सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

अर्किड स्कूलमा नवप्रवेशी विद्यार्थीहरुलाई स्वागत


  •    न्युजभित्तो/१४ जेष्ठ २०७९, शनिबार १८:०० 
  • भरतपुर, १४ जेठ । भरतपुरस्थित अर्किड स्कूलले नवप्रवेशी विद्यार्थीलाई स्वागत गरेको छ । स्कूललले आज एक कार्यक्रमको आयोजना गरी स्वागत गरेको हो ।

    स्कूलले गत वैशाख २६ गते नयाँ भर्ना हुन इच्छुक विद्यार्थीहरुको लागि प्रवेश परीक्षा र २७ गते अन्तरक्रिया (अन्तर्वार्ता) लिई ३१४ विद्यार्थीहरुमध्ये २२३ जना विद्यार्थी छनौट गरी भर्ना लिएको थियो । उक्त नयाँ भर्ना भएका २२३ जना विद्यार्थीहरुको लागि विशेष सांस्कृतिक कार्यक्रम आयोजना गरि स्वागत गरिएको हो ।

    संचालक समितिका अध्यक्ष गोपाल पराजुलीको अध्यक्षतामा आयोजित कार्यक्रममा सहप्राचार्य ओमराज मैनालीले स्वागत मन्तव्य राख्नु भएको थियो । प्राचार्य डा खेम आचार्यले नव प्रवेशी विद्यार्थीहरुलाई विद्यालयको साझा लक्ष्य, विद्यार्थीहरुले पालना गर्नुपर्ने संहिता, असल आचरण, चरित्र निर्माण सम्बन्धी प्रेरणादायी कुराहरु राख्नु भएको थियो ।

    कार्यक्रममा अतिरिक्त क्रियाकलाप विभागकी संयोजक प्रतीक्षा श्रेष्ठले कार्यक्रम संचालन गर्नुभएको थियो भने नवआगन्तुक विद्यार्थीहरुलाई टीका, पुष्पगुच्छा र ग्रिटिंग कार्ड प्रदान गरी स्वागत गरिएको थियो। कार्यक्रममा नृत्य तथा गायन, भेषभूषा प्रदर्शनी र प्रहसन आदिद्वारा मनोरन्जन प्रदान गरिएको थियो।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    विनयी त्रिवेणीका जनप्रतिनिधि, कर्मचारीबाट ३२ लाख ३० हजार सहयोग
    बाढी-पहिरो प्रभावितका लागि ब्रान्डेड अटोमोबाइल्सको एक लाख एक हजार एक सय रुपैयाँ सहयोग
    भोटेकोशी बाढीः सुरुङ इलाकामा खोज, उद्धार तीव्र
    • भोटेकोशी बाढीलाई राष्ट्रिय शोक र पीडाका रूपमा लिनुपर्छः अध्यक्ष ओली
    • दाउन्ने एग्रो फार्म लिमिटेडले बेच्यो नौ करोड २४ लाख वटा अण्डा
    • नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    • घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.