भरतपुरको योगी नरहरिनाथ संस्कृत गुरुकुलमबाट वेपत्ता भएका १३ बर्षिय बालक फेला परे
न्युजभित्तो/३१ जेष्ठ २०७९, मंगलवार १४:४८
चितवन,३१ जेष्ठ – चितवनको भरतपुर महानगरपालिका १ वागिश्वरीमा रहेको योगी नरहरिनाथ संस्कृत गुरुकुलमबाट वेपत्ता भएका बालक फेला परेका छन् । उनी ३० गते हिजो राती फेला परेको गुरुकुलका प्रधानध्यापक माधब प्रशाद शर्माले बताए ।
गुरुकुलममा अध्ययनका लागि जेठ १९ गते आएका विद्यार्थी मन्जिल सेढाई हिजो ३० गते विहान ९ः३० बजेबाट सम्पर्कविहिन भएका थिए । उनी खबर नै नगरि बेपत्ता भएपछी प्रधानध्यापक शर्माले खोजी कार्यमा सहयोग गरिदिनको लागि एक सुचना जारी गरेका थिए ।
उनी मामा घरमा पुगेको भन्ने खबर आफन्तले गरेसंगै फेला परेका उनले बताए । १३ बर्षिय सेढाईको घर हेटौंडा उपमहानगरपालिका ११ मा पर्छ ।