नवनिर्वाचित जनप्रतिनिधिसँग मदन भण्डारी फाउण्डेशनको छलफल
न्युजभित्तो/१ असार २०७९, बुधबार १३:०९
चितवन, १ असार । मदन भण्डारी फाउण्डेशन चितवनले नवनिर्वाचित जनप्रतिनिधिसँग छलफल गरेको छ । फाउण्डेशनले भरतपुर महानगरपालिका वडा नं. १२ का नवनिर्वाचित जनप्रतिनिसँग आज छलफल गरेको हो ।
सो अवसरमा नेकपा एमाले प्रदेश कमिटी सचिव विजय सुवेदीले पार्टी र व्यक्ति विचारले निर्देशित हुनुपर्ने बताउनुभयो । उहाँले नेकपा (एमाले) भित्र आस्था र विश्वासको कमी हुँदै गएको बताउँदै भन्नुभयो “मदन भण्डारीको जनताको बहुदलीय जनवादले पार्टी कसरी सञ्चालन गर्ने, विकास कसरी गर्ने, पार्टीको नेता कार्यकर्ता कसरी परिचालन हुने भन्ने विचार दिएको छ ।” उहाँले पार्टीमा निष्ठाको कमी भएकाले पुनर्शिक्षित गर्नुपर्नेमा जोड दिनुभयो ।
फाउण्डेशनका अध्यक्ष डा. तिलचन्द्र भट्टराईले जबजलाई आत्मसात गरेर अघि बढ्नु पार्टी कार्यकर्ताको दायित्व भएको बताउनुभयो । जनताको मन जितेर राज्यसत्तामा पुग्न सकिन्छ भन्ने जबजको मर्म प्रमाणित भईसकेको भन्दै भट्टराईले जबजको बाटोमा अघि बढे सफलता मिल्नेमा जोड दिनुभयो ।
सेतो गुँरास संस्थाको कार्यालयमा आयोजित कार्यक्रममा नेकपा (एमाले) बागमती प्रदेश कमिटी सदस्य एवं फाउण्डेशनका सचिवालय सदस्य शान्ति अधिकारी ढकालले विगतमा संस्थाले संचालन गरेका कार्यक्रमबाट भत्ता, खाजा खर्चको पैसा जम्मा गरेर जग्गा खरिद गरी भवन निर्माण गरेको स्मरण गराउनुभयो । उहाँले बाल विकास केन्द्रहरु विद्यालयहरुलाई हस्तान्तरण गरिंदै गएको बताउँदै फाउण्डेशन जस्तो सामाजिक संस्थाले यो कार्यालयको सदुपयोग गर्नुपर्ने बताउनुभयो । संस्थाको स्वामित्वमा रहेको २ कठ्ठा पाँच धुर जग्गा मिचिँदै जाने अवस्था आएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “हामीसँग स्रोतको अभाव छ, यसको संरक्षण गर्न सकेका छैनौं ।” उहाँले वडा कार्यालयले संरक्षणको अभिभावकत्व ग्राहण गर्नुपर्ने बताउनुभयो ।
सो अवसरमा भरतपुर १२ का वडा अध्यक्ष लेखराज पन्त हरिले संस्थागत रुपमा वडालाई अनुरोध गरेमा यसको नापजाँच र संरक्षणमा वडा कार्यालयबाट सहयोग गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले वडाभित्र रहेका सामाजिक संस्थाका सम्पत्तिको संरक्षण गर्ने आफ्नो दायित्व रहेको भन्दै यस्ता भवनहरुलाई धेरै काममा उपयोग गर्न सकिने बताउनुभयो ।
फाउण्डेशनका बरिष्ठ उपाध्यक्ष शम्भु सुवेदीले स्वागत गर्नुभएको कार्यक्रम सचिव श्याम बिष्टले सञ्चालन गर्नुभएको थियो । सो अवसरमा नेकपा (एमाले) भरतपुर १२ का इन्चार्ज शेषमणि नेपाल, एमाले वडा अध्यक्ष तिलप्रसाद न्यौपाने, वडा सदस्यहरु जमुना ढुंगाना, मीरा नेपाली, वीरबहादुर तामाङ, संजय थापा लगायतको उपस्थिति थियो ।
कार्यक्रममा नवनिर्वाचित वडा अध्यक्ष तथा सदस्यहरुलाई फूलमालाले स्वागत गर्दै बधाई ज्ञापन गरिएको थियो ।