सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनमा सहकारी बजार विकासको कार्यक्रम अन्तिम चरणमा, डिसेम्बरमा सम्पन्न हुने


  •    न्युजभित्तो/१ असार २०७९, बुधबार ११:४४ 
  • चितवन, असार १- सहकारी बजार विकास कार्यक्रम (सिएमडिपी) को रु ७४ करोडको कृषि बजारसँग सम्बन्धित परियोजना अन्तिम चरणमा पुगेको छ । बागमती प्रदेशका ६ जिल्लामा सन् २०१८ देखि सुरु भएको उक्त कार्यक्रम यसै वर्षको डिसेम्बरमा सम्पन्न हुँदैछ ।

    सहकारी बजार विकास कार्यक्रम, नेपाल सरकार, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय तथा संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रमद्वारा सञ्चालित यो परियोजना फलफूल तथा तरकारी उत्पादनमा संलग्न कृषकसँग लक्षित छ । सहकारी बजार प्रणालीमार्फत आम्दानीमा वृद्धि तथा जीविकोपार्जनमा सुधार ल्याउन कार्यक्रम केन्द्रित रहेको छ ।

    परियोजनाका निमित्त कार्यक्रम प्रबन्धक दीपक ढकालका अनुसार चितवन, धादिङ, काभ्रेपलाञ्चोक, ललितपुर, मकवानपुर र नुवाकोटमा यो कार्यक्रम लागू भएको छ । छ जिल्लाका ७१ सहकारीमार्फत कृषकलाई प्रत्यक्ष लाभ पुग्ने गरी कार्यक्रम सञ्चालन गरिएको ढकालले जानकारी दिनुभयो ।

    यस कार्यक्रमअन्तर्गत सहकारी संस्थालाई ५२ तरकारी बोक्ने गाडी, ४५ चिस्यान केन्द्र र ५५ सङ्कलन केन्द्रमा सहयोग पु¥याइएको छ । ती संस्थालाई क्षमता अभिवृद्धि, फलफूल तथा तरकारीको सहकारी बजार प्रणाली स्थापना र संस्थागत क्षमता विकासमा सहयोग गरिएको ढकालले बताउनुभयो ।

    परियोजनाको ८६ प्रतिशत काम सम्पन्न भइसकेको छ । यसबाट १४ हजार ४०० जना प्रत्यक्ष लाभान्वित भएको आयोजनाले जानकारी दिएको छ । कार्यक्रमअन्तर्गत लजिष्टिक, कृषिजन्य प्रविधि तथा बजारीकरणका सामग्री सहकारीहरूलाई प्रदान गरिएको छ । क्षमता अभिवृद्धिका लागि सहकारी व्यवस्थापन, व्यवसाय योजना, लेखा व्यवस्थापन र मूल्य शृङ्खला विकाससम्बन्धी विषयमा तालिम दिइएको छ ।

    बीसवटा सहकारी संस्था तथा सहकारी बजारका लागि व्यावसायिक योजना निर्माण गरिएको छ । यसै कार्यक्रमअन्तर्गत काठमाडौँको चावहिल, ललितपुरको महालक्ष्मीस्थानमा सेटेलाइट सहकारी बजार, नुवाकोट, काभ्रे र धादिङमा सहकारी बजार निर्माण गरिएको छ । चितवनको रत्ननगर र राप्ती नगरपालिकामा सहकारी बजार निर्माण गरिएको छ । चितवनकै भरतपुरमा क्षेत्रीयस्तरको सहकारी बजार निर्माण अन्तिम चरणमा पुगेको छ । यसका लागि रु पाँच करोड ७३ लाख खर्च गरिँदै छ ।

    ढकालका अनुसार धादिङको बेनीघाटमा पालिकास्तरीय सहकारी बजारमा सहयोग गरिएको छ । नुवाकोट र मकवानपुरमा घुम्ती सहकारी बजार सुरु गरिएको छ भने कृषि उत्पादन विविधिकरणमा सहयोग गरिएको छ । कार्यक्रममा परेका ७१ कृषि सहकारीलाई एउटालाई रु ३२ लाख हाराहारीको सहयोग गरिएको ढकालले बताउनुभयो ।

    कार्यक्रमका जिल्ला संयोजक कृष्ण श्रेष्ठका अनुसार जिल्ला सहकारी सङ्घ परिसरमा निर्माणाधीन क्षेत्रीयस्तरको सहकारी बजार यस क्षेत्रको नमूनाका रुपमा रहने बताउनुभयो । यस कार्यक्रमअन्तर्गत यहाँका नगरपालिकाभित्रका सहकारीमार्फत कृषक लाभान्वित भएको उहाँको भनाइ छ । मार्कण्य केरा उत्पादक कृषि सहकारी रत्ननगरका अध्यक्ष हरिशचन्द्र अधिकारीले परियोजनाले बजारीकरणका लागि एउटा भ्यान, कुलिङ च्याम्बरलगायत सहयोग गरेको बताउनुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनमा तीन महिनादेखि सवारी चालक अनुमतिपत्रको ट्रायल सेवा बन्द, सेवाग्राही मर्कामा
    दसैँमा चितवन राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटक २० हजार बढी
    चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह
    • दसौँ राष्ट्रिय खेलकुदमा वाग्मती प्रदेशले उत्कृष्ट नतिजा ल्याउनेमा आशावादी छौँः मन्त्री तामाङ
    • भरतपुरको पौवामा कात्तिक १४ गते ‘कमेडी उत्सव’, चर्चित हास्य कलाकारको प्रस्तुति
    • चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो
    • विजयादशमीका समयमा बागमती प्रदेशमा दुर्घटना घट्यो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.