सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भरतपुरमा यो मेरो अन्तिम कार्यकाल हो : रेनु दाहाल


  •    न्युजभित्तो/१० जेष्ठ २०७९, मंगलवार १४:४४ 
  •  चितवन,१० जेठ। भरतपुर महानगरपालिकाको मेयरमा दोस्रो कार्यकालका लागि निर्वाचित रेनु दाहालले यो आफ्नो अन्तिम कार्यकाल हुने बताएकी छन् ।

    मंगलबार मतपरिणाम सार्वजनिक भएपछि सञ्चार माध्यमसँग कुराकानी गर्दै उनले स्थानीय सरकार प्रमुखको रुपमा यो अन्तिम कार्यकाल हुने बताएकी हुन् ।

    ‘यो मेरो अन्तिम कार्यकाल हो, स्थानीय तहको नेतृत्वको रुपमा अन्तिम पटकका लागि अवसर पाएको छु, एक सेकेन्ड पनि खेर नफालेर म दिलो ज्यानले आफ्नो क्षमताले भ्याएसम्म काम गर्नेछु ।’

    उनले आफूले तीन देखि सात हजार मत अन्तरले जित्ने अनुमान गरे पनि धेरै भरतपुरबासीले विश्वास गरेर १२ हजार भन्दा बढी मत अन्तरले जिताएको बताइन् ।

    ‘मेरो विगतको कामको अनुमोदन गरिदिनुभएको छ । आउने दिनमा पनि कहिँ कतै मेरो सक्रियतामा कमी हुन दिने छैन’ उनले भनिन् ।

    भरतपुरको समस्या, आवश्यकता, प्राथमिका र जनताको भावनाको राम्रो अनुभव भएको भन्दै मेयर दाहालले आगामी पाँच वर्ष गर्व गर्नलायक काम गर्ने बताइन् ।

    आगामी पाँच वर्षमा भरतपुरका ठूला आयोजना सिटी हल, प्रशासकीय भवन निर्माण पूरा गर्ने, क्रिकेट रंगशाला निर्माण गर्ने र भरतपुरको ढल तथा फोहोर व्यवस्थापनको काम गर्ने मेयर दाहालले बताइन् ।

    उनले आफ्नो दोस्रो कार्यकाल शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासम केन्द्रित हुने पनि उनले बताइन् ।

    उनले आफ्नो दोस्रो कार्यकालमा सबैको सहयोग पाउने आशा राखेको पनि बताइन् । ‘भरतपुरमा विकासमा राजनीतिक खिचातानी हिजो पनि थिएन, भोलि पनि हुने छैन, जसले गर्नुहुन्छ, उहाँलाई नै घाटा हो’ रेनुले भनिन् ।

    उनले यो कार्यकालको पहिलो निर्णय महिला र विपन्न लक्षित हुने पनि बताइन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    विनयी त्रिवेणीका जनप्रतिनिधि, कर्मचारीबाट ३२ लाख ३० हजार सहयोग
    बाढी-पहिरो प्रभावितका लागि ब्रान्डेड अटोमोबाइल्सको एक लाख एक हजार एक सय रुपैयाँ सहयोग
    भोटेकोशी बाढीः सुरुङ इलाकामा खोज, उद्धार तीव्र
    • भोटेकोशी बाढीलाई राष्ट्रिय शोक र पीडाका रूपमा लिनुपर्छः अध्यक्ष ओली
    • दाउन्ने एग्रो फार्म लिमिटेडले बेच्यो नौ करोड २४ लाख वटा अण्डा
    • नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    • घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.