सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवन सहित विभिन्न स्थानमा ‘सुपर डान्सर नेपाल’को डिजिटल अडिसन आजदेखि सुरु


  •    न्युजभित्तो/१ असार २०७९, बुधबार १३:५५ 
  • काठमाडौं, असार १- फेन्चाइज शो ‘सुपर डान्सर नेपाल’को फिजिकल अडिसन सकिएको छ । इटहरी, नेपालगञ्ज, बुटवल, चितवन, पोखरा हुँदै गत शनिबार काठमाडौंमा अडिसनसँगै ‘सुपर डान्सर नेपाल’को फिजिकल अडिसन सकिएको हो । शोको डिजिटल अडिसन बुधबारबाट सुरु हुनेछ ।

    काठमाडौं अडिसनमा ३ सय प्रतिस्पर्धीले सहभागिता जनाएका थिए । ‘सुपर डान्सर’को क्रेज काठमाडौंमा राम्रो देखिएको आयोजक एडी रिलिजकी कम्युनिकेसन मेनेजर रश्मी अग्रवालले बताईन् । शो कान्तिपुर टेलिभिजनबाट प्रसारण हुनेछ ।

    छुटेका र थाहा नपाएका ट्यालेन्टहरुलाई पुनः अवसर दिने हेतुले डिजिटल अडिसन् राखिएको उनले बताइन् । फिजिकल अडिसन दिएका प्रतिस्पर्धीले डिजिटल अडिसन दिने पाउने छैनन् । भिडियो प्रष्ट बुझिने र गुणस्तरीय हुनुपर्ने बताइएको छ । भिडियो पठाउँदा नाम, ठेगाना, उमेर र सम्पर्क नम्बर पनि उल्लेख गर्नुपर्ने आयोजकले जनाएको छ । डिजिटल अडिशन असार ७ गतेसम्म हुनेछ ।

    ‘सुपर डान्सर’ अहिलेसम्मकै सबैभन्दा ठूलो तथा सर्वाधिक रुचाइएको भारतीय टेलिभिजन रियालिटी शो हो । नेपालको लागि औपचारिक रुपमा ‘सुपर डान्सर नेपाल’ फ्रेन्चाइज शो उत्पादन, बजारीकरण र प्रशारणको सर्वाधिकार एडी रिलिजको रहेको छ ।

    एडी रिलिजले विभिन्न भूमिकामा मनोरञ्जनात्मक कार्यक्रमहरु उत्पादन, बजारीकरण र प्रशारण गर्दै आएको छ । बालबालिकाको प्रतिभा प्रदर्शन गराउने अहिलेसम्मकै ठूलो भारतीय फ्रेन्चाइज शो नेपालमै नेपाली प्रतिस्पर्धी डान्सरहरु खोज्दै उनीहरुको क्षमता विश्वसामु प्रस्तुत गर्ने जमर्को एडी रिलिजले गरेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    विनयी त्रिवेणीका जनप्रतिनिधि, कर्मचारीबाट ३२ लाख ३० हजार सहयोग
    बाढी-पहिरो प्रभावितका लागि ब्रान्डेड अटोमोबाइल्सको एक लाख एक हजार एक सय रुपैयाँ सहयोग
    भोटेकोशी बाढीः सुरुङ इलाकामा खोज, उद्धार तीव्र
    • भोटेकोशी बाढीलाई राष्ट्रिय शोक र पीडाका रूपमा लिनुपर्छः अध्यक्ष ओली
    • दाउन्ने एग्रो फार्म लिमिटेडले बेच्यो नौ करोड २४ लाख वटा अण्डा
    • नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    • घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.