बाघ नियन्त्रणमा लिने सहमतिपछि बल्ल उठ्यो भरतपुरकी रेखाको शव
न्युजभित्तो/२ असार २०७९, बिहीबार १६:३५
चितवन,२ असार – बाघ नियन्त्रणमा लिने सहमतिपछि भरतपुर महानगरपालिका २७ कि २३ वर्षीया रेखा बस्नेतको शव उठेको छ ।
रेखाको ज्यान लिने बाघलाई डार्ट गरेर नियन्त्रणमा लिने सहमतिपछि बल्ल शव उठेको हो । त्यस अघि स्थानीयले बाघ नियन्त्रणमा नलिएसम्म शव उठाउन नदिने भन्दै अवरोध गरेका थिए ।
सहमतिपछि प्रहरीले शव पोष्ट्मार्टमका लागि भरतपुर अस्पताल ल्याउने तयारी गरेको छ । आज बाघको आक्रमणले मेघौलीस्थित राधा कृष्ण सामुदायिक वनमा निउरो टिप्न गएकी २३ वर्षीया बस्नेतको मृत्यु भएको थियो । साथीहरुसँग निगुरो टिप्न गएकी बस्नेतलाई बिहान ७ बजे बाघले आक्रमण गरेको थियो।
उनको शव मध्यान्ह १२:०० बजेको घटनास्थल भन्दा तीन सय मिटर पश्चिममा फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । टाउको र छातीको भाग बाघले खाइसकेको र अन्य भाग खाईरहेको अवस्थामा फेला परेको थियो । नेपाली सेनाको टोलीले बाघलाई धपाउन ५ राउण्ड हवाई फायर गरेको थियो ।