सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भरतपुरका नवनिर्वाचित जनप्रतिनिधिले लिए सपथ ग्रहण


  •    न्युजभित्तो/११ जेष्ठ २०७९, बुधबार १२:०१ 
  • चितवन, जेठ ११– भरतपुर महानगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुले सपथ ग्रहण गरेका छन् । मंगलबार राति जिल्ला समन्वय समितिको सभाहलमा जनप्रतिनिधिहरुले सपथ ग्रहण गरेका हुन् ।

    मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधिश प्रकाश कुमार अधिकारीले महानगरकी नवनिर्वाचित प्रमुख रेनु दाहाललाई सपथ ग्रहण गराएका थिए । दाहालले देश र जनताको हितमा काम गर्ने सपथ खाएकी थिइन् । लगत्तै प्रमुख दाहालले नवनिर्वाचित उपप्रमुख चित्रसेन अधिकारीलाई सपथ ग्रहण गराएकी थिइन् ।

    महानगर प्रमुख दाहालले सामूहिक रुपमा वडा अध्यक्ष र सदस्यहरुलाई समेत सपथ खुवाईएकी थिइन् । सपथ ग्रहणअघि जनप्रतिनिधिलाई निर्वाचित भएको प्रमाण पत्र प्रदान गरिएको थियो ।निर्वाचित जनप्रतिनिधिहरुले आजै पदभार ग्रहण गर्दैछन् । भरतपुर महानगरको ११ दिनसम्म गरिएको मतगणनामा मंगलबार नै सकिएको थियो । महानगरमा कुल १४७ जना जनप्रतिनिधि निर्वाचित भएका छन् ।

    महानगरले कांग्रेसले एक उपप्रमुखसहित १६ वटा वडा अध्यक्ष जितेको छ भने नेकपा एमालेले ६ वडा वडा अध्यक्ष, नेकपा (माओवादी केन्द्र)ले एक प्रमुखसहित ३ वटा वडा अध्यक्ष, नेकपा (एकीकृत समाजवादी)ले ३ वटा वडा अध्यक्ष र एक स्वतन्त्रले वडा अध्यक्ष जितेका छन् । मंगलबार अन्तिम नतिजा सार्वजनिक भएसंगै गठबन्धनले दिउँसो विजय जुलुस निकालेको थियो भने साँझ विजय सभा नै आयोजना गरेको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    विनयी त्रिवेणीका जनप्रतिनिधि, कर्मचारीबाट ३२ लाख ३० हजार सहयोग
    बाढी-पहिरो प्रभावितका लागि ब्रान्डेड अटोमोबाइल्सको एक लाख एक हजार एक सय रुपैयाँ सहयोग
    भोटेकोशी बाढीः सुरुङ इलाकामा खोज, उद्धार तीव्र
    • भोटेकोशी बाढीलाई राष्ट्रिय शोक र पीडाका रूपमा लिनुपर्छः अध्यक्ष ओली
    • दाउन्ने एग्रो फार्म लिमिटेडले बेच्यो नौ करोड २४ लाख वटा अण्डा
    • नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    • घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.