सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

बाघ नियन्त्रणमा लिने सहमतिपछि बल्ल उठ्यो भरतपुरकी रेखाको शव


  •    न्युजभित्तो/२ असार २०७९, बिहीबार १६:३५ 
  • चितवन,२ असार – बाघ नियन्त्रणमा लिने सहमतिपछि भरतपुर महानगरपालिका २७ कि २३ वर्षीया रेखा बस्नेतको शव उठेको छ ।

    रेखाको ज्यान लिने बाघलाई डार्ट गरेर नियन्त्रणमा लिने सहमतिपछि बल्ल शव उठेको हो । त्यस अघि स्थानीयले बाघ नियन्त्रणमा नलिएसम्म शव उठाउन नदिने भन्दै अवरोध गरेका थिए ।

    सहमतिपछि प्रहरीले शव पोष्ट्मार्टमका लागि भरतपुर अस्पताल ल्याउने तयारी गरेको छ । आज बाघको आक्रमणले मेघौलीस्थित राधा कृष्ण सामुदायिक वनमा निउरो टिप्न गएकी २३ वर्षीया बस्नेतको मृत्‍यु भएको थियो । साथीहरुसँग निगुरो टिप्न गएकी बस्नेतलाई बिहान ७ बजे बाघले आक्रमण गरेको थियो।

    उनको शव मध्यान्ह १२:०० बजेको घटनास्थल भन्दा तीन सय मिटर पश्चिममा फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । टाउको र छातीको भाग बाघले खाइसकेको र अन्य भाग खाईरहेको अवस्थामा फेला परेको थियो । नेपाली सेनाको टोलीले बाघलाई धपाउन ५ राउण्ड हवाई फायर गरेको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनमा तीन महिनादेखि सवारी चालक अनुमतिपत्रको ट्रायल सेवा बन्द, सेवाग्राही मर्कामा
    दसैँमा चितवन राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटक २० हजार बढी
    चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह
    • दसौँ राष्ट्रिय खेलकुदमा वाग्मती प्रदेशले उत्कृष्ट नतिजा ल्याउनेमा आशावादी छौँः मन्त्री तामाङ
    • भरतपुरको पौवामा कात्तिक १४ गते ‘कमेडी उत्सव’, चर्चित हास्य कलाकारको प्रस्तुति
    • चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो
    • विजयादशमीका समयमा बागमती प्रदेशमा दुर्घटना घट्यो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.