नारायणी नयाँ पुल र क्रिकेट रंगशालाका लागि सांसद पोखरेलद्वारा रकम माग
न्युजभित्तो/१४ जेष्ठ २०७९, शनिबार १६:३३
काठमाण्डौं, १४ जेठ । नेकपा एमाले चितवन क्षेत्र नं. २ का सांसद कृष्णभक्त पोखरेलले नारायणी नदी माथिको अहिलेको पुल जीर्ण भएकोले नयाँ पुल बनाउन सरकारसँग बजेट माग गर्नुभएको छ । सरकारको नीति तथा कार्यक्रम माथिको छलफलमा भाग लिँदै आज सांसद पोखरेलले नारायणीमा थप २ पुल बनाउन सरकारको ध्यानार्कषण गराउनु भएको हो । उहाँले २०३५–३६ सालमा बनेको पुल जीर्ण हुँदै गएकोले मुलुकको लाइफलाइनसँग जोडिएको विषय भएकोले नयाँ पुल बनाउनुपर्ने बताउनुभयो ।
राष्ट्रकै गौरवको आयोजनाका रुपमा रहेको निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका बारेमा सरकारको नीति तथा कार्यक्रममा आवश्यक समन्वय तथा सहजीकरण गर्ने भन्ने उल्लेख भएको प्रति टिप्पणी गर्दै सांसद पोखरेलले रंगशाला बनाउन रकम चाँहिएको बताउनुभयो ।
मझिमटारदेखि चितवनको शक्तिखोरसम्म सुरुङमार्ग बनाउने कार्यक्रम एमाले नेतृत्वको सरकारको पालामा आएको स्मरण गर्दै सांसद पोखरेलले सो काम अहिलेसम्म अगाडि बढ्न नसकेको स्मरण गराउनुभयो । उहाँले यसवर्ष भित्र यसको डीपीआर बनाएर काम थाल्न सरकारलाई आग्रह गर्नुभयो ।
देउवा सरकार बनेदेखि ११ महिनामा ११ पटक पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएकोले सरकारले जनतामाथि अत्याचार गरेको भन्दैं सासद पोखरेलले किसानका लागि मलको सूनिश्चिता गर्न सरकार चुकेको बताउनुभयो. ।
कांग्रेसको सरकारले एउटै निर्णयबाट भृकुटी कागज कारखानासहित १६ वटा उद्योग कमिसनको लोभमा बेचेको आरोप लगाउँदै सांसद पोखरेलले अहिले देशभित्र प्राविधिक शिक्षालाई अस्तब्यस्त बनाएर बार्षिक ५० देखि ६० अर्व स्वास्थ्य शिक्षाका नाममा विदेश पठाउने खेल भैरहेको बताउनुभयो ।