सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भरतपुरमा मेयरमा २० हजार, उपमेयरमा ४२ हजार र ६३ प्रतिशतसम्म मत बदर


  •    न्युजभित्तो/१२ जेष्ठ २०७९, बिहीबार १२:४० 
  • चितवन, १२ जेठ । निर्वाचनमा निकै चर्चा कमाएको भरतपुर महानगरपालिकाको बदर मत पनि निकै बढी देखिएको छ । महानगरको प्रमुख (मेयर) पदमा १९ हजार ९९१ र उपप्रमुख (उपमेयर) पदमा ४२ हजार ७८९ मत बदर भएको हो ।

    मुख्य निर्वाचन अधिकृतको कार्यालय चितवनका सूचना अधिकारी पुरुषोतम पौडेलका अनुसार महानगरको प्रमुख पदमा १५ दशमलब ६६ प्रतिशत मत बदर भएको छ । कुल खसेको १ लाख २७ हजार ६४० मतमा १९ हजार ९९१ मत बदर भएको हो । जस मध्य सम्पूर्ण रुपमा बदर मत २ हजार ५६९ रहेको छ । सम्पूर्ण रुपमा बदर मत प्रतिशत हेर्दा २ दशमलब १ प्रतिशत रहेको उहाँले बताउनुभयो ।

    उपप्रमुखमा ३३ दशमलब ६१ प्रतिशत मत वदर भएको छ । उपप्रमुखमा खसेको मत १ लाख २७ हजार ६६७ मत मध्य ८४ हजार ८८६ मत सदर भएको पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार उपप्रमुखका ४२ हजार ७८९ मत बदर भएको थियो ।

    महानगरमा ७ दशमलब ३१ प्रतिशतदेखि ६३ दशमलब १७ प्रतिशतसम्म मत बदर भएको छ । वडा नम्बर २६ को दलित महिला सदस्यमा ६३ दशमलब १७ प्रतिशत मत बदर भएको छ । सो वडाको दलित महिला सदस्यमा ४ हजार ९९३ मत खसेकोमा २ हजार ६६६ मत बदर भएको थियो ।

    भरतपुर महानगरपालिका वडा नम्बर २४ को वडा अध्यक्षमा ७ दशमलब ३१ प्रतिशत मत बदर भएको छ । यहाँ २ हजार २८६ मत खसेकोमा १६७ मत बदर भएको कार्यालयले जनाएको छ ।

    निर्वाचन चिन्ह बढि हुँदा मतदाता झुक्किएर मत बदर संख्या बढेको हुन सक्ने अनुमान राजनैतिक दलहरुले गरेका छन् । उम्मेदवार नभएको चिन्हमा समेत मत परेको पौडेलले जानकारी दिनुभयो । पाँच दलीय, दुई दलीय गठबन्धन र स्वतन्त्र उम्मेदवारलाई समेत मतदान गर्दा झुक्किएर मत संख्या बढी बदर भएको हो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    विनयी त्रिवेणीका जनप्रतिनिधि, कर्मचारीबाट ३२ लाख ३० हजार सहयोग
    बाढी-पहिरो प्रभावितका लागि ब्रान्डेड अटोमोबाइल्सको एक लाख एक हजार एक सय रुपैयाँ सहयोग
    भोटेकोशी बाढीः सुरुङ इलाकामा खोज, उद्धार तीव्र
    • भोटेकोशी बाढीलाई राष्ट्रिय शोक र पीडाका रूपमा लिनुपर्छः अध्यक्ष ओली
    • दाउन्ने एग्रो फार्म लिमिटेडले बेच्यो नौ करोड २४ लाख वटा अण्डा
    • नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    • घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.