सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

प्रदेश सरकारसंगको सहकार्यमा देवघाटमा तीनमुखे पुल निर्माण गरिने


  •    न्युजभित्तो/३१ जेष्ठ २०७९, मंगलवार ११:०९ 
  • चितवन,जेठ ३१- गण्डकी प्रदेश सरकारले त्रिशूली र कालीगण्डकीको सङ्गमस्थल देवघाटमा तीनमुखे पुल निर्माण गर्ने भएको छ । बागमती प्रदेश सरकारसँगको समेत सहकार्यमा देवघाटमा तीनमुखे पुल निर्माण गर्न लागिएको हो ।

    गण्डकी प्रदेश सरकारले तनहुँ, चितवन र नवलपुर जोड्ने गरी निर्माण हुन लागेको तीनमुखे पुललाई प्राथमिकतामा राखेको छ । देवघाट क्षेत्र विकास समितिको गत चैतमा बसेको बैठकले यहाँ तीनमुखे पुल निर्माण गर्ने निर्णय गरेको थियो । समितिले पुल निर्माणका लागि बजेट विनियोजन गर्न गण्डकी र बागमती प्रदेश सरकारसमक्ष आग्रह गरेको थियो ।

    गण्डकी प्रदेश सरकारले बागमती प्रदेशसँगको सहकार्यमा सार्वजनिक–निजी लगानीमा त्रिशूली र कालीगण्डकीको सङ्गमस्थल पवित्र भूमि देवघाटमा तीनमुखे पुल निर्माण गर्न लागेको हो । सरकारले तीनमुखे पुल निर्माणकार्य आरम्भ गरी धार्मिक तथा व्यावसायिक पर्यटन प्रवद्र्धनका लागि आयोजना सञ्चालन गर्ने लक्ष्य लिएको छ ।

    देवघाटमा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित तीन जिल्ला जोड्ने गरी त्रिकोणात्मक धार्मिक पर्यटकीय पुलको अवधारणा ल्याइएको देवघाट क्षेत्र विकास समितिका अध्यक्ष बद्रीनाथ अधिकारीले जानकारी दिए । देवघाटको कालीगण्डकी र त्रिशूली नदीको सङ्गमस्थलमा तीन जिल्लालाई जोड्ने गरी एउटा मात्रै पिलरले धान्ने पुल निर्माण गरिने उनले बताए । चितवन र तनहुँ जोड्ने त्रिशूलीमाथि रहेको अहिलेको झोलुङ्गे पुल जीर्ण हुँदै गएकाले अब बन्ने पुल विकल्पका रूपमा लिइएको छ ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनमा तीन महिनादेखि सवारी चालक अनुमतिपत्रको ट्रायल सेवा बन्द, सेवाग्राही मर्कामा
    दसैँमा चितवन राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटक २० हजार बढी
    चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह
    • दसौँ राष्ट्रिय खेलकुदमा वाग्मती प्रदेशले उत्कृष्ट नतिजा ल्याउनेमा आशावादी छौँः मन्त्री तामाङ
    • भरतपुरको पौवामा कात्तिक १४ गते ‘कमेडी उत्सव’, चर्चित हास्य कलाकारको प्रस्तुति
    • चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो
    • विजयादशमीका समयमा बागमती प्रदेशमा दुर्घटना घट्यो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.