सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

जनप्रतिनिधिहरु जनताको सेवक बन्नुपर्छः विक्रम पाण्डे


  •    न्युजभित्तो/१३ जेष्ठ २०७९, शुक्रबार १७:५६ 
  • भरतपुर, १३ जेठ । राप्रपाका केन्द्रीय उपाध्यक्ष तथा पूर्वमन्त्री विक्रम पाण्डेले जनप्रतिनिधिहरुलाई जनताको मन जित्ने काम गर्न आग्रह गर्नुभएको छ । राप्रपा चितवनले राप्रपाबाट जिल्लामा निर्वाचित भएका जनप्रतिनिधिहरुलाई सम्मान गर्न आज आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सच्चा दिलले जनताको सेवक बन्न सुझाउनुभएको हो।

    “विश्राम गर्ने बेला सकिएको छ, अब जनताको सेवक बनेर काम गर्नुस्, छिमेकी वडामा समेत सेवा गर्न नछोड्नुस्”, उहाँले भन्नुभयो, “जनतालाई सरकारी सुविधा लिन कहि कतै अप्ठ्यारो भए सहजीकरण गरिदिनुस्, मन जित्ने काम गर्नुस् ।” उहाँले राष्ट्रवादी शक्तिहरुलाई हराउन कैयन शक्तिहरुले घेराबन्दी गरेपनि जनताले राप्रपाको पक्षमा मतदान गरेर सहि मूल्यांकन गरेको बताउनुभयो ।

    उहाँले एक्ला उम्मेदवारहरुले समेत महानगर, कैयन पालिकाहरुमा जितेकाले जनताको विश्वास जित्न जनताका दुःख, सुखको साथी बनेर काम गर्न आग्रह गर्नुभयो । चितवनमा प्राविधिक त्रुटीले जित्ने अनुमान गरिएका केही वडामा समेत हार व्यहोर्नुपरे पनि पराजित उम्मेदवारहरुलाई निराश नबन्न आग्रह गर्नुभएको छ । प्रदेश र संघीय चुनावको तयारीमा जुट्न समेत आग्रह गर्नुभयो ।

    जनप्रतिनिधिलाई सम्मान
    यसैबीच राष्ट्रिय प्रजातन्त्र पार्टी चितवनले चितवनमा राप्रपाबाट निर्वाचित भएका जनप्रतिनिधिहरुलाई सम्मान गरेको छ । राप्रपाका केन्द्रीय उपाध्यक्ष विक्रम पाण्डे, सहमहामन्त्री रिना गुरुङ, केन्द्रीय सदस्य मिना न्यौपाने, जिल्ला अध्यक्ष रुद्रप्रसाद ढकाल लगायतले जनप्रतिनिधिहरुलाई सम्मान गर्नुभएको हो ।

    हरेक दिन जनताका गुनासा संकलन गर्न जनप्रतिनिधिहरुलाई कपि र कलम समेत उपहार दिइएको छ । राप्रपाबाट चितवनमा ११ जना जनप्रतिनिधिहरु निर्वाचित भएका छन् । माडीमा २ वडाध्यक्ष सहित ७ जना र भरतपुर महानगरमा ४ जना सदस्यहरु निर्वाचित भएका छन् । माडी वडा नम्बर १ को वडाध्यक्ष अमित लामा, वडा नम्बर ८ मा वीरेन्द्रबहादुर भण्डारी, वडा सदस्यहरुमा माडी १ मा जितेन्द्र महतो, मुना धमला लोहार, अप्सरा सुवेदी पराजुली, माडी–८ मा अनिता आचार्य निर्वाचित हुनुभएको छ । भरतपुर महानगरमा वडा नम्बर ५ मा चन्द्रमणी भुषाल, वडा नम्बर १२ मा सञ्जय कुमार थापा, २१ मा सुविता श्रेष्ठ तामाङ, २५ मा रामहरी पौडेल निर्वाचित हुनुभएको छ ।

    केन्द्रीय सहमहामन्त्री रिना गुरुङले राष्ट्रवादी शक्तिलाई भत्काउन भएका अनेक चलखेललाई जनताले पराजित गर्दै राप्रपाका जनप्रतिनिधिहरुलाई निर्वाचित गराएको बताउनुभयो । राष्ट्रवादी शक्तिलाई थप सशक्त बनाउन गाउँ–टोलमा संगठन विस्तारमा लाग्नुपर्ने बेला आएको बताउनुभयो । केन्द्रीय सदस्य मिना न्यौपानेले जनप्रतिनिधिलाई काम गर्न जिल्ला कार्यसमितिले पूर्ण रुपमा सघाउनुपर्ने बताउनुभयो । राप्रपा चितवनका अध्यक्ष रुद्रप्रसाद ढकालले २०७४ को चुनावको तुलनामा तेब्बर बढी अर्गानिक मत बढेको बताउनुभयो ।

    उहाँले जनताको मतको उच्च सम्मान गर्दै जनताका चाहना अनुसारका विकास निर्माण कार्य गर्न आग्रह गर्नुभयो । माडी–८ का वडाध्यक्ष वीरेन्द्र भण्डारीले राप्रपाबाट निर्वाचित भएका जनप्रतिनिधिले सुशासनको प्रत्याभूति दिलाएर कामहरु गर्ने बताउनुभयो । भरतपुर–२१ का वडा सदस्य सुविता श्रेष्ठले राप्रपा विगतभन्दा बलियो बनेको बताउनुभयो । भरतपुर–१२ का वडा सदस्य सञ्जयकुमार थापाले जनअपेक्षाका कामहरु गरेर वडालाई नमुना वडा बनाइने बताउनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    विनयी त्रिवेणीका जनप्रतिनिधि, कर्मचारीबाट ३२ लाख ३० हजार सहयोग
    बाढी-पहिरो प्रभावितका लागि ब्रान्डेड अटोमोबाइल्सको एक लाख एक हजार एक सय रुपैयाँ सहयोग
    भोटेकोशी बाढीः सुरुङ इलाकामा खोज, उद्धार तीव्र
    • भोटेकोशी बाढीलाई राष्ट्रिय शोक र पीडाका रूपमा लिनुपर्छः अध्यक्ष ओली
    • दाउन्ने एग्रो फार्म लिमिटेडले बेच्यो नौ करोड २४ लाख वटा अण्डा
    • नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    • घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.