास र इच्छाकामना गाउँपालिकाले ८० मेट्रिक टन युरिया, ४६ मेट्रिक टन डिएपी र २६ मेट्रिक टन पोटास माग गरेको थियो ।

    अहिले पालिकाले मागको तथ्याङ्क पठाउने क्रममा रहेको जनाउँदै केन्द्रका प्रमुख बगालले यस वर्ष माग बढ्न सक्ने अनुमान गर्नुभयो । कृषियोग्य जमिन बाँझो राख्न नपाउने नीति स्थानीय पालिकाले लिएका कारण मलको माग बढ्न सक्ने उहाँले बताउनुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनमा तीन महिनादेखि सवारी चालक अनुमतिपत्रको ट्रायल सेवा बन्द, सेवाग्राही मर्कामा
    दसैँमा चितवन राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटक २० हजार बढी
    चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह
    • दसौँ राष्ट्रिय खेलकुदमा वाग्मती प्रदेशले उत्कृष्ट नतिजा ल्याउनेमा आशावादी छौँः मन्त्री तामाङ
    • भरतपुरको पौवामा कात्तिक १४ गते ‘कमेडी उत्सव’, चर्चित हास्य कलाकारको प्रस्तुति
    • चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो
    • विजयादशमीका समयमा बागमती प्रदेशमा दुर्घटना घट्यो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.