सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनका स्थानीय तहका प्रमुखहरुको पहिलो निर्णय विपन्न र स्वास्थ्यमा केन्द्रित


  •    न्युजभित्तो/११ जेष्ठ २०७९, बुधबार १७:१२ 
  • चितवन,११ जेष्ठ – जिल्लाका सात पालिकाका नवनिर्वाचित प्रमुखहरुले आफ्नो पहिलो निर्णय विपन्न वर्ग र स्वास्थ्यमा केन्द्रित गरेका छन्। पदभार ग्रहणसँगै गरेको पहिलो निर्णय स्वास्थ्य क्षेत्रमा केन्द्रित भएको हो।

    ईच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले पदभार ग्रहण गर्दै पालिकाभित्रका विपन्न नागरिकको निःशुल्क स्वास्थ्य बिमा गर्ने निर्णय गरे। उनको निर्णयमा विपन्न वर्गको पहिचान गरी स्वास्थ्य बिमा गर्ने उल्लेख छ। राप्ती नगरपालिकाले विपन्नलाई गाँस, बास, कपास, शिक्षा र स्वास्थ्य निःशुल्क गर्ने पहिलो निर्णय गरेको छ। नगर प्रमुख शम्शेर लामाले खाना नहुनेलाई खानाको व्यवस्था, घर नहुनेलाई घरको व्यवस्था, कपडा नहुनेलाई कपडाको व्यवस्था, माध्यमिक तहसम्मको शिक्षा निःशुल्क गर्ने र उपचार गर्न नसक्नेका लागि उपचारको व्यवस्था गरिने निर्णय गरेको बताए।

    खैरहनी नगरपालिकाले पहिलो निर्णय छोरीबुहारी पढाउँ, अघि बढाउँ अभियान सञ्चालन गर्ने रहेको छ। थारु समुदायको बाक्लो बस्ती रहेको यस नगरपालिकाका प्रमुख शशी खनियाँले नगरभित्रका सामुदायिक विद्यालय, सार्वजनिक कलेज तथा क्याम्पसमा अध्ययनरत थारु, दलित, अपाङ्गता, अल्पसङ्ख्यक तथा विपन्न छात्राको शिक्षामा पहुँच पुरयाउन स्नातक तहको अध्ययनमा सहयोग पुग्ने गरी कोषको स्थापना गर्ने निर्णय गरेको बताए।

    छात्रवृत्ति कार्यक्रममा परेका छात्राबाहेक उक्त समूहका अन्य छात्रालाई उच्च शिक्षासम्मको अध्ययन पूरा गर्न लाग्ने रकम कोषमार्फत विद्यार्थीलाई प्रदान गर्ने उनले बताए। माडी नगरपालिकाले बघौंडा अस्पतालको बहिरङ्ग सेवामा सबै महिलालाई टिकट निःशुल्क गर्ने पहिलो निर्णय गरेको छ। नगर प्रमुख ताराकुमारी काजी महतोले नगरभित्रका सम्पूर्ण महिला दिदीबहिनी उपचार गर्न जाँदा टिकट निःशुल्क गरेको बताइन्।

    कालिका नगरपालिकाले विपन्नलाई स्वास्थ्य बिमा गर्ने पहिलो निर्णय गरेको छ। नवनिर्वाचित नगर प्रमुख विनोद रेग्मीले पालिकाभित्रका विपन्नको नगरपालिकाले बिमा गर्ने निर्णय गरेको बताए। नगरभित्रका विपन्नताको तथ्याङ्क सङ्कलन गरेर उनीहरुको बिमा नगरपालिकाले गरिदिने नगर प्रमुख रेग्मीले बताए।

    रत्ननगर नगरपालिकाले गरिब तथा विपन्न परिवारका सदस्यलाई निःशुल्क स्वास्थ्य बिमा गर्ने निर्णय गरेको छ । नगर प्रमुख प्रल्हाद सापकोटाले दूधमा प्रतिलिटर रु १, घाँस खेतीमा प्रतिकठ्ठा रु दुई हजार अनुदान दिने निर्णय गरेको बताए।

    भरतपुर महानगरपालिकाको पदभार ग्रहण गर्दै प्रमुख रेनु दाहालले महानगरभित्रका स्थायी बासिन्दाबाट सरकारी स्वास्थ्य संस्थामा जन्मिएका छोरीहरुको रु एक लाखको जीवन बीमा र मासिक ७ हजार लिटरसम्म पानी उपयोग गर्नेलाई निःशुल्क गर्ने निर्णय गरेकी छन्। उनका अनुसार पहिलो कार्यकालमा भरतपुर अस्पतालमा महिला र ज्येष्ठ नागरिकलाई बहिरङ्ग टिकट सेवा निःशुल्क गर्दा प्रभावकारी देखिएपछि दोस्रो कार्यकालको पहिलो निर्णय छोरी केन्द्रीत गरिएको हो। यस निर्णयसँगै एक वर्षमा महानगरभित्रका एक हजार ७५० छोरीहरु लाभान्वित हुने अनुमान महानगरको छ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपा उपसभापतिमा सोविता गौतम विजयी
    रास्वपा महाधिवेशन : ५० करोडभन्दा बढीको व्यापार
    विपिन आचार्यलाई समर्थन गर्दै रञ्जु दर्शनाले फिर्ता लिइन् उम्मेदवारी
    • सालक बागमती प्रदेशको गौरव
    • सुनचाँदीको मूल्य अस्थिर
    • रास्वपाको मतदान सम्पन्न
    • दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.