सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनमा जग्गा धितोमा दिइने ऋण बन्द, युवा उद्यमीहरु मर्कामा


  •    न्युजभित्तो/१ असार २०७९, बुधबार १६:०५ 
  • चितवन, असार १- सरकारको नयाँ निर्णयसँगै चितवनमा बैँकहरुले जग्गा धितोमा ऋण ठप्प भएको छ ।

    चितवनका मालपोत कार्यालयहरुले सरकारको पछिल्लो निर्णय भन्दै जग्गा रोक्का गर्न नमानेपछि बैंक तथा वित्तीय संस्था र सहकारीबाट जाने ऋण सोमबारदेखि ठप्प भएको हो ।

    जेठ २७ गते सरकारले जग्गा धितो राख्नु अघि कृषि र गैरकृषि क्षेत्र वर्गीकरण नगरी जग्गा रोक्का गर्न नपाइने निर्णय गरेको छ । मालपोत कार्यालय भरतपुरका प्रमुख शेरबहादुर भण्डारीले सरकारको नयाँ निर्णय आएसँगै जग्गा रोक्का गर्न नमिल्ने बताए । उनले भने, ‘ सरकारले जग्गा धितो राखेर ऋण लिने प्रक्रियामा कडाइ गरेको छ । तराई र भित्री मधेस क्षेत्रमा कृषि क्षेत्रमा दुई कठ्ठा भन्दा कम र गैरकृषि क्षेत्रमा ७.६ धुर भन्दा कम कित्ताकाँट गर्न नपाइने व्यवस्था गरेको छ । कृषि र गैरकृषि क्षेत्रको सिफारिस दिने अधिकार स्थानीय तहलाई सरकारले दिएको छ ।’

    स्थानीय भू–उपयोग परिषद्ले कानुनले तोकेअनुसार कृषि र गैरकृषि क्षेत्र वर्गीकरण गर्नुपर्ने मन्त्रिस्तरीय निर्णय भूमि व्यवस्था मन्त्रालयले गत सोमबार (जेठ २७ गते) गरेको थियो। त्यही निर्णय बमोजिम मात्र स्थानीय तहले कित्ताकाट सिफारिस गर्नुपर्ने निर्णय गरिएको थियो ।

    यस निर्णयबाट चितवनका बैंक तथा वित्तीय संस्था र सेवाग्राही समस्यामा परेका छन् । सिटिन्ज बैँक वाग्मती प्रदेश कलस्टर प्रमुख सुवर्ण बुढाथोकीले सरकारको नयाँ निर्णयले बैँकहरु नै समस्यामा परेको नारायणी अनलाइनलाई बताए । उनले भने, ‘ आर्थिक वर्षको अन्त्यमा सरकारले गरेको यस्तो निर्णयले हामीहरु समस्यामा परेका छौं । बैँकर्स एशोसिएसनको बैठक बसेर केही ठोस निर्णय गर्ने तयारी गरेका छौं । ’ उनले यो निर्णय व्यवहारिक नभएको बताए । उनले भने, ‘ऋण दिने प्रक्रिया रोकिने बित्तिकै लगानी गर्ने अवसर नै गुम्छ । यसलाई सरकारले परिमार्जन गरेर सहज गराउनुपर्छ ।’

    संघ सरकारले जग्गाको वैज्ञानिक म्यापिङ बारे विवरण राजपत्रमा प्रकाशित नगरेको भन्दै कुन जग्गा कुन क्षेत्रमा वर्गीकरण हुन्छ भन्ने अन्योलमा स्थानीय तहहरु छन् । एक महिनाअघि मात्रै नयाँ निर्वाचनबाट आएका जनप्रतिनिधि वार्षिक बजेट बनाउने चटारोमा रहेका बेला भू–उपयोग सम्बन्धी नीति आउनुले स्थानीय तहमा घरजग्गा कारोबारका प्रक्रियामा अलमल भएको हो ।

    चितवनका युवा व्यवसायी निरञ्ज न्यौपानेले सरकारले ल्याएको नयाँ नीतिका कारणले चलेको व्यवसाय पनि धरासायी हुने विचार व्यक्त गरे । उनले सरकारको गलत नीति र प्रवृत्तिका कारणल देशमा नयाँ उद्यमी पलाउने सम्भावना नभएको बताए । उनले भने, ‘कोही मानिसले पनि पैसा भएर व्यवसाय गर्दैन सबैले ऋण लिएर नै गर्ने हो । पुरानो व्यवसायमा लगानी थप्न पनि ऋण नै चाहिन्छ । यसबाट लगानी गर्न नसकेर व्यवसाय बन्द हुने खतरा रहन्छ । ’ उनले सरकारको यो नीतिबाट देश श्रीलंका बन्ने खतरा रहेको आशंका व्यक्त गरे । यदि स्थानीय तहहरुले उक्त म्यापिङ नपाएको वा अन्योलता भएर जग्गा वर्गीकरण तत्कालै गर्न नसकेको अवस्थामा व्यवसायीहरुलाई ऋण लिन झनै झन्झट हुनेछ । चितवनमा बैंक तथा वित्तीय संस्थाहरुले प्रवाह गरेका कुल ऋणमध्ये झण्डै ९० प्रतिशतको धितो घरजग्गा हुने गरेको छ । नयाँ नीतिले बैँकको कारोबारमा झनै कमी आउने स्पष्ट हुन्छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनमा तीन महिनादेखि सवारी चालक अनुमतिपत्रको ट्रायल सेवा बन्द, सेवाग्राही मर्कामा
    दसैँमा चितवन राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटक २० हजार बढी
    चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह
    • दसौँ राष्ट्रिय खेलकुदमा वाग्मती प्रदेशले उत्कृष्ट नतिजा ल्याउनेमा आशावादी छौँः मन्त्री तामाङ
    • भरतपुरको पौवामा कात्तिक १४ गते ‘कमेडी उत्सव’, चर्चित हास्य कलाकारको प्रस्तुति
    • चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो
    • विजयादशमीका समयमा बागमती प्रदेशमा दुर्घटना घट्यो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.