चितवन,असार ४- चितवनको मेघौलीमा निउरो टिप्न जंगल गएकी एक युवतीलाई बाघले वेपत्ता बनाएको छ । भरतपुर महानगरपालिका वडानम्बर २७ बस्ने वर्ष २३ की पूर्व म्यादी प्रहरीसमेत रहेकी रेखा बस्नेतलाई बिहीबार बिहान बाघले वेपत्ता बनाएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
स्थानीय राधाकृष्ण मध्यवर्ती सामुदायिक वनमा बस्नेतसहित ९-१० जना महिला निउरो टिप्न गएका थिए। इलाका प्रहरी कार्यालय दिब्यनगर, इलाका प्रहरी कार्यालय फूलवारीबाट प्रहरी तथा खड्क दल गणबाट सेनाको टोली बस्नेतको खोजीका लागि गएको छ।
हालसम्म उनलाई फेला पार्न नसकेपछि जंगलभित्र थप खोजीका लागि हात्ती मगाइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।