सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भरतपुरमा सेफ्टी ट्याङ्कीमा खसेर ज्यान गुमाएकाको परिवारलाई आर्थिक सहयोग


  •    न्युजभित्तो/३० जेष्ठ २०७९, सोमबार १४:३२ 
  • भरतपुर,३० जेष्ठ – भरतपुरमा सेफ्टी ट्याङ्किमा खसेर ज्यान गुमाएका परिवारलाइ आर्थिक सहयोग हस्तान्तरण गरिएको छ। भरतपुर महानगरपालीका १९ स्थित तमु टोल आमा समूहको पहलमा संकलन रकम मृतकका परिवारलाई हस्तान्तरण गरिएको हो ।

    समाजसेवी तथा बखान गुठिका निवर्तमान अध्यक्ष कुलमान गुरुङ, समूहकी अध्यक्ष कृष्ण कुमारी गुरुङ, समूहका सदस्यहरुलगायतको उपस्थितिमा मृतक मजदुरद्धका ठेकेदारका छोरा बासु चौधरी मार्फत ६६ हजार ६५५ रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण गरिएको हो।

    सो रकम दुवै मृतक परिवारलाइ समान रुपमा वितरण सहजीकरणका लागि चौधरीलाई जिम्मा दिएको समूहकी अध्यक्ष गुरुङले बताईन् । उनका अनुसार १५ दिन भित्र ठेकेदारको तर्फबाट चार लाख र घटना भएको घरमुलीले चारा लाख बुझाउनुपर्ने गरि जिल्ला प्रहरी कार्यालय चितवनमा कागजपत्र भइसकेको छ ।

    हाल सम्म ठेकेदारको तर्फबाट अन्त्यष्टि खर्च,यातायात खर्च र क्रिया खर्च गरि तीन लाख ५० हजार बुझाइसकेको र थप रकम केही दिनमै हस्तान्तरण गरिने उनले जानकारी दिए ।

    गत जेठ २५ गते बुधबार साँझ ६:३० बजे भरतपुर महानगरपालिका १९ तमुटोलस्थित रामप्यारी गुरुङको घरमा रहेको सेफ्टी ट्याङ्की सफा गर्ने क्रममा कपिलवस्तुको शिवराज नगरपालिका ९ का २४ वर्षीय छतिराम थारु अचानक चिप्लिएर खसेका थिए ।

    थारु चिप्लिएर खसेपछि बचाउन सँगै काम गर्ने सोही स्थानका सालो पर्ने २३ वर्षीय राम चौधरी सेफ्टी ट्याङ्की भित्र पसेका थिए । निस्किन नसकेपछि दुबै जनाको ज्यान गएको थ्यो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    विनयी त्रिवेणीका जनप्रतिनिधि, कर्मचारीबाट ३२ लाख ३० हजार सहयोग
    बाढी-पहिरो प्रभावितका लागि ब्रान्डेड अटोमोबाइल्सको एक लाख एक हजार एक सय रुपैयाँ सहयोग
    भोटेकोशी बाढीः सुरुङ इलाकामा खोज, उद्धार तीव्र
    • भोटेकोशी बाढीलाई राष्ट्रिय शोक र पीडाका रूपमा लिनुपर्छः अध्यक्ष ओली
    • दाउन्ने एग्रो फार्म लिमिटेडले बेच्यो नौ करोड २४ लाख वटा अण्डा
    • नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    • घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.