चितवन,१२ जेष्ठ – स्थानीय तह निर्वाचन अन्तर्गत भरतपुरमा ठूलो संख्यामा मत बदर भएको छ ।
भरतपुर महानगर प्रमुखमा मात्रै १९ हजार ९९१ मत बदर भएको छ । यस्तै उपप्रमुख पदमा ४२ हजार ७८९ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । कार्यालयका सूचना अधिकारी पुरुषोतम पौडेलका अनुसार महानगरको प्रमुख पदमा १५ दशमलब ६६ प्रतिशत मत बदर भएको छ ।
कुल खसेको १ लाख २७ हजार ६४० मतमा १९ हजार ९९१ मत बदर भएको हो । जस मध्य सम्पूर्ण रुपमा बदर मत २ हजार ५६९ रहेको छ । सम्पूर्ण रुपमा बदर मत प्रतिशत हेर्दा २ दशमलब १ प्रतिशत रहेको उनले बताए ।
उपप्रमुखमा ३३ दशमलब ६१ प्रतिशत मत वदर भएको छ । उपप्रमुखमा खसेको मत १ लाख २७ हजार ६६७ मत मध्य ८४ हजार ८८६ मत सदर भएको पौडेलले जानकारी दिए । उनका अनुसार उपप्रमुखका ४२ हजार ७८९ मत बदर भएको थियो । उम्मेदवार नभएको चुनाव चिन्हमा समेत मतदान गर्दै बदर मत संख्या धेरै पाईएको हो ।