सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

बालबालिका काँडै काँडाको बिचमा फुलेको फूल हुन् : उप-प्रमुख अधिकारी


  •    न्युजभित्तो/१९ जेष्ठ २०७९, बिहीबार १२:४८ 
  • भरतपुर,१९ जेष्ठ – भरतपुर माहानगरपालिकाका उप-प्रमुख चित्रसेन अधिकारीले बालबालिका काँडै काँडाको बिचमा फुलेको फूल भएको बताएका छन् ।

    दियालो परिवार नारायणगढको ४५ औं स्थापना दिवस तथा जनप्रतिनिधि सम्मान कार्यक्रममा बोल्दै उप प्रमुख अधिकारीले बालबालिका देशका मेरुदण्ड भएकाले उनीहरुको संरक्षण गर्नु सबैको दायित्व भएको बताए ।

    ‘बालअधिकार सुनिश्चित गर्नु सबैको उत्तिकै दायित्व हो’,उप प्रमुख अधिकारीले भने । उनले आफू पनि बालबालिकाको क्षेत्रमा काम गर्न अत्यन्तै इच्छुक रहेको समेत बताए भयो । आगामी नगर परिषदबाट बालबालिकाको क्षेत्रमा कार्यबिधी नै बनाएर लैजाने उनले प्रतिवद्धता जनाए ।

    कार्यक्रममा दियालो परिवार नारायणगढका अध्यक्ष सुरेश खनाल,सचिव इश्वर राज पण्डित, पूर्व अध्यक्षहौर राजेन्द्र कुमार पिया र सुरेश कुमार अधिकारी, वडा नम्बर १ का अध्यक्ष केशव मर्हर्जन, इच्छाकामना गाउपालिका अध्यक्ष दान बहादुर गुरुङ लगायतले बोलेका थिए । कार्यक्रममा आर्थिक अवस्था कमजोर भएका बालबालिकाहरुलाइ स्कुल झोला र शैक्षिक सामाग्री पनि वितरण गरिएको थियोे ।

    २०३५ सालमा स्थापना भएको दियालो परिवार नारायणगढले बाल हेल्पलाइन दश नौ आठ, सडक बालबालिका, श्रमिक, एचआईभी एड्स संक्रमित, जोखिममा परेका, आर्थिक अवस्था कमजोर भएका तथा द्वन्द पीडित बालबालिकाको क्षेत्रमा काम गर्दै आइरहेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    विनयी त्रिवेणीका जनप्रतिनिधि, कर्मचारीबाट ३२ लाख ३० हजार सहयोग
    बाढी-पहिरो प्रभावितका लागि ब्रान्डेड अटोमोबाइल्सको एक लाख एक हजार एक सय रुपैयाँ सहयोग
    भोटेकोशी बाढीः सुरुङ इलाकामा खोज, उद्धार तीव्र
    • भोटेकोशी बाढीलाई राष्ट्रिय शोक र पीडाका रूपमा लिनुपर्छः अध्यक्ष ओली
    • दाउन्ने एग्रो फार्म लिमिटेडले बेच्यो नौ करोड २४ लाख वटा अण्डा
    • नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    • घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.